सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घरपरिवार: परिवारका सदस्यहरूसितको व्यवहार

घरपरिवार: परिवारका सदस्यहरूसितको व्यवहार

खण्ड १

घरपरिवार: परिवारका सदस्यहरूसितको व्यवहार

“मेरो प्यारो घर।” यस प्रचलित भनाइले घरपरिवारप्रति मानिसहरूको भावुकतालाई झल्काउँछ तर अहिले लाग्छ, यो भनाइ पुरानो भइसक्यो। परिवारमा सधैंजसो मनमुटाउ भइरहने हुँदा थुप्रै घरहरू लडाइँको मैदानजस्तै भएका छन्‌। अनि परिवारका सदस्यहरूबीच कुराकानीको अभावले गर्दा कलह झन्‌ झन्‌ बढ्‌दैछ।

तपाईं आफ्नो घर कस्तो भएको चाहनुहुन्छ, शान्तिगृह वा झगडाको कचहरी? हो, परिवारका प्रत्येक सदस्यको आ-आफ्नै भूमिका छ भन्‍नुमा कुनै दुइ मत नहोला। तर बाइबलका केही सिद्धान्तहरू लागू गरेर घरमा शान्ति बढाउन तपाईंले गर्नसक्ने कुराहरू थुप्रै छन्‌।