धार्मिकताका निम्ति सताइएका
धार्मिकताका निम्ति सताइएका
यहोवाका साक्षीहरू कानूनी झमेलाहरूमा फँस्छन्, तिनीहरूमाथि कुनै कुनै सरकारले प्रतिबन्ध लगाएको छ अथवा तिनीहरू खराब मानिसहरू हुन्। यस्ता कुराहरू तपाईंले आफ्ना साथीहरू र नातेदारहरूबाट सुन्नु भएको होला। तिनीहरूको विषयमा यस्तो विवादास्पद कुराहरू किन गरिन्छ?
किनभने साक्षीहरूले कानूनको अनादर होइन, येशूको उदाहरण अनुसरण गर्छन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि मानिसहरूले तिनीहरूको निन्दा गर्नेछन्, तिनीहरूलाई सताउने छन्, र तिनीहरूको विरुद्धमा हरेक झुट्टा कुरा गर्नेछन्। किनभने परमेश्वरको मुख्य विरोधी, शैतान, यो संसारको देव हो, र त्यसले मानिसहरूलाई परमेश्वरको सेवा गर्नदेखि अलग्गै राख्न चाहन्छ।—मत्ती ५:१०-१२; १०:१६-२२, ३४-३९; २४:९, १०; यूहन्ना १५:१७–१६:३; २ तिमोथी ३:१२; १ पत्रुस ५:८; प्रकाश १२:१७.
प्रेरितहरूलाई गिरफ्तार गरेर अदालतमा सुम्पिदिंदा तिनीहरू कुनै अपराधी, हिंसात्मक व्यक्तिहरू वा राजद्रोहीहरू थिएनन्। तिनीहरू सुसमाचारका प्रचारकहरू थिए। मसीहीहरूले सुसमाचार प्रचार गर्ने अधिकारको संरक्षण गर्न र त्यसलाई कानुनी तवरमा स्थापित गर्नु नै प्रेरित पावलले आफ्नो मुद्दा उच्च अदालतसम्म पुऱ्याउन अपील गरे।—प्रेरित ४:१८-२०; ५:२८-३२; फिलिप्पी १:७.
आज, यहोवाका साक्षीहरू नियम-पालन गर्ने मसीहीहरू हुन्। तिनीहरूले आफ्ना करहरू तिर्छन् र अख्तियारवालाहरूलाई आदर देखाउँछन्। तिनीहरूले सिजरको कुरा सिजरलाई र परमेश्वरको कुरा परमेश्वरलाई दिन्छन्। सरकारले तिनीहरूको प्रचार कार्यलाई मान्यता नदिने गर्दा अथवा राष्ट्र-राष्ट्रका मामिलाहरूमा तिनीहरू तटस्थ बस्दा मात्र सरकारी अख्तियारवालाहरू र तिनीहरूबीच अमेल हुन्छ। तर यस्तो हुँदा पनि, यहोवाका साक्षीहरूले त्यही अडान लिन्छन् जुन प्रेरितहरूले यसो भन्दै लिएका थिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।”—प्रेरित ५:२९; मर्कूस १२:१७; यूहन्ना १८:३६; तितस ३:१, २.
यहोवाका साक्षीहरूले सतावट खोज्दै हिंड्दैनन्। बरु तिनीहरू चुपचाप शान्तिका साथ जीवन बिताउन चाहन्छन्। तर परमेश्वरको नियम र येशूको उदाहरण अनुसरण गर्दा तिनीहरू सताइन्छन् भने, त्यसलाई खुशीसाथ सहन तिनीहरू तयार छन्।—मत्ती ५:१०-१२; प्रेरित ५:४०, ४१; १ कोरिन्थी ४:१२; १ तिमोथी २:२; १ पत्रुस ३:१४, १५; ४:१२-१६.
• यहोवाका साक्षीहरूमाथि निन्दा र सतावट किन आइ पर्छ?
• मसीही प्रेरितहरूसित भएझैं यहोवाका साक्षीहरूको पनि सरकारी अख्तियारवालाहरूसित किन अमेल हुन्छ?
• यहोवाका सेवकहरूले सतावटलाई कुन दृष्टिले हेर्छन्?
[पृष्ठ २९-मा भएको चित्र]
परमेश्वरको राज्यबारे प्रचार गरेको हुनाकारण येशूलाई पिलातसको सामुन्ने लगियो र प्रेरित पावललाई झ्यालखानमा थुनियो