सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पूरै पृथ्वी सुन्दर हुनेछ

पूरै पृथ्वी सुन्दर हुनेछ

यहोवाले सैतानले पुऱ्‍याएको सबै हानिलाई सच्याउनुहुनेछ। यहोवाले नियुक्‍त गर्नुभएको राजा येसुले पूरै पृथ्वीमा शासन गर्नुहुनेछ। उहाँले शासन गर्नुहुँदा पूरै पृथ्वी बगैँचाजस्तै सुन्दर हुनेछ।—दानिएल ७:१३, १४; लुका २३:४३

यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ:

  • खानेकुरा प्रशस्त हुनेछ: “पृथ्वीले आफ्नो उब्जनी दिनेछ; परमेश्‍वरले, हो, हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ।” “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।”—भजन ६७:६; ७२:१६.

  • फेरि कहिल्यै युद्ध हुनेछैन: “आओ र यहोवा परमेश्‍वरका कामहरू हेर, उहाँले पृथ्वीमा कस्ता अचम्म-अचम्मका कामहरू गर्नुभएको छ। पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।”—भजन ४६:८, ९.

  • दुष्ट मानिसहरू हुनेछैनन्‌: “किनकि कुकर्मीहरू नामेट हुनेछन्‌। . . . अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌।”—भजन ३७:९, १०.

  • रोगबिमार, दुःख पीडा र मृत्यु हुनेछैन: “त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्‌ र बहिराहरूका कान उघारिनेछन्‌। त्यसबेला लङ्‌गडो मृगझैँ उफ्रनेछ र गुँगोको जिब्रोले जयजयकार गर्नेछ।”—यसैया ३५:५, ६.

    “परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

सैतान र त्यसका प्रेतहरू झूट बोल्छन्‌। तर यहोवा कहिल्यै झूट बोल्नुहुन्‍न। उहाँले प्रतिज्ञा गर्नुभएका सबै कुराहरू अवश्‍य पूरा हुनेछन्‌। (लुका १:३६, ३७) यहोवा तपाईँलाई माया गर्नुहुन्छ र तपाईँ सधैँभरि बाँचिरहेको चाहनुहुन्छ। त्यसकारण, यहोवाका साक्षीहरूलाई भेट्‌नुहोस्‌ र बाइबलमा पाइने सत्य कुरा सिक्नुहोस्‌। आफूले सिकेको सत्यअनुसार जीवन बिताउनुभयो भने तपाईँ झूटो धर्म, तन्त्रमन्त्र र अन्धविश्‍वासबाट मुक्‍त हुन सक्नुहुनेछ। पछि, तपाईँ पाप र मृत्युको पन्जाबाट पनि मुक्‍त हुन सक्नुहुनेछ। येसुले यसो भन्‍नुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्‍ना ८:३२.