सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ८

बाइबलको भविष्यवाणी पूरा हुन्छ

बाइबलको भविष्यवाणी पूरा हुन्छ

बाइबलले पहिले भइसकेका सत्य घटनाहरू मात्र बताउँदैन। यसले पछि हुने कुराहरू पनि बताउँछ। मानिसजातिले पछि हुने कुरा बताउन सक्दैनन्‌। तर बाइबलले सक्छ। किनकि बाइबल परमेश्‍वरले दिनुभएको किताब हो। उसो भए बाइबलले भविष्यबारे के भन्छ त?

यसले परमेश्‍वरले लड्‌नुहुने ठूलो युद्धबारे बताउँछ। परमेश्‍वरले यो युद्ध लडेर सबै नराम्रा कुरा अनि खराब मान्छेहरूलाई हटाउनुहुनेछ। तर उहाँको सेवा गर्ने जतिलाई चाहिं उहाँले बचाउनुहुनेछ। परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजा येशू ख्रीष्टले परमेश्‍वरका सेवकहरूलाई सुख-शान्ति दिनुहुनेछ। त्यसपछि उनीहरू फेरि कहिल्यै बिरामी हुने छैनन्‌ र उनीहरू मर्ने पनि छैनन्‌।

परमेश्‍वरले पृथ्वीलाई फेरि प्रमोदवन बनाउनुहुनेछ भनेर थाह पाउँदा के तिमीलाई खुसी लागेन? तर प्रमोदवनमा बस्न हामीले पनि केही गर्नुपर्छ। परमेश्‍वरले आफ्ना सेवकहरूलाई दिनुहुने असल कुरा पाउन हामीले के गर्नुपर्छ, यस किताबको अन्तिम कथाहरू पढेर थाह लगाउनेछौं। आऊ, हामी भाग ८ पढौं अनि बाइबलले भविष्यमा के-के हुन्छ भनेर बताउँछ, त्यो पनि सिकौं।

 

यस भागमा

कथा ११४

सबै खराब कुराको अन्त

परमेश्‍वरले आरमागेडोनको युद्ध लड्‌न येशूको नेतृत्वमा आफ्ना सेनाहरूलाई किन पठाउनुहुन्छ?

कथा ११५

पृथ्वीमा नयाँ प्रमोदवन

पहिला पनि प्रमोदवरूपी पृथ्वीमा मानिसहरू बसेका थिए, अब फेरि बस्नेछन्‌।

कथा ११६

हामी कसरी सधैंभरि बाँच्न सक्छौं?

यहोवा परमेश्‍वर र येशू ख्रीष्टबारे मात्र थाह पाएर पुग्छ कि? यदि पुग्दैन भने अरू के गर्नुपर्छ त?