सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी मद्दतकारी हुन चाहन्छौं

हामी मद्दतकारी हुन चाहन्छौं

हामी मद्दतकारी हुन चाहन्छौं

यहोवाका साक्षीहरूका गतिविधिहरू र बाइबल सम्बन्धी तपाईंको ज्ञान बढाउन तिनीहरूले गरेका प्रबन्धहरूसित तपाईंलाई अझ राम्ररी परिचित गराउन यो पुस्तिका तयार गरिएको हो। यहोवाका साक्षीहरूले तपाईंसित भेट गरिसकेका होलान्‌। शायद तपाईंले तिनीहरूसङ्‌ग सडकमा अथवा अरू नै ठाउँमा कुरा पनि गरी सक्नु भएको होला। एकजना साक्षीले तपाईंसङ्‌ग अध्ययन गरी सकेको पनि हुन सक्छ।

परमेश्‍वरको राज्यबारे तिनीहरूले प्रचार गर्ने समाचार सारा संसारमा घोषणा भइरहेको छ भन्‍ने कुरा के तपाईंलाई थाहा थियो? यसो किन भइरहेको छ? किनभने सारा राष्ट्रका मानिसहरू परमेश्‍वर, हाम्रा सृष्टिकर्त्ताको उपासनामा एकताबद्ध भएको उहाँ चाहनुहुन्छ। उहाँले हाम्रा समयका लागि यसप्रकार भविष्यवाणी गर्नु भएको थियो: “जाति जातिका मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।”—यशैया २:२, ३.

यहोवाका साक्षीहरूले तपाईंलाई परमेश्‍वरका मार्गहरूबारे सुनाउने काम त्यस भविष्यवाणीको पूर्ति हो। यो काम अहिले किन महत्त्वपूर्ण छ र तपाईंले यसबाट कसरी लाभ उठाउन सक्नुहुन्छ, यस पछिका पृष्ठहरूले देखाउनेछन्‌।