सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सम्मेलनहरूमा आनन्द मनाउँदै परमेश्‍वरको प्रशंसा गर्ने

सम्मेलनहरूमा आनन्द मनाउँदै परमेश्‍वरको प्रशंसा गर्ने

सम्मेलनहरूमा आनन्द मनाउँदै परमेश्‍वरको प्रशंसा गर्ने

स्थानीय सभाहरूमाबाहेक, अन्य ठाउँमा बस्ने विश्‍वासका आफ्ना सङ्‌गीहरूसित पनि परिचित हुनु लाभदायक हुनेछ भनी बाइबल स्टुडेन्ट्‌सहरूले १८८०-को दशकको सुरु मै बुझे। यसकारण, तिनीहरूले संयुक्‍त राज्य अमेरीका साथै क्यानाडाका सबै ठाउँहरूमा बस्ने बाइबल स्टुडेन्ट्‌सहरूका लागि वार्षिक सम्मेलनहरू आयोजित गर्न थाले। यी सम्मेलनहरू आध्यात्मिक आराम प्रदान गर्ने समय थिए; कैयौं दिनसम्म बाइबलमा आधारित गहन उपदेशहरू दिइन्थ्यो र सबैले एकअर्कालाई प्रोत्साहन दिने मौका पाउँथे। विश्‍वास गर्ने नयाँ जनहरूको बप्तिस्मा यी सम्मेलनहरूको एउटा विशेषता हुन थाल्यो। साथै, आमजनतालाई साक्षी दिन पनि यी सम्मेलनहरू उपयोगी हुन्थे।—रोमी १:११, १२.

आज यहोवाका साक्षीहरूले नियमित रूपमा आयोजित सम्मेलनहरूबाट आनन्द उठाउँछन्‌। साधारणतया, १८ वा २५ मण्डलीहरू मिलाएर एउटा क्षेत्र बनिन्छ र यसको देखरेख परिभ्रमण निरीक्षकहरूले गर्छन्‌। सालको दुई पटक सम्मेलनहरू आयोजित गरिन्छ जहाँ सारा क्षेत्र वा क्षेत्रको केही भागका मण्डलीहरू शनिवार र/वा आइतबारको दिन भेला हुन्छन्‌।

सालको एक पटक, प्रत्येक देशमा यी भन्दा ठूला अथवा तीन वा चार दिनसम्मको सम्मेलनहरू आयोजित हुन्छन्‌। यिनलाई जिल्ला सम्मेलनहरू भनिन्छ। यी सम्मेलनहरूमा हजारौं मानिसहरू एकै ठाउँमा भेला हुनसक्छन्‌। यी अवसरहरू यहोवाका साक्षीहरू र तिनीहरूको गतिविधिमा चासो लिने अन्य जनहरूका लागि उत्साहवर्धक हुनबाहेक आम साक्षी दिनमा पनि उपयोगी हुन्छन्‌।

विश्‍वभरिका साक्षीहरूका आवश्‍यकताहरूलाई ध्यानमा राखेर यहोवाका साक्षीहरूको परिचालक निकायद्वारा साना र ठूला, दुवै सम्मेलनहरूका लागि कार्यक्रम तयार गरिन्छ। यस कार्यक्रममा परिभ्रमण निरीक्षकहरू, मण्डलीका अन्य योग्य साक्षीहरूले भाषणहरू, छलफलहरू र वास्तविक जीवनमा घटने घटनाहरू प्रदर्शनीको रूपमा प्रस्तुत गर्छन्‌। अरूहरूले चाहिं एउटा भक्‍तिहीन संसारमा जीवन बिताउने चुनौतीको सामना कसरी गर्दैछन्‌ अथवा सेवकाईको काममा के कस्तो परिणाम पाइरहेका छन्‌, सो कुराहरू सम्बन्धी आफ्ना अनुभवहरू सुनाउने गर्छन्‌। जिल्ला सम्मेलनहरूको अझ एउटा अर्को विशेषता पनि छ। त्यो हो बाइबल सम्बन्धी नाटकहरू अथवा आजको आधुनिक जमानामा मसीहीहरूले समस्याहरूको सामना कसरी गर्दैछन्‌ भन्‍ने विषयहरूको प्रस्तुतीकरण।

यी बाहेक जलपान र भोजनको पनि प्रबन्ध गरिएको हुन्छ। यसले गर्दा सम्मेलनको बैठक नबसेको बेलामा आनन्दायी सङ्‌गतिबाट लाभ उठाउनु सम्भव हुन्छ। यी प्रबन्धहरू सञ्चालन गर्नमा आवश्‍यक पर्ने सबै काम यहोवाका साक्षीहरूमध्येबाट कै स्वयंसेवकहरूले गर्छन्‌। प्रयोग गरिने सुविधाहरू र यस्तै अन्य कुराहरूको खर्च चाहिं स्वेच्छाद्वारा दिइएका चन्दाहरूले ढाक्छ। प्रवेश निश्‍शुल्क हुन्छ र चन्दा दिनु अनिवार्य छैन।

यसप्रकारका सम्मेलनहरू तपाईं बस्नु भएको इलाकाको कुन ठाउँमा र कहिले हुने योजना मिलाइएको छ, सो यहोवाका साक्षीहरूको स्थानीय मण्डलीबाट थाह लाउन सक्नु हुन्छ। त्यहाँ कसरी जाने अथवा त्यहाँ गएर कहाँ बस्ने हो, यी सबै प्रबन्धहरूबारे पनि जानकारी दिइन्छ।

यी साना र ठूला, दुवै प्रकारका सम्मेलनहरूले यहोवाका साक्षीहरू र तिनीहरूसित सम्बन्धित सबैलाई आफ्नो स्थानीय मण्डलीबाहेक तिनीहरूको विश्‍वव्यापी भ्रातृत्वको मूल्याङ्‌कन गर्ने मद्दत दिन्छ।—१ पत्रुस २:१७.

• सुरु-सुरुका बाइबल स्टुडेन्ट्‌सहरूले तिनीहरूका सम्मेलनहरूबाट के लाभ उठाउन सके?

• क्षेत्र र जिल्ला सम्मेलनहरूको प्रबन्ध र कार्यक्रमको वर्णन गर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्र]

संयुक्‍त राज्य अमेरिकाको एउटा जिल्ला सम्मेलनमा बाइबल नाटक

अन्तरराष्ट्रिय सम्मेलन, पोल्याण्ड

अन्तरराष्ट्रिय सम्मेलन, अर्जेन्टिना

क्षेत्र सम्मेलन, जापान

प्रतिनिधिहरूले बाइबलमा आधारित

प्रकाशनहरू प्राप्त गरेका, स्विटजर्ल्याण्ड

अन्तरराष्ट्रिय सम्मेलनमा बप्तिस्मा, दक्षिण अफ्रिका

बाइबलमा आधारित नयाँ प्रकाशनहरूको विमोचन, क्यानाडा

सम्मेलनमा आएका प्रतिनिधिहरू मिलेर भजन गाइरहेका, स्पेन