सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबुको लागि दुई शब्द

आमाबाबुको लागि दुई शब्द

तपाईंले छोराछोरीलाई दिन सक्ने सबैभन्दा राम्रो उपहार के हो? तिनीहरूलाई तपाईंको प्रेम, डोऱ्‍याइ र सुरक्षालगायत अरू थुप्रै कुरा चाहिन्छ। तर तपाईंले दिन सक्ने सबैभन्दा अनमोल उपहार भनेको यहोवाको ज्ञान र उहाँको वचन बाइबलमा पाइने सत्य कुराको ज्ञान हो। (यूहन्‍ना १७:३) यस्तो ज्ञानले तपाईंको छोराछोरीलाई कलिलो उमेरदेखि नै यहोवालाई अझै धेरै प्रेम गर्न र उहाँलाई तनमनले सेवा गर्न मदत गर्नेछ।—मत्ती २१:१६.

पाठ र अभ्यासहरू छोटो हुँदा नानीबाबुहरूले अझै राम्ररी ध्यान दिएको कुरा थुप्रै आमाबाबुले याद गरेका छन्‌। त्यसैले तपाईंहरूको लागि मेरो बाइबल पाठ शीर्षक भएको यो प्रकाशन उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं। प्रत्येक पाठ सजिलै सिकाउन सकिने गरी तयार पारिएको छ। चित्रहरू र त्यससँगै भएका पाठ तीन वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरूका लागि तयार पारिएको हो। सँगै बसेर गर्नुपर्ने अभ्यासहरू पनि छन्‌। मेरो बाइबल पाठ बच्चाको लागि खेलौना होइन। बरु यो छोराछोरीसँगै बसेर पढ्‌न तयार पारिएको हो। यसले तिनीहरूसँग अझ राम्ररी कुराकानी गर्न मदत गर्नेछ।

छोराछोरीलाई “शैशवकालदेखि नै” बाइबल सत्य सिकाउन यस प्रकाशनले तपाईंलाई मदत गर्नेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।—२ तिमोथी ३:१४, १५.

तपाईंका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय