सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उज्ज्वल भविष्यको सङ्‌केत दिने घटनाहरू

उज्ज्वल भविष्यको सङ्‌केत दिने घटनाहरू

उज्ज्वल भविष्यको सङ्‌केत दिने घटनाहरू

“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ।”—२ तिमोथि ३:१.

के तपाईँले यीमध्ये कुनै दुःखद घटना घटेको देख्नुभएको वा सुन्‍नुभएको छ?

● प्राणघातक रोगले गर्दा सयौँको ज्यान जान्छ।

● अनिकालले गर्दा हजारौँको मृत्यु हुन्छ।

● भूकम्पले लाखौँको ज्यान लिन्छ र त्योभन्दा पनि धेरै मानिस घरबारविहीन हुन्छन्‌।

यसपछिका पृष्ठहरूमा यस्तै घटनाहरूबारे चर्चा गरिएको छ र यी कुराहरू सोच्न लायकका छन्‌। साथै बाइबलमा यस्ता घटनाहरू “अन्तको दिन” भनिने एउटा खास समयावधिमा घट्‌नेछन्‌ भनेर भविष्यवाणी गरिएको विषयमा पनि बुझ्नुहुनेछ। *

यी लेखहरूको उद्देश्‍य हामी समस्यै-समस्याले भरिएको संसारमा बाँचिरहेका छौँ भन्‍ने कुरामा तपाईँलाई विश्‍वास दिलाउनु होइन किनभने तपाईँ आफैले यस्ता समस्याहरू देखिरहनुभएको होला। बरु यी लेखहरू तपाईँलाई आशा दिन तयार पारिएका हुन्‌। यी लेखहरूमा भएका छ वटा भविष्यवाणीको पूर्तिले “अन्तको दिन” अब चाँडै सकिनेछ भनेर प्रस्ट पार्नेछ। यी शृङ्‌खलाबद्ध लेखहरूमा मानिसहरू यस कुरासित सहमत नहुने बुँदाबारे छलफल गरिनेछ। साथै यी लेखहरूमा तपाईँले भविष्य उज्ज्वल छ भन्‍ने प्रमाण पनि पाउनुहुनेछ।

[फुटनोट]

^ ईश्‍वरले किन यस्तो खराब परिस्थिति हुन दिनुभएको हो भन्‍ने विषयमा जान्‍न यसै अङ्‌कको पृष्ठ १६ र १७ मा भएको “ईश्‍वरले किन दुष्टता र दुःखकष्ट हटाउनुहुन्‍न” भन्‍ने लेख हेर्नुहोस्‌।