सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एक भएर परमेश्‍वरको बगालको रेखदेख गर्न

एक भएर परमेश्‍वरको बगालको रेखदेख गर्न

एक भएर परमेश्‍वरको बगालको रेखदेख गर्न

कोही सोध्छन्‌: ‘यहोवाका साक्षीहरूको विश्‍वव्यापी मण्डलीको परिचालन कसरी हुन्छ?’ हाम्रो उत्तर यसप्रकार छ: परिचालन प्रबन्धले प्रथम शताब्दीको मसीही मण्डलीको उदाहरण अनुसरण गर्छ।

आफ्नो अध्ययनबाट बुझेका कुराहरूलाई भाषण र प्रकाशनहरूद्वारा फैलाउन, १८७०-को दशकमा चार्लस टी० रसल र तिनका सङ्‌गीहरू अग्रसर भए। देशभरि, यो कामसित सम्बन्धित हुन चाहनेहरूले रसल र तिनका सङ्‌गीहरूलाई नै प्रभुको काम गर्नका निम्ति सबैभन्दा अनुभवी ठान्थे। साथै आफ्ना गतिविधिहरूबारे सरसल्लाह पनि यिनीहरूबाट नै खोज्थे।

सन्‌ १८८४-मा जायन्स वाच टावर ट्र्याक्ट सोसाइटीलाई कमनवेल्थ अफ पेन्सलभेनियाको कानून बमोजिम दर्ता गरियो। यो सोसाइटी र बाइबल स्टुडेन्ट्‌सको गतिविधिलाई निर्देशन दिने कामसित रसल र तिनका जिम्मेवार सङ्‌गीहरू प्रत्यक्षरूपमा सम्मिलित थिए। सन्‌ १९०९-मा तिनीहरूले आफ्नो प्रमुख कार्यालयलाई ब्रुकलिन, न्यु योर्कमा सारे। बितेका सालहरूमा वाच टावर सोसाइटीका निर्देशकहरू साथै आध्यात्मिक योग्यता भएका सम्बन्धित अभिषिक्‍त अन्य मानिसहरूले यहोवाका साक्षीहरूको परिचालक निकायको रूपमा सेवा गरिरहेका छन्‌।

अभिषिक्‍त मसीहीहरूको एउटा समूह (१९९२ मा १२ जना) परिचालक निकायको रूपमा काम गर्छ र यसबाट ७ जना चाहिं वाच टावर सोसाइटीको निर्देशक मण्डलमा पनि सम्मिलित छन्‌। यिनीहरूले नै यहोवाका साक्षीहरूको विश्‍वव्यापी गतिविधिको रेखदेख गर्दछन्‌। यिनीहरू परमेश्‍वरद्वारा प्रेरित होइनन्‌। अतः यिनीहरू अचूक छन्‌ भन्‍न मिल्दैन। तर यिनीहरूले परमेश्‍वरको अचूक वचनमाथि भरोसा गर्छन्‌ र त्यसैलाई नै पृथ्वीको सबैभन्दा उच्च अख्तियार मान्छन्‌। साथै जीवनभरि यिनीहरू परमेश्‍वरको इच्छाको अधीनमा बस्दै आएका छन्‌। यी मध्येका प्रत्येकले यहोवाका साक्षीहरूसित पूर्णसमय सेवामा ५० वर्षभन्दा बढी समय बिताएका छन्‌।

सोसाइटीद्वारा प्रकाशित हुने सामग्रीको निरीक्षण परिचालक निकायले गर्दछ। प्रकाशित सामग्री बगालको आध्यात्मिक आवश्‍यकताहरूलाई ध्यानमा राखेर तयार गरिन्छ। साथै, ती प्रकाशित कुराहरू परमेश्‍वरको वचनलाई प्रार्थनापूर्वक र ध्यान पुऱ्‍याएर गरिएको अनुसन्धानमा आधारित हुन्छन्‌। लगातार बाइबल अध्ययन गर्ने गर्दा, यी मानिसहरूले परमेश्‍वरका उद्देश्‍यहरू क्रमानुसार पूरा भएको, संसारको गतिविधिमा भविष्यवाणीको पूर्ति र परमेश्‍वरका जनहरूको स्थिति बुझ्दै जान्छन्‌। अतः समय समयमा राम्ररी सोचि सम्झिकन तिनीहरूले कुनै कुनै शिक्षाबारे आफ्नो समझमा केही छाँटकाँट गर्ने आवश्‍यकता पनि महसुस गर्न सक्छन्‌। यसप्रकार सत्यको ज्ञान झन्‌ झन्‌ बढ्‌दै जान्छ।—भजनसंग्रह ९७:११; हितोपदेश ४:१८; दानियल १२:४.

परिचालक निकायले २०० भन्दा बढी देश तथा टापुहरूका कामकुराहरूलाई निरीक्षण गर्नका लागि पृथ्वीभरि १०० भन्दा बढी शाखाहरूमा शाखा समितिहरू गठन गरेको छ। यी समितिहरूमा आध्यात्मिक योग्यता भएका तीन वा त्योभन्दा बढी मानिसहरू हुन्छन्‌। आफूले रेखदेख गर्नु पर्ने मण्डलीहरूसित यी शाखाहरूले सम्पर्क राख्ने गर्छन्‌। परिचालक निकाय र शाखा समिति बीच नियमित तवरमा सम्पर्क कायम रहन्छ। यसबाहेक, परिचालक निकायका सदस्यहरू प्रत्येक वर्ष अन्य शाखाहरूमा गएर त्यहाँको स्थिति बुझ्ने गर्छन्‌।

यी मानिसहरू अरूहरूको विश्‍वासका मालिकहरू होइनन्‌। बरु तिनीहरू अरू धेरैजनाले परमेश्‍वरको वचन सिक्न सकून्‌ भनेर कडा परिश्रम गर्ने सेवकहरू हुन्‌। तिनीहरू आर्थिक लाभका लागि सेवा गर्दैनन्‌। बेथेल परिवारका अन्य सदस्यहरूका भौतिक आवश्‍यकताहरू जसरी पूरा गरिन्छ, सोही ढङ्‌गमा यिनीहरूको पनि गरिन्छ। विश्‍वभरि यहोवाका साक्षीहरूको जोश, एकता, उच्च नैतिक स्तर र बाइबलका शिक्षाहरूका लागि देखाइएको वफादारी नै यी मानिसहरूको विश्‍वासिलो सेवाको प्रमाण हो।—१ कोरिन्थी ३:५-९; ४:१, २; २ कोरिन्थी १:२४; ३:१-३; १ पत्रुस ५:२, ३.

• कुन प्रकारको परिचालन प्रबन्ध विकास गरियो?

• आज परिचालक निकायमा को को सामेल छन्‌ र तिनीहरूको जिम्मेवारीहरू के के हुन्‌?

• अन्य मुलुकहरूमा कामको निरीक्षण कसरी गरिन्छ?

[पृष्ठ २६-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

यहोवाका साक्षीहरूले परमेश्‍वरको इच्छा गरिरहेका क्षेत्रहरू

[पृष्ठ २६-मा भएको चित्र]

वाच टावर सोसाइटीका भूतपूर्व अध्यक्षहरू

सि. टि. रसल, १८८४-१९१६

जे. एफ. रदरफर्ड, १९१६-१९४२

एन. एच. नोर, १९४२-१९७७

एफ. डब्लु. फ्य्रान्ज १९७७-१९९२

[पृष्ठ २७-मा भएको चित्र]

करीब १०० वटा शाखा कार्यालयहरूमध्ये केही शाखाहरू जसद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कामको निरीक्षण गरिन्छ

क्यानाडा

जाम्बिया

जर्मनी

जापान

अस्ट्रेलिया

ब्राजिल