सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भविष्यवाणी ६. विश्‍वव्यापी प्रचारकार्य

भविष्यवाणी ६. विश्‍वव्यापी प्रचारकार्य

भविष्यवाणी ६. विश्‍वव्यापी प्रचारकार्य

“राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ति २४:१४.

● भायाटिया नाम गरेकी महिला प्रशान्त महासागरमा पर्ने टुवामोटु प्रायद्वीपको एउटा दुर्गम टापुमा बस्छिन्‌। टुवामोटुमा झन्डै ८० वटा स-साना टापु छन्‌ र यी टापुहरू फैलिएको इलाका ८ लाख २ हजार ९ सय वर्ग किलोमिटरभन्दा ठूलो छ। यहाँको जनसङ्‌ख्या लगभग १६ हजार मात्र छ। तैपनि भायाटिया र तिनका छिमेकीहरूलाई यहोवाका साक्षीहरूले भेटिसकेका छन्‌। किन? किनभने यहोवाका साक्षीहरू मानिसहरू जहाँसुकै बसे तापनि तिनीहरूलाई राज्यको सुसमाचार सुनाउन चाहन्छन्‌।

तथ्याङ्‌कले के देखाउँछ? राज्यको सन्देश फैलिएर पृथ्वीको कुनाकुनासम्म पुगेको छ। सन्‌ २०१० मा मात्र यहोवाका साक्षीहरूले २३६ मुलुक र टापुमा यो सुसमाचार सुनाउन १ अरब ६० करोडभन्दा धेरै घण्टा बिताए। यो औसतमा हरेक यहोवाको साक्षीले दैनिक आधा घण्टा प्रचार गर्नु बराबर हो। बितेको दशकमा तिनीहरूले २० अरबभन्दा धेरै बाइबलआधारित साहित्य प्रकाशित गर्नुका साथै वितरण गरे।

धेरैले कस्तो असहमति जनाउँछन्‌? बाइबलको सन्देश हजारौँ वर्षदेखि प्रचार भइरहेको छ।

के त्यस्तो असहमति तार्किक छ? हुनत हो, बाइबलको सन्देश धेरैले प्रचार गरेका छन्‌। तर तिनीहरूमध्ये धेरैले छोटो समयको लागि र सानो इलाकामा मात्र प्रचार गरेका छन्‌। अर्कोतर्फ, यहोवाका साक्षीहरूले व्यवस्थित तरिकामा विश्‍वभरि करोडौँ मानिसलाई प्रचार गर्दै छन्‌। मानव इतिहास केलाउने हो भने तिनीहरूले केही शक्‍तिशाली र निरङ्‌कुश शासक वा सरकारबाट घोर विरोधको सामना गर्नुपरे तापनि प्रचार गर्न छोडेका छैनन्‌। a (मर्कुस १३:१३) साथै यहोवाका साक्षीहरूले प्रचार गरेबापत तलब पाउँदैनन्‌। बरु तिनीहरू राजीखुसीले आफ्नो समय दिन्छन्‌ र प्रकाशनहरू पनि निश्‍शुल्क वितरण गर्छन्‌। तिनीहरूको काम पूर्णतया स्वैच्छिक अनुदानद्वारा सञ्चालन हुन्छ।

तपाईँलाई कस्तो लाग्छ? के ‘राज्यको सुसमाचार’ विश्‍वभरि प्रचार भइरहेको छ? के यो भविष्यवाणीको पूर्तिले भविष्य उज्ज्वल छ भनेर सङ्‌केत गर्छ?

[फुटनोट]

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा अङ्‌ग्रेजीमा प्रकाशित “परीक्षाहरू आइपर्दा विश्‍वासी,” “बैजनी त्रिकोण” र “यहोवाका साक्षीहरू दृढ भई नाजी आक्रमणको सामना गर्छन्‌” भिडियोहरू हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“यहोवाले अनुमति दिनुभएसम्म हामी जोडतोडले राज्यको सुसमाचार प्रचार गरिरहनेछौँ र मानिसहरूसम्म पुग्न कुनै कसर बाँकी राख्नेछैनौँ।”—यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१० (अङ्‌ग्रेजी)