सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको प्रशंसा गर्न बाइबल साहित्यको उत्पादन

परमेश्‍वरको प्रशंसा गर्न बाइबल साहित्यको उत्पादन

परमेश्‍वरको प्रशंसा गर्न बाइबल साहित्यको उत्पादन

यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यबारे प्रचार गर्दा प्रकाशनहरूको प्रयोग गर्ने कुरा सर्व विदित छ। वितरणका लागि पत्रिकाहरू र किताबहरू उत्पादन गर्न वाच टावर सोसाइटीले सन्‌ १९२० देखि यहोवाका साक्षीहरू मध्येबाटकै स्वयंसेवकहरूलाई प्रयोग गरेको छ। सकेसम्म कम दाम र नियमित तवरमा साहित्य उत्पादन गर्ने विचारले सो गरिएको हो।

केही ७० वर्षदेखि, सोसाइटीले प्रथमतः ब्रुकलिन र त्यसपछि अरू मुलुकहरूमा बाइबल सम्बन्धी प्रकाशनहरूको उत्पादनमा उन्‍नति र वृद्धि, दुवै गर्दै आएको छ। सबै काम बढ्‌दो संख्याका स्वयंसेवकहरूले गरेका छन्‌।

सन्‌ १९७० को दशकको अन्ततिर प्रोसेसिङ्‌ग गर्ने र छाप्ने पुरानो तरिकाको ठाउँमा कम्प्युटर प्रोसेसिङ्‌ग, फोटो टाइपसेटिङ्‌ग र अफसेट प्रिन्टिङ्‌ग आउन थाल्यो। तर यहाँ समस्या के थियो भने उपलब्ध व्यापारिक उपकरणहरूले सीमित संख्याका भाषाहरूको निम्ति मात्र प्रोसिसिङ्‌ग गर्न सक्थ्यो। तथापि, सोसाइटीले भने झन्डै १६० वटा भाषाहरूमा साहित्य उत्पादन गर्न थालिसकेको थियो र अब त्यो भन्दा पनि बढी गर्ने खाँचो पऱ्‍यो।

त्यसैले, मल्टील्यांग्वेज इलेक्ट्रोनिक फोटोटाइपसेटिङ्‌ग सिस्टमको [Multilanguage Electronic Phototypesetting System] विकास गर्न स्वयंसेवकहरूलाई बोलाइ पठाइयो। नतिजा सन्तोषजनक भयो। कैयन्‌ प्राविधिक समस्याहरूलाई समाधान गरिसकेपछि मेप्स [MEPS] भनिने टेक्स्ट एन्ट्री, कम्पोजिसन, र फोटोटाइपसेटिङ्‌ग सिस्टमको विकास गरियो। यसबाट २१० भन्दा बढी भाषाहरूमा प्रोसेसिङ्‌ग गर्न सकिन्छ। यो संख्या बढाउन पनि सकिन्छ।

अनुवाद गरिएको सामग्रीको प्रोसेसिङ्‌ग आज १०० भन्दा बढी देशहरूमा मेप्स प्रणालीद्वारा गरिन्छ। यी देशहरूका स्वयंसेवकहरूलाई यो साधन सञ्चालन गर्ने र देखभाल गर्ने प्रशिक्षण दिइएको छ। अहिले सोसाइटीले ३३ वटा देशहरूमा ११२ भन्दा बढी भाषाहरूमा पत्रिकाहरू उत्पादन गरिरहेको छ, र यी मध्ये ५ देशहरूमा जिल्दबद्ध किताबहरू र बाइबलहरू पनि उत्पादन गरिंदैछ।

यो काम गर्नका लागि लेखकहरू, अनुवादकहरू, प्रुफरिडरहरू, छाप्नेहरू, किताब बनाउनेहरू, र ढुवानी गर्ने मानिसहरू चाहिन्छन्‌। अरूहरूले चाहिं मण्डलीहरूसित पत्रद्वारा सम्पर्क राख्ने काम गर्नु पर्छ। केहीले खाद्यान्‍न उत्पादन गर्छन्‌, भोजन तयार गर्छन्‌, सरसफाइ गर्छन्‌, कपडा धुने र अरू यस्तै कामहरू गर्छन्‌। यी सबै काम विभिन्‍न देशहरूमा आफूलाई उपलब्ध गराउने स्वयंसेवकहरूद्वारा गरिन्छ। सन्‌ १९९२ मा संसारभरि विभिन्‍न कार्यालयहरू, कारखानाहरू, घरहरू, र फार्महरूमा १३,००० स्वयंसेवक कार्यकर्ताहरूले सेवा गरिरहेका थिए।

यी मानिसहरू को हुन्‌? यिनीहरू यहोवाका साक्षीहरू हुन्‌ जसमा पुरुष र स्त्री, विवाहित र अविवाहित, जवान र वृद्ध, सबै नै समावेश छन्‌। केही त यस काममा ४०, ५०, र ६० वर्षदेखि लागि रहेका छन्‌। आफूलाई खटाइएको काममा तिनीहरूले प्रत्येक हप्ता करीब ४४ घण्टा र आवश्‍यक परेमा त्योभन्दा बढी समय बिताउँछन्‌। साँझको समय र सप्ताहान्त घर घरमा सुसमाचार प्रचार गर्न र मण्डलीका अन्य कामहरू गर्नमा बिताइन्छ।

संसारभरि सोसाइटीद्वारा संचालित बेथेल होम कहलाइने घरहरूमा कार्यकर्ताहरूका निम्ति एउटा सुहाउँदो कोठा र भोजनको प्रबन्ध गरिन्छ। यस बाहेक सेवकाई सम्बन्धी र अन्य व्यक्‍तिगत खर्च टार्न तिनीहरूलाई एउटा सानो रकम दिने गरिन्छ।

सन्‌ १९२० देखि यी स्वयंसेवक कार्यकर्ताहरूले विश्‍वव्यापी वितरणका लागि २०० भन्दा बढी भाषाहरूमा नौ अरब बाइबलहरू, किताबहरू, पत्रिकाहरू, र पुस्तिकाहरू उत्पादन गरे। अनन्त सुसमाचारलाई हर्षको समाचारको रूपमा सबै राष्ट्र र कुल र भाषा र मानिसहरूलाई घोषणा गर्न सम्भव होस्‌ भनेर तिनीहरू आफूले सक्दोभर गरिरहेका छन्‌।—प्रकाश १४:६, ७.

• वाच टावर सोसाइटीसङ्‌ग के कस्ता छाप्ने प्रबन्धहरू छन्‌, र किन?

• यी सबै काम कसले गर्छन्‌, र तिनीहरूको जीवन निर्वाह कसरी हुन्छ?

[पृष्ठ २४-मा भएको चित्र]

स्वयंसेवकहरू ब्रुकलिन र वालकिल, न्यु योर्क, संयुक्‍त राज्य अमेरिकाको कारखानामा, घरमा, कार्यालयमा, र फार्ममा बाइबल साहित्य उत्पादन सम्बन्धी काम गरिरहेका

[पृष्ठ २५-मा भएको चित्र]

स्वयंसेवकहरूले बाइबलहरू र बाइबल साहित्यको उत्पादनसित प्रत्यक्ष अथवा अप्रत्यक्षरूपमा सम्बन्धित विभिन्‍न कामहरू गरेका

स्पेन

जर्मनी

फिनल्याण्ड

क्यानाडा

डेनमार्क

स्विडेन

दक्षिण अफ्रिका

ब्राजिल

नेदरल्याण्ड्‌स

अस्ट्रेलिया