सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ३

मिश्रबाट छुटकारा पाएको समयदेखि इस्राएलको पहिलो राजासम्म

मिश्रबाट छुटकारा पाएको समयदेखि इस्राएलको पहिलो राजासम्म

मोशाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाएर सीनै पर्वतमा लग्यो र त्यहाँ परमेश्‍वरले उनीहरूलाई उहाँका नियमहरू दिनुभयो। केही समयपछि मोशाले १२ जनालाई कनान देशको चियो गर्न पठायो। तर उनीहरूमध्ये १० जनाले खराब समाचार ल्याए। उनीहरूको कुरा सुनेर इस्राएलीहरू फेरि मिश्र फर्कन चाहे। उनीहरूको विश्‍वास कम भएको देखेर परमेश्‍वरले इस्राएलीहरूलाई ४० वर्षसम्म उजाड-स्थानमा भौंतारिन लगाउनुभयो।

अन्तमा इस्राएलीहरूलाई कनान देशमा लैजान यहोशू नाइके छानियो। यहोवाले थुप्रै चमत्कारहरू गर्नुभएर त्यस देशलाई कब्जा गर्न मदत दिनुभयो। उहाँले यर्दन नदीलाई सुकाउनुभयो, यरीहोको पर्खाल भत्काउनुभयो र दिनभरि घामलाई एकै ठाउँमा अड्याउनुभयो। छ वर्षपछि कनानीहरूको देश कब्जा गरियो।

यहोशूको समयदेखि ३५६ वर्ष पछिसम्म इस्राएलीहरूमाथि न्यायकर्ताहरूले शासन गरे। उनीहरूमध्ये धेरैको विषयमा हामी सिक्नेछौं। जस्तै, बाराक, गिदोन, यिप्तह, शिमशोन र शमूएल। हामी राहाब, दबोरा, याएल, रूथ, नाओमी र दलीला जस्ता आइमाईहरूबारे पनि पढ्‌नेछौं। भाग तीनमा जम्माजम्मी ३९६ वर्षको इतिहास छ।

 

यस भागमा

कथा ३४

नौलो खानेकुरा

यो विशेष खानेकुरा परमेश्‍वरले आकाशबाट वर्षाउनुहुन्छ।

कथा ३५

यहोवा आफ्ना आज्ञाहरू दिनुहुन्छ

दस आज्ञाभन्दा पनि ठूलो दुई आज्ञा के-के हुन्‌?

कथा ३६

सुनको बाछो

मानिसहरू किन सुनको गहना पगालेर बनाएको मूर्ति पूज्छन्‌?

कथा ३७

यहोवाको उपासना गर्ने पाल

भित्री कोठामा करारको सन्दुक राखिन्थ्यो।

कथा ३८

बाह्र जना जासुस

दस जनाले एउटा कुरा भन्छन्‌ तर दुई जनाले अर्कै कुरा भन्छन्‌। इस्राएलीहरूले कसको कुरा पत्याउँछन्‌?

कथा ३९

हारूनको लहुरोमा फूल फुल्छ

सुकेको काठमा रातारात कसरी फूल र फल फल्न सक्छ र?

कथा ४०

मोशा पहरामा हिर्काउँछ

मोशा पानी निकाल्न सफल हुन्छन्‌ तर तिनले परमेश्‍वरलाई रिस उठाउँछन्‌।

कथा ४१

तामाको सर्प

इस्राएलीहरूलाई डस्नको लागि परमेश्‍वरले किन विषालु सर्पहरू पठाउनुभयो?

कथा ४२

गधा बोल्छ

बिलामको गधाले तिनले देख्न नसक्ने कुरा देख्छ।

कथा ४३

यहोशू नाइके बन्छ

मोशा अझै पनि बलिया छन्‌। तर किन तिनले आफ्नो ठाउँमा यहोशूलाई छान्छन्‌?

कथा ४४

राहाब जासुसहरूलाई लुकाउँछे

राहाबले दुई जासुसलाई कसरी मदत गर्छ अनि तिनले उनीहरूलाई के भन्छिन्‌?

कथा ४५

इस्राएलीहरू यर्दन नदी तर्छन्‌

पूजाहारीहरूले नदीमा पाइला हाल्नेबित्तिकै चमत्कार हुन्छ।

कथा ४६

यरीहोको पर्खाल

एउटा डोरीले कसरी पर्खाललाई ढल्नबाट जोगाउन सक्छ र?

कथा ४७

इस्राएलमा एक जना चोर

के एक जना मानिसले पूरै राष्ट्रमाथि विपत्ति निम्त्याउन सक्छ र?

कथा ४८

बाठा गिबोनीहरू

गिबोन भन्‍ने ठाउँका मानिसहरूले यहोशूलाई छक्याएर आफूसित शान्तिमा रहने वाचा गर्न लगाउँछन्‌। इस्राएलीहरू आफ्नो वाचा पूरा गर्छन्‌।

कथा ४९

घाम अडिरहन्छ

परमेश्‍वरले यहोशूका लागि पहिला कहिल्यै नगरेको काम गर्नुहुन्छ, जुन पछि पनि कहिल्यै गर्नुहुने थिएन।

कथा ५०

दुइटी साहसी आइमाई

इस्राएलीहरूलाई लडाइँमा डोऱ्‍याउने बाराक थिए तर याएलले किन प्रशंसा पाइन्‌?

कथा ५१

रूथ र नाओमी

नाओमी सँगै बस्नको लागि अनि यहोवाको सेवा गर्नको लागि रूथले आफ्नो घरबार त्याग्छिन्‌।

कथा ५२

गिदोन र उसका ३०० मान्छे

पानी पिउने अनौठो तरिका प्रयोग गरेर परमेश्‍वरले सिपाहीहरूको यो सानो समूह छान्‍नुहुन्छ।

कथा ५३

यिप्तहको भाकल

तिनले यहोवासित भाकल गर्दा त्यो भाकलले तिनलाई मात्र होइन, तिनकी छोरीलाई पनि असर गर्छ।

कथा ५४

सबैभन्दा बलियो मान्छे

शिमशोनको बलको राज दलीलाले कसरी थाह पाउँछन्‌?

कथा ५५

यहोवाको सेवा गर्ने सानो केटो

प्रधान पूजाहारी एलीलाई दु:खदायी सन्देश सुनाउनको लागि परमेश्‍वरले सानो केटो शमूएललाई चलाउनुहुन्छ।