सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू

प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू

प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू

प्राचीन समयका मसीहीहरू निर्देशन प्राप्त गर्न र प्रोत्साहक भ्रातृत्वको आनन्द उठाउन अक्सर निजी घरहरूमा भेला हुने गर्थे। आज, यहोवाका साक्षीहरू हप्तामा तीन पटक मण्डलीहरूमा भेला हुने गर्छन्‌। यी सभाहरू मध्ये कुनै एउटामा उपस्थित हुन तपाईंलाई स्वागत छ। तिनीहरूका सभाहरू कुनै धार्मिक विधि मात्र होइन। त्यहाँ ईश्‍वरीय शिक्षामा जोड दिइन्छ। मण्डलीका सभाहरूको सुरु र समापन भजन र प्रार्थनाका साथ गरिन्छ। प्रवेश शुल्क लिने गरिंदैन नता चन्दा उठाइन्छ।—प्रेरित ४:२३-३१; १४:२२; १५:३२, ३५; रोमी १६:५; कलस्सी ४:१५.

सम्भवतः तपाईं उपस्थित हुनु भएको प्रथम सभा ४५-मिनेटको जन-भाषण थियो होला। यो भाषण बाइबलका शिक्षाहरू, भविष्यवाणीहरू, अथवा मसीही जीवनसित सम्बन्धित सर-सल्लाहमा आधारित हुन्छ। यस भाषण पश्‍चात, बाइबलको अध्ययन गरिन्छ। यतिखेर प्रहरीधरहरा पत्रिकाको एउटा पाठ्य लेखको प्रयोग गरिन्छ। यो लेख विशेष गरी मण्डली अध्ययनकै लागि तयार गरिएको हुन्छ। यो अध्ययन यसप्रकार सञ्चालित हुन्छ: प्रहरीधरहरा-बाट एउटा अनुच्छेद पढिन्छ, र अध्ययन संचालकले विषयसङ्‌ग सम्बन्धित प्रश्‍नहरू छलफलका लागि सबैको सामु प्रस्तुत गर्छन्‌। यी प्रश्‍नहरूको जवाफ दिन दर्शकगणले स्वेच्छापूर्वक आफ्नो हात उठाउन सक्छन्‌। अक्सर एउटै अनुच्छेदमा आधारित अनेक टिप्पणीहरू दिइन्छन्‌। यो सभा एक घण्टासम्म चल्छ।

यसै हप्तामा पछि, ४५-मिनेटका अरू दुइटा सभाहरू सञ्चालन गरिन्छन्‌। एउटा त ईश्‍वरतान्त्रिक स्कूल हो। बाइबलका विषयहरूमा आधारित सामग्रीहरू सङ्‌कलन गर्ने र त्यसलाई प्रभावकारी ढङ्‌गमा सिकाउने प्रशिक्षण यस सभाद्वारा दिइन्छ। पहिले, २१ मिनेटको विशेष निर्देशन भाषण हुन्छ। त्यसपछिको कार्यक्रममा विद्यार्थीहरूले पूर्वतयारी गरेर आएका आफ्ना विषयहरू संक्षिप्तमा प्रस्तुत गर्छन्‌। हरेक प्रस्तुति पश्‍चात, विद्यार्थीहरूले अझ कसरी उन्‍नति गर्न सक्छन्‌ भन्‍ने सल्लाह स्कूल प्रशिक्षकले दिन्छन्‌। यस स्कूलमा प्रयोग गर्नको लागि अनेक पाठ्य-पुस्तकहरू तयार गरिएका छन्‌। नियमित रूपमा सभाहरू धाउने व्यक्‍तिहरू यस स्कूलमा भर्ना हुन सक्छन्‌। तर यसो गर्नु भन्दा अघि तिनीहरूले मसीही सिद्धान्तहरू अनुरूप जीवन बिताएको हुनुपर्छ।

यसपछिको सभालाई सेवकाई सभा भनिन्छ। यो सभाका तीन वा चार भागहरू हुन्छन्‌। यिनमा सेवकाईका अन्य पक्षहरू र घर-घरै सु-समाचार सुनाउने कामसित सम्बन्धित विषयहरूको छलफल गरिन्छ। यस भागलाई छलफलहरू, वा प्रर्दशनहरूको रूपमा प्रस्तुत गरिन्छ र कुनै कुनै बेला श्रोतागणलाई पनि भाग लिने मौका दिइन्छ। यो सभा धेरै जसो, हाम्रो राज्य सेवकाई-मा दिएको विषय वस्तुमाथि आधारित हुन्छ। वाच टावर सोसाइटीद्वारा प्रकाशित यो चार पन्‍ने निर्देशन पर्चा एउटा मासिक प्रकाशन हो।

अर्को सभा चाँहि एउटा साप्ताहिक अध्ययन हो। यसलाई अक्सर निजी घरहरूमा मण्डलीको क्षेत्रभरि सानो सानो समूहको रूपमा सञ्चालन गरिन्छ। यो अध्ययन बाइबलमा र संस्थाले भर्खरै प्रकाशन गरेको कुनै एउटा पुस्तकमा आधारित हुन्छ। समूह सानो भएको हुँदा छलफलमा भाग लिने सु-अवसर सबैले पाउँछन्‌। साथै उपस्थित सबैले एक अर्कासङ्‌ग अझै राम्ररी परिचित हुने मौका पाउँछन्‌।

मण्डलीका धेरै जसो सभाहरू यहोवाका साक्षीहरूद्वारा निर्मित राज्य भवनहरूमा सञ्चालन गरिन्छन्‌। भवन निर्माण गर्दा भएको खर्च साक्षीहरू आफैले स्वेच्छापूर्वक चन्दा दिएर बेहोर्छन्‌ र काम अक्सर बेतलबी स्वयंसेवकहरूले गरिदिन्छन्‌। चन्दा दिन चाहनेहरूका निम्ति सबै सभाहरूमा चन्दा बाकस राखिएको हुन्छ।

मण्डलीका यी सभाहरूले यहोवाका साक्षीहरूलाई हिब्रू १०:२४, २५-मा दिइएको यो सल्लाह मान्‍ने मदत पुऱ्‍याउँछ: “औं प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनलाई नछोड़ौं। तर दिन नजिक नजिक आइपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिंदै गरौं।”

• यहोवाका साक्षीहरूको सभाहरूमा प्राचीन मसीही सभाहरूका के विशेषताहरू देख्न सकिन्छ?

• साक्षीहरूद्वारा नियमित तवरमा संचालन गरिने पाँचवटा सभाहरूमा के प्रस्तुत गरिन्छ, संक्षेपमा बताउनुहोस्‌।

• भेला हुने ठाउँहरूको प्रबन्ध कसरी गरिन्छ?

[पृष्ठ १४-मा भएको चित्र]

संयुक्‍त राज्यमा एकजना प्राचीनले प्रहरीधरहरा अध्ययन संचालन गरिरहेका

ईश्‍वरतान्त्रिक स्कूलको एक दृष्य, फाएरोए टापुहरू

निजी घरमा सामूहिक अध्ययन, याप

यहोवाका साक्षीहरूले दुई दिनमा बनाएको राज्य भवन, न्यु ब्रनफेल्स, टेक्सस, संयुक्‍त राज्य अमेरिका

[पृष्ठ १५-मा भएको चित्र]

विभिन्‍न देशहरूमा भएका राज्य भवनहरू

जापान

अस्ट्रेलिया

अस्ट्रिया

स्पेन