सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू

परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू

परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू

मण्डलीहरूमा गएर ढाडसदिने परिभ्रमण निरीक्षकहरू प्रथम शताब्दीमा थिए। आफ्नो कुनै व्यक्‍तिगत लाभका लागि होइन, तर मण्डलीमा भएकाहरूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य भएर हिंड्‌ने मद्दत दिन यी निरीक्षकहरूले तनमन लगाएर सेवा गर्दथिए।—प्रेरित ११:२३, २४; १४:२१, २२; १५:३२; २०:२, ३१-३५; फिलिप्पी २:२०-२२, २९; १ थिस्सलोनिकी २:५-१२.

आज पनि यहोवाका साक्षीहरूले परिभ्रमण निरीक्षकहरूबाट लाभ उठाउँन पाउँछन्‌। यहोवाका साक्षीहरूसित प्रचार कार्य गर्नमा र निरीक्षकको हैसियतमा ती व्यक्‍तिहरूले धेरै वर्ष बिताइ सकेका हुन्छन्‌। सांसारिक जागिर र घरगृहस्थीको कामकाजबाट आफूलाई मुक्‍त पारेर, तिनीहरू पूर्णसमय सेवकाईका निम्ति अघि बढेका हुन्‌। तिनीहरूमध्ये जो विवाहित होलान्‌, तिनीहरूकी पत्नीहरूले पनि आ-आफ्ना पतिहरूसित पूर्णसमय सेवकाईमा भाग लिएका हुन्छन्‌।

एक जना क्षेत्र निरीक्षकलाई तिनले रेखदेख गर्नका लागि एउटा क्षेत्र सुम्पिएको हुन्छ जसमा १८ देखि २५ मण्डलीहरू हुन्छन्‌। क्षेत्रभित्र पर्ने प्रत्येक मण्डलीकहाँ तिनी वर्षको दुई पटक जाने गर्छन्‌ र करीब दुई वा तीन वर्षपछि तिनलाई एउटा अर्को क्षेत्रमा खटाइन्छ। यसप्रकार मण्डलीहरूले बेग्ला-बेग्लै क्षेत्र निरीक्षकहरूको विभिन्‍न अनुभव र योग्यताहरूबाट लाभ उठाउन सक्छन्‌।

क्षेत्र निरीक्षकले मण्डलीको आध्यात्मिक स्थिति र त्यसको गतिविधिलाई जाँच गर्छन्‌। तिनले मण्डलीमा अनेक भाषणहरू दिन्छन्‌। साथै, तिनले त्यहाँका प्राचीनहरू र सहायक-सेवकहरूसित पनि भेट गर्छन्‌ ताकि तिनीहरूले मण्डलीको सेवा अझ राम्ररी गर्न सकून्‌।

तिनी र विवाहित भएको खण्डमा तिनकी पत्नी दुबैले हप्ताभरि स्थानीय साक्षीहरूसित घर-घरको सेवकाईमा भाग लिन्छन्‌ र यस क्षेत्रमा उन्‍नति ल्याउने मद्दत दिन्छन्‌। तिनी र तिनकी पत्नी भर्खरै चासो देखाउने मानिसहरूसित भेट गर्न जान्छन्‌ र तिनीहरूलाई विश्‍वासमा दह्रो हुने प्रोत्साहन दिन्छन्‌। तपाईंले चाहनु भएमा, तिनीहरू तपाईंकहाँ पनि यसरी भेट गर्न आउन सक्छन्‌।

यसैप्रकार जिल्ला निरीक्षक पनि आत्मिक तवरमा योग्य र अनुभवी हुन्छन्‌। क्षेत्र सम्मेलनहरूको सम्बन्धमा मद्दत दिंदै तिनी प्रत्येक हप्ता एउटा क्षेत्रदेखि अर्को क्षेत्र जान्छन्‌। तिनले निरीक्षण गर्नजाने क्षेत्रको एउटा मण्डलीका भाइ-बहिनीहरू सित तिनी र तिनकी पत्नीले क्षेत्र सेवकाईमा पनि भाग लिन्छन्‌। तिनले क्षेत्र सम्मेलनको कार्यक्रमसम्बन्धी आखिरी तयारीको निरीक्षण गर्छन्‌ र सम्मेलनको दौडानमा आम-भाषण समेत अन्य भाषणहरू दिन्छन्‌।

एउटा मण्डली वा क्षेत्रको निरीक्षण गरी सकेपछि, यी परिभ्रमण निरीक्षकहरू अर्को क्षेत्र वा मण्डलीमा गएर सोही कार्यप्रणाली दोहोऱ्‍याउँछन्‌। यसो गर्दै, छ महिनाभित्र क्षेत्रका जम्मै मण्डलीहरूलाई एक-एक पटक भेट गर्ने काम समाप्त हुन्छ; अनि सो चक्र तिनीहरू फेरि सुरु गर्छन्‌।

धेरै देशहरूमा परिभ्रमण निरीक्षकहरू मोटरकारबाट यात्रा गर्छन्‌ अथवा साझा यातायातको पनि तिनीहरूले प्रयोग गर्न सक्छन्‌। कुनै कुनै देशहरूमा चाहिं तिनीहरूले साइकल चलाउने गर्लान्‌ वा हिंडेर पनि जाने गर्छन्‌। परिभ्रमण निरीक्षकको र तिनकी पत्नीको यातायात खर्च सोसाइटीले बेहोर्छ र यसका साथै तिनीहरूका व्यक्‍तिगत आवश्‍यकताहरूका लागि एउटा सानो रकम पनि दिने गरिन्छ। प्रायःजसो प्रत्येक मण्डलीका सदस्यहरूले नै परिभ्रमण निरीक्षक र तिनकी पत्नीका लागि बस्ने कोठा र भोजनपानीको प्रबन्ध गर्छन्‌।

यसप्रकारको सेवा गर्दा आत्मत्यागको भाव आवश्‍यक हुन्छ। मण्डलीहरूमाथि कुनैप्रकारको बोझ नभइकन तिनीहरूको सेवा गर्न परिभ्रमण निरीक्षक र तिनकी पत्नीले दृढ संकल्प गरेका हुन्छन्‌।—१ थिस्सलोनिकी २:९.

• प्रथम शताब्दीको मसीही मण्डलीमा परिभ्रमण निरीक्षकहरूको उद्देश्‍य के थियो?

• यही सेवाका लागि परिभ्रमण निरीक्षकहरू कसरी सुयोग्य र अग्रसर भएका छन्‌?

• क्षेत्र र जिल्ला निरीक्षकहरूको सेवा र तिनीहरूले कसरी जीवन निर्वाह गर्छन्‌, सो व्याख्या गर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

जिल्ला निरीक्षकले एउटा क्षेत्र सम्मेलनलाई सम्बोधन गर्छन्‌

[पृष्ठ २१-मा भएको चित्र]

क्षेत्र निरीक्षकहरूले घरघरको प्रचारद्वारा उपेदश दिन्छन्‌, मण्डलीका प्राचीनहरूसित कुरा गर्छन्‌, भर्खरै चासो लिने नयाँ व्यक्‍तिहरूकहाँ बाइबल अध्ययनका लागि जान्छन्‌ र मण्डलीहरूलाई भाषण दिन्छन्‌