सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्य प्रचार गर्नका लागि सङ्‌गठित मण्डलीहरू

परमेश्‍वरको राज्य प्रचार गर्नका लागि सङ्‌गठित मण्डलीहरू

परमेश्‍वरको राज्य प्रचार गर्नका लागि सङ्‌गठित मण्डलीहरू

येशू यस पृथ्वीमा हुनुहुँदा, उहाँले परमेश्‍वरको राज्यको प्रचार गाउँ-गाउँ र शहर-शहरमा गर्नुभयो। यही काम गर्ने प्रशिक्षण उहाँले आफ्ना चेलाहरूलाई पनि दिनुभयो। स्वर्ग फर्कन अगाडि उहाँले आफ्ना चेलाहरूलाई सबै जातिका मानिसहरूलाई चेला बनाउने आज्ञा दिनुभयो। सुरुदेखि नै प्राचीन मसीही मण्डली सु-समाचार प्रचार गर्नको लागि सङ्‌गठित गरिएको थियो। जहाँ गए तापनि चेलाहरू परमेश्‍वरको राज्यबारे प्रचार गरिरहन्थे।—मत्ती ४:१७, २३; १०:१-१६; २८:१९, २०; लूका ४:४३, ४४; ८:१; १०:१-९; प्रेरित १:८; ४:३१; ५:४२; ८:१२; १९:८; २८:२३, ३०, ३१; रोमी १०:९, १०, १४.

यस रीतिरिवाजको अन्तबारे भविष्यवाणी गर्नु हुँदा येशूले भन्‍नु भयो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।” यो प्रचार कार्य आज मसीही मण्डलीको एउटा प्रमुख दायित्व हो।—मत्ती २४:१४; मर्कूस १३:१०.

आ-आफ्ना स्थानीय इलाकाहरूमा परमेश्‍वरको राज्यको सु-समाचार व्यवस्थित ढङ्‌गमा प्रचार गर्नका लागि विश्‍वभरि यहोवाका साक्षीहरूका मण्डलीहरू सङ्‌गठित छन्‌। सो प्रचार कार्य सुव्यवस्थित ढङ्‌गमा गरियोस्‌ भनेर हरेक देशमा वाच टावर सोसाइटीको शाखा कार्यालयले प्रत्येक मण्डलीलाई साक्षी दिने कामको निम्ति एउटा क्षेत्र खटाउने गर्छ। यसपछि ती साना साना प्रचार क्षेत्रहरूमा मानिसहरूलाई गएर भेट्‌ने जिम्मेवारी व्यक्‍तिहरूलाई दिइन्छ।—१ कोरिन्थी १४:३३, ४०.

साक्षीहरूले अक्सर घर-घरै गएर मानिसहरूलाई भेट्‌ने गर्छन्‌। घर-घरमा गएर आफ्नो बाइबल प्रयोग गर्दै राज्यको समाचारलाई छोट्‌करीमा प्रस्तुत गर्ने तालिम यहोवाका साक्षीहरूलाई तिनीहरूको मण्डलीका सभाहरूमा दिइन्छ। साक्षीहरूले बाइबलमा आधारित प्रकाशनहरू आफूसित बोकेर हिड्‌ने गर्छन्‌। परमेश्‍वरको वचनबारे अझ बढी जानकारी लिन चाहने घरधनीहरूलाई ती प्रकाशनहरू दिइन्छ।

कुनै घरमा मानिसहरू भेट्‌न सकिएन वा अन्य केही कारणहरूले गर्दा पूरा साक्षी दिन सम्भव भएन भने, त्यसको विस्तृत जानकारी साक्षीहरूले राख्छन्‌। यसले गर्दा ती ठाउँहरूमा फेरि जान सकिन्छ। यसप्रकार तिनीहरूले आफ्नो क्षेत्रमा भएको हरेक व्यक्‍तिलाई राज्यको महत्त्वपूर्ण समाचार सुनाउने कोशिश गर्छन्‌। चासो देखाउने मानिसहरूको नाउँ ठेगाना टिपेर राखिन्छ, र शास्त्रमा आधारित थप जानकारी दिन साक्षीहरू तिनीहरू कहाँ फेरि जान्छन्‌। घरधनीले चाहेको खण्डमा एउटा नियमित बाइबल अध्ययन सञ्चालन गरिनेछ। यी सबै काम निश्‍शुल्क गरिन्छ।

यहोवाका साक्षीहरूले बाटो हिंडिरहेका मानिसहरूको सामु पनि पत्रिकाहरू प्रस्तुत गर्छन्‌। यसप्रकार घरमा भेट्‌न नसकिने धेरै व्यक्‍तिहरूसङ्‌ग तिनीहरूले सम्पर्क स्थापना गर्छन्‌। सुन्‍न चाहने हरेक व्यक्‍तिहरूसित सम्पर्क कायम गर्ने अथक प्रयास गरिन्छ।—प्रेरित १७:१७; प्रकाश १४:६, ७; २२:१७.

धेरै जसो मानिसहरूले चासो नदेखाए तापनि मानिसहरू कहाँ साक्षीहरू बारम्बार किन गइरहन्छन्‌? किनभने मानिसहरूको परिस्थिति अक्सर बदलिन्छ र अर्को भेटमा तिनीहरूले सकारात्मक प्रतिक्रिया समेत देखाउन वा त्यस घरमा बस्ने अरू व्यक्‍तिहरूलाई पनि भेट्‌न सम्भव भएको छ।

येशूले आफ्ना चेलाहरूलाई भन्‍नु भयो: “तर पहिले उहाँको राज्य र धार्मिकता खोजी गर।” परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिने हो भने परमेश्‍वरको राज्यबारे प्रचार गर्नु अनिवार्य छ। यो काम पूरा गर्नु यहोवाका साक्षीहरूको जीवनको एउटा मुख्य लक्ष्य हो।—मत्ती ६:३३; २ तिमोथी ४:२.

•येशू र प्राचीन मसीहीहरूले गरेको कुन चाँहि काम आज हाम्रो दिनमा पनि हुनेछ भनि भविष्यवाणी गरिएको थियो?

•यहोवाका साक्षीहरूको प्रचार कार्यलाई कसरी सुव्यवस्थित ढङ्‌गमा गरिन्छ?

•चासो नदेखाउने व्यक्‍तिहरू धेरै भए तापनि साक्षीहरू बारम्बार मानिसहरूलाई भेट्‌न किन गइरहन्छन्‌?

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका विभिन्‍न राष्ट्रहरू

थाइल्याण्ड

मेक्सीको

नेदरल्याण्ड

कोरिया

कुरासाओ

घाना

ब्रिटेन

अस्ट्रेलिया