सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४

इस्राएलको पहिलो राजादेखि बाबेलको कैदसम्म

इस्राएलको पहिलो राजादेखि बाबेलको कैदसम्म

शाऊल इस्राएलको पहिलो राजा थियो। तर यहोवाले उसलाई त्याग्नुभयो र उसको ठाउँमा दाऊदलाई रोज्नुभयो। हामी दाऊदको विषयमा धेरै कुरा सिक्नेछौं। भर्खरैको ठिटो छँदा ऊ राक्षस गोल्यतसित लडेको थियो। पछि राजा शाऊल डाही भएकोले दाऊद भाग्नुपऱ्‍यो। त्यतिखेर सुन्दरी अबीगेलले उसलाई एउटा नराम्रो काम गर्नदेखि रोकी।

यसपछि दाऊदको छोरा सुलेमान इस्राएलको राजा भयो। हामी ऊबारे पनि थुप्रै कुरा सिक्नेछौं। इस्राएलका प्रथम तीन राजा प्रत्येकले ४०/४० वर्ष राज्य गरे। सुलेमानको मृत्युपछि इस्राएल राज्य दुई भागमा बाँडियो। एउटा उत्तरी र अर्को दक्षिणी।

उत्तरी दस गोत्रे राज्य २५७ वर्षसम्म रह्‍यो। यसपछि त्यसलाई अश्‍शूरीहरूले नाश गरे। यसको १३३ वर्षपछि दक्षिणको दुई गोत्रे राज्य पनि नाश भयो। त्यतिखेर इस्राएलीहरूलाई बाबेलमा कैदी बनाएर लगियो। यसरी भाग चारमा ५१० वर्षको इतिहास पाइन्छ। यस दौडान भएका थुप्रै रोमाञ्चकारी घटना हामी यो भागमा पढ्‌नेछौं।

 

यस भागमा

कथा ५६

इस्राएलको पहिलो राजा शाऊल

शाऊललाई परमेश्‍वरले पहिला चुन्‍नुहुन्छ तर पछि त्याग्नुहुन्छ। हामी तिनीबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

कथा ५७

परमेश्‍वर दाऊदलाई रोज्नुहुन्छ

भविष्यवक्‍ता शमूएलले नदेखेको कुन कुरा परमेश्‍वरले दाऊदमा देख्नुहुन्छ?

कथा ५८

दाऊद र गोल्यत

दाऊद गोल्यतसित लड्‌छन्‌ तर घुँयत्रोको मदतले होइन, त्योभन्दा पनि शक्‍तिशाली हतियारको मदतले।

कथा ५९

दाऊद किन भाग्दै हिंड्‌छ

सुरुमा त शाऊल दाऊदसित खुसी थिए तर पछि किन उनी दाऊदलाई मार्न पछि पर्छन्‌?

कथा ६०

अबीगेल र दाऊद

अबीगेलले आफ्नो पतिलाई मूर्ख भन्छिन्‌ तर तिनले चालेको कदमले तिनको पतिको ज्यान जोगिन्छ।

कथा ६१

दाऊद राजा बन्छ

दाऊदले गरेको काम अनि तिनले गर्न नचाहेको कामलाई विचार गर्ने हो भने तिनी राजा बन्‍न योग्य थिए भनेर साबित हुन्छ।

कथा ६२

दाऊदको परिवारले दुःख पाउँछ

दाऊदको कुन गल्तीले गर्दा तिनी र तिनको पूरै परिवारमाथि विपत्ति आइपर्छ?

कथा ६३

बुद्धिमान्‌ राजा सुलेमान

के तिनले साँच्चै नै बच्चालाई दुई टुक्रा पार्न लगाउँछन्‌?

कथा ६४

सुलेमान मन्दिर बनाउँछ

सुलेमान अत्यन्तै बुद्धिमान्‌ भए तापनि तिनी मूर्ख र गलत काम गर्न बहकिन्छन्‌।

कथा ६५

सुलेमानको राज्य टुक्रिन्छ

यारोबामले शासन सुरु गर्ने बित्तिकै तिनले मानिसहरूलाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाउँछ?

कथा ६६

ईजेबेल​—दुष्ट रानी ईजेबेल

आफूले चाहेको कुरा पाउन तिनले सारा हद पार गऱ्‍यो।

कथा ६७

यहोशापात यहोवामाथि भरोसा गर्छ

यी सिपाहीहरू किन आफ्नो अघि-अघि हातहतियार नबोकेका गायकहरूलाई राखेर लडाइँ गर्न जाँदैछन्‌?

कथा ६८

मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्‌

मरिसकेकोलाई फेरि जिउँदो बनाउन सकिन्छ र? यस्तो पहिला भएको थियो।

कथा ६९

एउटी केटीले शक्‍तिशाली मान्छेलाई मदत गर्छे

तिनले बोल्नको लागि साहस देखाउँछिन्‌। फलस्वरूप एउटा चमत्कार हुन्छ।

कथा ७०

योना र ठूलो माछा

यहोवा परमेश्‍वरले भनेको मान्‍नुपर्छ भन्‍ने विषयमा योनाले महत्त्वपूर्ण पाठ सिक्छन्‌।

कथा ७१

परमेश्‍वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ

सुरुको प्रमोदवन सानो थियो। तर यो प्रमोदवन पृथ्वीभरि फैलिएको हुनेछ।

कथा ७२

राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ

एकै रातमा यहोवाले पठाउनुभएको स्वर्गदूतले १,८५,००० अश्‍शूरी सिपाहीहरूलाई मार्छन्‌।

कथा ७३

इस्राएलको अन्तिम असल राजा

किशोरावस्थामा योशियाहले साहसी कदम चाल्छन्‌।

कथा ७४

निडर मान्छे

आफू निकै जवान भएकोले अगमवक्‍ता बन्‍ने उमेर भएको छैन भनेर यर्मियाले सोच्छन्‌। तर परमेश्‍वरले तिनले यो काम गर्न सक्छन्‌ भनेर बुझ्नुहुन्छ।

कथा ७५

बाबेलमा चार जना केटा

परिवारबाट टाढा भए पनि यी चार जना केटा सफल हुन्छन्‌।

कथा ७६

यरूशलेम नाश हुन्छ

परमेश्‍वरले किन इस्राएलको शत्रु बेबिलोनीहरूलाई यरूशलेम विनाश गर्न दिनुहुन्छ?