सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तमा

अन्तमा

के तपाईँ यहोवाका सेवकहरूसित बिताएका रमाइला क्षणहरू सम्झनुहुन्छ? जस्तै: मण्डलीको प्रोत्साहनजनक सभा, रोमाञ्चकारी अधिवेशन, प्रचारमा भाग लिँदाको रमाइलो अनुभव वा कुनै भाइबहिनीसितको रमाइलो कुराकानी। त्यसो हो भने तपाईँले यहोवालाई बिर्सनुभएको छैन र उहाँले पनि तपाईँलाई बिर्सनुभएको छैन। तपाईँले चढाउनुभएको वफादार सेवा उहाँ सधैँ सम्झिनुहुन्छ। अनि तपाईँलाई उहाँकहाँ फर्कन मदत गर्न उहाँ उत्सुक हुनुहुन्छ।

यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु। हराएको भेडालाई भेट्टाएपछि त्यसको हेरचाह गर्ने र त्यसलाई खुवाउने गोठालोले जस्तै म तिनीहरूको हेरचाह गर्नेछु। . . . हराएका भेडाहरूलाई म सबै ठाउँबाट खोजेर फिर्ता ल्याउनेछु।”—इजकिएल ३४:११, १२.