बाइबलले हामीलाई के सिकाउँछ?
हामी किन दुःख भोग्छौँ, मरेपछि हामीलाई के हुन्छ, सुखी पारिवारिक जीवन कसरी बिताउने र यस्तै अन्य विषयमा तपाईँलाई बुझ्न मदत गर्नको लागि यो किताब तयार पारिएको हो।
परमेश्वरले हाम्रो लागि कस्तो उद्देश्य राख्नुभएको छ?
तपाईँलाई संसारमा अहिले किन यति धेरै समस्या भएको जस्तो लाग्छ होला। दुःख, रोगबिमार अनि मृत्युबाट छुटकारा दिन परमेश्वरले चाँडै पृथ्वीमा अचम्मका परिवर्तनहरू गर्नुहुनेछ भनी बाइबल सिकाउँछ।
अध्याय १
परमेश्वर को हुनुहुन्छ?
के तपाईँलाई परमेश्वर तपाईँको ख्याल राख्नुहुन्छ जस्तो लाग्छ? उहाँबारे सिक्नुहोस् र तपाईँ कसरी उहाँको साथी बन्न सक्नुहुन्छ, थाह पाउनुहोस्।
अध्याय २
बाइबल—परमेश्वरले दिनुभएको किताब
व्यक्तिगत समस्याहरू आइपर्दा बाइबलले तपाईँलाई कसरी मदत गर्न सक्छ? यसका भविष्यवाणीहरूमा तपाईँ किन भरोसा गर्न सक्नुहुन्छ?
अध्याय ३
परमेश्वरले कुन उद्देश्य लिएर मानिसजाति बनाउनुभयो?
पृथ्वी सुन्दर बगैँचा हुँदा नयाँ संसारको जीवन कस्तो हुनेछ?
अध्याय ४
येसु ख्रिष्ट को हुनुहुन्छ?
येसु नै प्रतिज्ञा गरिएको मसीह किन हुनुहुन्छ, पृथ्वीमा आउनुअघि उहाँ कहाँ हुनुहुन्थ्यो र उहाँलाई यहोवा परमेश्वरको एक मात्र छोरा किन भनिन्छ, थाह पाउनुहोस्।
अध्याय ५
फिरौतीको बलिदान—परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
फिरौती भनेको के हो? यसबाट तपाईँ के-कस्तो लाभ उठाउन सक्नुहुन्छ?
अध्याय ६
मानिस मरेपछि कहाँ जान्छ?
मरेका मानिसहरू कहाँ छन् र मानिसहरू किन मर्छन् भन्नेबारे बाइबलले के सिकाउँछ, थाह पाउनुहोस्।
अध्याय ७
मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्!
के तपाईँले आफूले माया गरेको व्यक्ति मृत्युको कारण गुमाउनुभएको छ? के तिनीहरूलाई फेरि भेट्न सम्भव छ? बाइबलले मानिसहरू फेरि जीवित पारिने कुराबारे के बताउँछ, थाह पाउनुहोस्।
अध्याय ८
परमेश्वरको राज्य के हो?
थुप्रै मानिसलाई प्रभुको प्रार्थनाबारे थाह छ। “तपाईँको राज्य आओस्” भन्ने अभिव्यक्तिको अर्थ के हो?
अध्याय ९
के यो संसार छिट्टै नाश हुँदै छ?
मानिसहरूको व्यवहार र मनोवृत्तिले हामी बाइबलमा भविष्यवाणी गरिएझैँ यो संसार नाश हुनै लागेको समयमा बाँचिरहेका छौँ भनेर कसरी प्रमाणित गर्छ, विचार गर्नुहोस्।
अध्याय १०
स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
बाइबलमा स्वर्गदूतहरू अनि प्रेतहरूबारे उल्लेख गरिएको छ। के यी अदृश्य व्यक्तिहरू साँच्चै अस्तित्वमा छन्? के तिनीहरू हामीलाई मदत वा हानि गर्न सक्छन्?
अध्याय ११
किन यति धेरै दुःख अनि पीडा?
धेरै मानिस संसारमा भइरहेको सबै दुःख अनि पीडाको दोष परमेश्वरलाई दिन्छन्। तपाईँलाई कस्तो लाग्छ? दुःख अनि पीडा हुनुको कारणबारे परमेश्वर के भन्नुहुन्छ, सिक्नुहोस्।
अध्याय १२
तपाईँ कसरी परमेश्वरको मित्र बन्न सक्नुहुन्छ?
यहोवा परमेश्वरलाई खुसी बनाउने तरिकामा जीवन बिताउन सम्भव छ। वास्तवमा तपाईँ उहाँको मित्र बन्न सक्नुहुन्छ।
अध्याय १३
जीवनको कदर गर्नुहोस्
गर्भपतन, रगत र जनावरहरूको जीवनसम्बन्धी परमेश्वरको दृष्टिकोण कस्तो छ?
अध्याय १४
तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
पति, पत्नी, आमाबुबा र छोराछोरीले येसुले देखाउनुभएको प्रेमको अनुकरण गर्न सक्छन्। उहाँबाट हामी के सिक्न सक्छौँ?
अध्याय १५
परमेश्वरको उपासना गर्ने सही तरिका
साँचो धर्म मान्ने मानिसहरूलाई चिन्ने छ वटा तरिका विचार गर्नुहोस्।
अध्याय १६
यहोवा परमेश्वरको उपासना गर्ने छनौट गर्नुहोस्
अरूलाई आफ्नो विश्वासबारे बताउँदा तपाईँले कस्तो अवस्था सामना गर्नुपर्ने हुन सक्छ? अरूको चित्त नदुखाई तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?
अध्याय १७
प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
के परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ? यो प्रश्नको जवाफ थाह पाउन तपाईँले प्रार्थनाबारे बाइबलले के सिकाउँछ, बुझ्नुपर्छ।
अध्याय १८
के मैले आफ्नो जीवन परमेश्वरलाई समर्पण गरेर बप्तिस्मा गर्नुपर्छ?
ख्रिष्टियन बप्तिस्माको लागि कस्ता कदम चाल्नुपर्छ? यसको अर्थ के हो र यो कसरी गरिन्छ, सिक्नुहोस्।
अध्याय १९
यहोवा परमेश्वरसित नजिक हुनुहोस्
परमेश्वरले हाम्रो लागि गर्नुभएको सबै कुराको लागि हामी कसरी प्रेम र कृतज्ञता देखाउन सक्छौँ?
नोट
बाइबलले हामीलाई के सिकाउँछ? किताबमा प्रयोग गरिएका शब्द र अभिव्यक्तिहरूको अर्थ