सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वेच्छाकृत चन्दाहरूबाट पाएको आर्थिक सहयोग

स्वेच्छाकृत चन्दाहरूबाट पाएको आर्थिक सहयोग

स्वेच्छाकृत चन्दाहरूबाट पाएको आर्थिक सहयोग

यो भन्दा अघि वर्णन गरिएको सबै कामकुरा स्वयंसेवकहरूद्वारा गरिन्छ। यसले गर्दा खर्चमा धेरै नै कटौती हुन्छ। घरघरको सेवा र साहित्य वितरण यहोवाका साक्षीहरूले स्वेच्छासाथ गर्छन्‌। तिनीहरूले आफ्नो खर्च आफै बेहोर्छन्‌। सहायक सेवकहरूको मद्दत लिंदै, मण्डलीहरूको रेखदेख गर्ने प्राचीनहरूले निःशुल्क सेवा गर्छन्‌। तिनीहरूले आफ्ना सबै खर्चहरू आफै बेहोर्छन्‌।

परिचालक निकायका सदस्यहरू तथा बाइबल र बाइबल सम्बन्धी साहित्य तयार अनि उत्पादन गर्न पूर्णसमय काम गर्नेहरूले समेत बस्ने कोठा, भोजन र आफ्नो व्यक्‍तिगत खर्च ढाक्ने एउटा सानो रकम मात्र पाउँछन्‌। पूर्णसमय बिताउने परिभ्रमण निरीक्षकहरूका निम्ति पनि यही प्रबन्ध लागू हुन्छ।

बाइबलमा साँचो चासो देखाउने मानिसहरूलाई मद्दत दिने उद्देश्‍यले हाम्रो साहित्य प्रकाशित गरिन्छ। सामग्री, उत्पादन र ढुवानीको मूल खर्च चाहिं चासो देखाउने व्यक्‍तिहरूले स्वेच्छासाथ दिएको चन्दाबाटै उठ्‌छ। यसको अतिरिक्‍त स्वयं यहोवाका साक्षीहरूले पनि इच्छापत्र इत्यादि द्वारा चन्दा दिने गर्छन्‌।

यहोवाका साक्षीहरूका स्थानीय सभाहरू र सम्मेलनहरूमा चन्दा दिन चाहनेहरूका लागि चन्दा-बाकसहरू राखिएको हुन्छ। व्यक्‍ति-व्यक्‍तिकहाँ गएर चन्दा उठाउने चाहिं गरिंदैन। दशांश जस्ता अरू कुनै रकम तिर्ने बाध्यता कसैलाई छैन। शास्त्रमा भनेअनुसार, प्रत्येकले आफ्नो हृदयमा अठोट गरे बमोजिम चन्दा दिन सक्छ।—२ कोरिन्थी ८:१२; ९:७.

• यहोवाका साक्षीहरूका जम्मै कामकुराका लागि आर्थिक सहयोग कहाँबाट पाइन्छ?