सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रथम शताब्दीको मसीही मण्डली

प्रथम शताब्दीको मसीही मण्डली

प्रथम शताब्दीको मसीही मण्डली

सा.यु. ३३ को पेन्तिकोसको दिनमा येशूका १२० जना चेलाहरूमाथि पवित्र आत्मा खन्याइयो। तिनीहरूले परमेश्‍वरका महान कार्यहरूबारे धेरै भाषाहरूमा बोल्न थाले। मसीही मण्डलीको यो सुरुवात थियो। लगभग ३,००० जना नयाँ चेलाहरूले त्यस दिन बप्तिस्मा लिए।—प्रेरित, अध्याय २.

प्रेरितहरू र अरूहरूले परमेश्‍वरको वचन निडरताका साथ बोलिरहँदा विभिन्‍न क्षेत्रहरूमा मण्डलीहरूको सङ्‌खयामा वृद्धि हुन थाल्यो। प्रेरितको पुस्तकमा उल्लेख गरिएअनुसार प्रचार कार्य चाँडै नै भूमध्यसागरको सम्पूर्ण क्षेत्र, बेबिलोन र उत्तर अफ्रिकादेखि रोम र शायद स्पेनसम्म फैलियो।—रोमी १५:१८-२९; कलस्सी १:२३; १ पत्रुस ५:१३.

जहाँ जहाँ मानिसहरू चेला बन्दै गए, त्यहाँ त्यहाँ तिनीहरूले मण्डलीहरू स्थापना गरे। मण्डलीमा सही शिक्षा र आचरणको एउटा उच्च स्तर कायम राख्नका निम्ति योग्य, परिपक्व मानिसहरूलाई प्राचीनहरू अथवा निरीक्षकहरू नियुक्‍त गरियो। तर यिनीहरू एउटा पादरीवर्ग भएनन्‌; यिनीहरू परमेश्‍वरको राज्यको निम्ति सेवकहरू र सहकर्मीहरू थिए।—प्रेरित १४:२३; २०:२८; १ कोरिन्थी ३:५; ५:१३; कलस्सी ४:११; १ तिमोथी ३:१-१५; हिब्रू १३:१७; १ पत्रुस ५:१-४.

प्रेरितहरू र अरू नजिकका सहकर्मीहरू मिलेर एउटा परिचालक निकायको रूपमा सेवा गर्न थाले। तिनीहरूले प्रचारको काममा अगुवाइ लिए। तिनीहरूले यरूशलेमको मण्डलीमा भएका समस्याहरू सुल्झाए। तिनीहरूले सामरिया र एन्टिओकमा भर्खरै विश्‍वासमा आएकाहरूलाई बलियो पार्न योग्य भाइहरू पठाए। तिनीहरूले खतनाबारे उठेको विवादको फैसला गरे र सोही निर्णयहरू अनुसार गर्न सबै मण्डलीलाई अवगत गराए। तरपनि यी मानिसहरू अरूहरूमाथि मालिक सरह थिएनन्‌। तिनीहरू सम्पूर्ण मण्डलीका दास र सहकर्मी थिए।—प्रेरित ४:३३; ६:१-७; ८:१४-२५; ११:२२-२४; १५:१-३२; १६:४, ५; १ कोरिन्थी ३:५-९; ४:१, २; २ कोरिन्थी १:२४.

सुरु सुरुका चेलाहरू ईश्‍वरीय निर्देशन बमोजिम मसीही कहलिए र त्यही नाउँबाट परिचित भए। तिनीहरूको शिक्षा पनि अरूहरूको भन्दा बेग्लै थिए; यी शिक्षाहरूलाई प्रेरितहरूका शिक्षाहरू अथवा स्वस्थकर शब्दहरूको नमुना भनिन्थ्यो। शास्त्रमा आधारित यी शिक्षाहरूलाई नै सत्य कुरा पनि भनिन्थ्यो।—यूहन्‍ना १७:१७; प्रेरित २:४२; ११:२६; रोमी ६:१७; १ तिमोथी ४:६; ६:१, ३; २ तिमोथी १:१३; २ पत्रुस २:२; २ यूहन्‍ना १, ४, ९.

तिनीहरू प्रेममा एकताबद्ध, एउटा विश्‍वव्यापी भ्रातृत्व थिए। तिनीहरूले अरू देशमा बस्ने आफ्ना सहकर्मीहरूप्रति चासो देखाउँथे। विदेशमा भ्रमण गर्दा तिनीहरूलाई त्यहाँ बस्ने सहकर्मीहरूले आफ्नो घरमा स्वागत गर्थे। संसारबाट अलग भएका एउटा पवित्र जन भएका हुनाले तिनीहरूले उच्च नैतिक आचरण कायम राख्थे। तिनीहरूले यहोवाको उपस्थितिको दिनलाई ध्यानमा राख्थे र जोसका साथ आफ्नो विश्‍वासको खुलेआम घोषणा गर्थे।—यूहन्‍ना १३:३४, ३५; १५:१७-१९; प्रेरित ५:४२; ११:२८, २९; रोमी १०:९, १०, १३-१५; तितस २:११-१४; हिब्रू १०:२३; १३:१५; १ पत्रुस १:१४-१६; २:९-१२; ५:९; २ पत्रुस ३:११-१४; ३ यूहन्‍ना ५-८.

तथापि, भविष्यवाणी गरिएअनुसार दोस्रो र तेस्रो शताब्दीतिर व्यापक रूपमा धर्मत्याग बढ्‌न थाल्यो। यसको परिणामस्वरूप, शिक्षा, आचरण, संगठन र संसारप्रति अपनाउनु पर्ने दृष्टिकोण जस्ता कुराहरूमा सुरुको मसीही मण्डलीको शुद्धता कायम नराख्ने ठूला ठूला गिर्जाहरूको स्थापना भयो।—मत्ती १३:२४-३०, ३७-४३; २ थिस्सलोनिकी अध्याय २.

तथापि यस रीतिरिवाजको अन्तमा साँचो उपासनाको पुनःस्थापना हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। येशूले भविष्यवाणी गर्नुभएको लगभग १,९०० वर्ष पछि, आज त्यो पुनःस्थापना हाम्रो समयमा यहोवाका साक्षीहरूको विश्‍वव्यापी गतिविधिमा देख्न सकिन्छ भनेर साक्षीहरू विश्‍वास गर्दछन्‌। कसरी? यसको उत्तर आउँदा पृष्ठहरूमा पाउनु हुनेछ।

• मसीही मण्डलीको स्थापना र वृद्धि कसरी भयो?

• मण्डलीको हेरविचार कसरी गरिन्थ्यो?

• प्रथम शताब्दीका मसीहीहरू अरू मानिसहरू भन्दा कसरी भिन्‍न थिए?

[पृष्ठ ७-मा भएको नक्सा]

काला सागर

कास्पियन सागर

भूमध्य सागर

लाल समुद्र

पर्शियन खाडी

प्रथम शताब्दीमा सुसमाचार सुनाइएका इलाकाहरू

इटाली

रोम

ग्रीस

माल्टा

क्रेट

साइप्रस

बिथिनिया

गलातिया

एशिया

कप्पाडोसिया

सिलुसिया

सिरिया

इस्राएल

यरूशलेम

मेसोपोटामिया

बेबिलोन

यी इलाकाका केही मानिसहरूले विश्‍वास गरे

इल्लरिकुम

मादी

पार्थेया

एलाम

अरबिया

लिबिया

मिश्र

एथियोपिया

[पृष्ठ ७-मा भएको चित्र]

सुरुका मसीहीहरूले परमेश्‍वरको वचन निडरतासाथ प्रचार गरे

मसीहीहरू यात्रा गर्दा जहाँ गए तापनि विश्‍वासमा भएका सङ्‌गीहरूले तिनीहरूलाई आ-आफ्नो घरमा स्वागत गर्थे