सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मैले तपाईँको नाम प्रकट गरेको छु”

“मैले तपाईँको नाम प्रकट गरेको छु”

“मैले तपाईँको नाम प्रकट गरेको छु”

“तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु। . . . मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।”—युहन्‍ना १७:६, २६.

यसको अर्थ के हो? येसुले सेवाको काममा परमेश्‍वरको नाम प्रयोग गर्नुभएर त्यो नाम अरूसामु प्रकट गर्नुभयो। येसु अक्सर धर्मशास्त्रबाटै पढेर सुनाउनुहुन्थ्यो र यसो गर्दा उहाँले परमेश्‍वरको नाम पक्कै उच्चारण गर्नुभएको हुनुपर्छ। (लुका ४:१६-२१) उहाँले चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।”—लुका ११:२.

सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? प्रेषित पत्रुसले यरुसलेममा भएका एल्डरहरूलाई परमेश्‍वरले “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू” छान्‍नुभएको छ भनी बताए। (प्रेषित १५:१४) “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ” भनेर प्रेषितहरू र चेलाहरूले प्रचार गरे। (प्रेषित २:२१; रोमी १०:१३) तिनीहरूले आफूले लेखेका किताब तथा पत्रहरूमा पनि परमेश्‍वरको नाम प्रयोग गरे। विरोधीहरूले ख्रिष्टियनहरूका किताबहरू जलाएको कुराबारे इस्वी संवत्‌ ३०० तिर लेख्न सिद्धिएको यहुदी नियमहरूको सँगालो द टोसेफ्टा भन्छ: “प्रचारकहरूका र मिनिम-का [सम्भवतः यहुदी ख्रिष्टियनहरू] किताबहरूलाई आगोबाट जोगाउनुपर्दैन। . . . ती किताबहरू र तिनमा भएको परमेश्‍वरको नाम सँगसँगै जल्न दिनुपर्छ।”

आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? अमेरिकाको नेसनल काउन्सिल अफ चर्चेज-ले प्रकाशित गरेको रिभाइज्ड स्टाण्डर्ड भर्सन बाइबलको प्राक्कथनमा यस्तो लेखिएको छ: “परमेश्‍वरलाई अरू देवताभन्दा फरक छुट्ट्याउन आवश्‍यक भएको जस्तैगरि उहाँलाई चिनाउन व्यक्‍तिवाचक नाम प्रयोग गर्ने चलन ख्रिष्टियन युग सुरु हुनुअघि यहुदी धर्मले नै छोडिसकेको थियो। त्यसैले सम्पूर्ण ख्रिष्टियन चर्चले यो नाम प्रयोग गर्नु सरासर अनुचित हो।” यसकारण चर्चहरूले परमेश्‍वरको नामको सट्टा “प्रभु” भन्‍ने पदवी प्रयोग गर्न थाले। हालै भ्याटिकनले आफ्ना विशपहरूलाई यस्तो निर्देशन दियो: “कुनै पनि भजन र प्रार्थनामा परमेश्‍वरको नामलाई सङ्‌केत गर्ने टेट्राग्रामटन YHWH * प्रयोग वा उच्चारण नगरियोस्‌।”

आज परमेश्‍वरको नाम प्रयोग गर्ने र अरूसामु प्रकट गर्नेहरू को हुन्‌? किर्गिजस्तानमा बस्ने सर्गेले किशोरावस्थामा एउटा फिल्म हेरेका थिए, जसमा परमेश्‍वरको नाम यहोवा हो भनिएको थियो। त्यसपछि झन्डै १० वर्षसम्म तिनले परमेश्‍वरको नाम फेरि सुनेनन्‌। पछि सर्गे अमेरिकामा बसाइँ सरे। त्यहाँ छँदा यहोवाका दुई जना साक्षी तिनीकहाँ आए र बाइबलबाट परमेश्‍वरको नाम देखाए। यहोवा नाम प्रयोग गर्ने मानिसहरूको समूह छ भनेर थाह पाउँदा सर्गेलाई असाध्यै खुसी लाग्यो। रोचक कुरा के हो भने वेब्स्टर्स थर्ड न्यु इन्टरनेसनल डिक्सनरी-ले “यहोवा परमेश्‍वर” भन्‍ने अभिव्यक्‍तिको यस्तो परिभाषा दिएको छ: “यहोवाका साक्षीहरूले स्विकार्ने र उपासना गर्ने एक मात्र परमेश्‍वर।”

[फुटनोट]

^ अनु. 5 नेपालीमा परमेश्‍वरको नाम “यहोवा” भन्‍ने गरिन्छ।