सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ५

बाबेलमा कैदी भएर गएको समयदेखि यरूशलेमको पर्खालको पुनर्निमाणसम्म

बाबेलमा कैदी भएर गएको समयदेखि यरूशलेमको पर्खालको पुनर्निमाणसम्म

बाबेलको कैदमा छँदा इस्राएलीहरूको विश्‍वासको धेरै पटक जाँच भयो। शद्रक, मेशेक र अबेद्‌नगोलाई आगोको भट्टीमा फालियो तर परमेश्‍वरले उनीहरूलाई जिउँदै बाहिर निकाल्नुभयो। पछि, मादी र फारसीहरूले बाबेल कब्जा गरिसकेपछि दानियललाई पनि सिंहको खोरमा फालियो तर परमेश्‍वरले सिंहहरूको मुख बन्द गर्नुभएर उसलाई बचाउनुभयो।

अन्तमा, फारसी राजा कोरेसले इस्राएलीहरूलाई मुक्‍त गऱ्‍यो। बाबेलमा कैदी भएको ७० वर्षपछि उनीहरू आफ्नो देश फर्के। यरूशलेम फर्कने बित्तिकै उनीहरूले यहोवाको मन्दिर बनाउन थाले। तर शत्रुहरूले गर्दा पछि, यो काम बन्द भयो। वास्तवमा, यरूशलेम फर्केको करिब २२ वर्षपछि मात्र उनीहरूले मन्दिरको काम सिध्याउन सके।

यसपछि मन्दिरलाई सुन्दर बनाउन एज्रा यरूशलेम फर्केको विषयमा हामी सिक्छौं। यो घटना मन्दिर बनाउन सिद्धिएको करिब ४७ वर्षपछिको कुरा हो। अनि एज्रा यरूशलेम फर्केको १३ वर्षपछि नहेम्याहले यरूशलेमको भत्केको पर्खाल मर्मत गर्न मदत गऱ्‍यो। भाग पाँचमा यो समयसम्मको १५२ वर्ष लामो इतिहास पाइन्छ।

 

यस भागमा

कथा ७७

उनीहरूले ढोगेनन्‌

के परमेश्‍वरले यी तीन आज्ञाकारी केटाहरूलाई आगोको भट्टीबाट जोगाउनुहुन्छ?

कथा ७८

भित्तामा लेख्ने औंला

दानियल अगमवक्‍ताले चारवटा अनौठो शब्दको अर्थ खोलिदिन्छन्‌।

कथा ७९

दानियल सिंहको खोरमा

दानियलाई मृत्युदण्ड सुनाइन्छ तर के तिनी त्यसबाट बच्न सक्छन्‌?

कथा ८०

परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌

बेबिलोन कब्जा गर्ने बेला राजा कोरेसले एउटा भविष्यवाणी पूरा गरेका थिए, अहिले अर्को भविष्यवाणी पूरा गर्छन्‌।

कथा ८१

परमेश्‍वरले दिनुहुने मदतमा भरोसा गर्ने

परमेश्‍वरको आज्ञा पालन गर्न इस्राएलीहरूले मानिसको नियम तोडे। के परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुहुनेथियो?

कथा ८२

मोर्दकै र एस्तर

रानी वश्‍ती राम्री थिइन्‌ तर राजा अहासूरसले तिनको सट्टा एस्तरलाई रानी बनाउँछन्‌। तर किन?

कथा ८३

यरूशलेमको पर्खाल

पर्खाल पुनर्निर्माण गर्दै गर्दा कामदारहरूले दिन-रात आफ्नो साथमा तरबार र भाला बोक्नुपर्थ्यो।