कुराकानी थाल्नुहोस्
पाठ ६
निडर हुनुहोस्
सिद्धान्त: “तिनीहरू . . . निडर भएर परमेश्वरको वचन बोल्न थाले।”—प्रेषि. ४:३१.
येसुले के गर्नुभयो?
१. भिडियो हेर्नुहोस् वा लुका १९:१-७ पढ्नुहोस्। त्यसपछि यी प्रश्नहरू विचार गर्नुहोस्:
हामी येसुबाट के सिक्न सक्छौँ?
२. पक्षपात नगरी राज्यको सन्देश सुनाउन निडर हुनुपर्छ।
येसुको अनुकरण गर्नुहोस्
३. यहोवामा भर पर्नुहोस्। परमेश्वरको पवित्र शक्तिले येसुलाई सुसमाचार सुनाउन मदत गऱ्यो र यसले तपाईँलाई पनि मदत गर्छ। (मत्ति १०:१९, २०; लुका ४:१८) कसैलाई सुसमाचार सुनाउन डर लाग्दा निर्भयी भएर बोल्न सकूँ भनी यहोवालाई प्रार्थना गर्नुहोस्।—प्रेषि. ४:२९.
४. अड्कल नकाट्नुहोस्। कसै-कसैको रूपरङ्ग, सामाजिक वा आर्थिक स्तर, जीवनशैली वा धार्मिक आस्थाले गर्दा तिनीसित कुरा गर्न हामी हिचकिचाउन सक्छौँ। तर यी कुराहरू नबिर्सनुहोस्:
५. निडर हुनुका साथै कौशलता अपनाउनुहोस् र चनाखो हुनुहोस्। (मत्ति १०:१६) वादविवाद नगर्नुहोस्। कसैले सुसमाचार सुन्न नचाहँदा वा तपाईँले असुरक्षित महसुस गर्दा शिष्टतासाथ कुराकानी टुङ्ग्याउनुहोस्।—हितो. १७:१४.