सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ६

पाठ ६

आफ्नो हातको औंला हेर, आफ्नो खुट्टाको औंला चलाऊ।

तिम्रो कान अनि तिम्रो नाक देखाऊ।

आफ्नो खुट्टा हेर त तिमी दौडन सक्छौ, उफ्रन अनि फनफनी घुम्न सक्छौ धेरैभन्दा धेरै रमाइलो गर्न सक्छौ!

तिमी के देख्छौ, ऐनामा आफूलाई हेर्दा?

यहोवाले नै बनाउनुभयो सबै कुरा राम्रा!

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

भजन १३९:१४

तिनीहरूको यी कुरा देखाउन लगाउनुहोस्‌:

हातको औंला खुट्टाको औंला नाक

कान मुख

यी कुरा पत्ता लगाऊ:

गङ्‌गटो बिरालो

नानीबाबुलाई सोध्नुहोस्‌:

तिमी र मलाई कसले बनायो?