आमा या बुबाले फेरि विवाह गर्नुभयो भने के गर्ने?
अध्याय ५
आमा या बुबाले फेरि विवाह गर्नुभयो भने के गर्ने?
“बुबाले फेरि विवाह गर्नुभएको दिन जस्तो मन नपरेको दिन, मेरो जिन्दगीमा अरू कुनै थिएन,” शेन भन्छन्। “बुबाले आमालाई धोका दिनुभएको देखेर रीस उठ्यो। आमा देखेर पनि रीस उठेको थियो किनभने उहाँले हामीलाई एक्लै छाडेर कानुन विषय अध्ययन गर्न जानुभयो। सौतेनी आमाका दुइ उरन्ठेउला बच्चाहरू देखेर पनि रीस उठ्यो किनभने तिनीहरू अब हाम्रै घरमा बस्नेथिए। . . . तर मलाई सबैभन्दा बढी चाहिं रीता भनौंदी सौतेनी आमा देखेर रीस उठेको थियो। . . . म उहाँलाई घृणा गर्थें। अनि अरूलाई घृणा गर्नु हुँदैन भनी थाह भएको हुँदा आफै देखेर पनि रीस उठ्यो।”—लिन्डा क्राभेनद्वारा लिखित सौतेनी परिवारहरू—मिलेर बस्नुपर्ने नयाँ परिस्थिति (अंग्रेजी)।
आमा या बुबाको पुनर्विवाहले तपाईंको आमाबाबुको कुनै दिन त पुनर्मिलन होला भन्ने आशालाई चकनाचूर पार्छ। यसले तपाईंलाई असुरक्षित, धोका दिएको महसुस गराउनुका साथै ईर्ष्यालु बनाउनसक्छ।
आफूलाई मन पर्ने आमा या बुबाको मृत्युपछि आमा या बुबाले फेरि विवाह गर्नुभयो भने त झनै चित्त दुख्नसक्छ। “आमाको मृत्युले गर्दा म असाध्यै टर्रो मिजासकी भएँ” भनी १६ वर्षीया मिसी भन्छिन्। “बुबाकी मंगेतरले आमाको ठाउँ ओगट्न खोजेजस्तो लाग्यो। त्यसकारण म उहाँसित असाध्यै छुच्चो व्यवहार गर्थें।” सौतेनी आमा या बुबाप्रति प्रेम जाग्न थाल्यो भने आफूलाई जन्म दिने आमा या बुबाप्रतिको वफादारीले गर्दा पनि दोषी महसुस हुनसक्छ।
त्यसकारण धेरै युवाहरूले घातक ढंगमा आफ्नो भावनात्मक पीडा पोखाउनुको कारण बुझ्नसक्छौं। कसै कसैले त आफ्नो आमा या बुबाको नयाँ विवामत्ती १९:६) अनि उहाँहरूको विवाह टुटाउन सफल नै हुनुभयो भने पनि के तपाईंको वास्तविक आमा र बुबाको पुनर्मिलन हुन्छ र?
हलाई तोड्ने षड्यन्त्रसमेत रच्छन्। तर नबिर्सनुहोस्, तपाईंलाई जन्म दिने आमा या बुबा र सौतेनी बुबा या आमाले परमेश्वरसामु वाचा बाँध्नुभएको छ। “यसकारण जसलाई परमेश्वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले [अथवा बच्चाले] नछुट्याओस्।” (सौतेनी आमा या बुबासित सधैं बाझिरहँदा कुनै फाइदा हुँदैन। हितोपदेश ११:२९ यस्तो चेताउनी दिन्छ: “आफ्नो सन्तानमाथि दुःख ल्याउनेको भाग हावा हुन्छ।” मतलब, कुनै फाइदा हुँदैन। पन्ध्र वर्षीया गेरीको सौतेनी आमासित सधैं ठाकठुक परिरहन्थ्यो र अन्तमा गएर चर्को झगडा भयो। त्यसको परिणाम? स्वास्नी वा छोरी, कसलाई छान्ने हो निर्णय गरोस् भनी सौतेनी आमाले गेरीको बुबासित ढिपी कसिन्। केही सीप नलागेर गेरी आफूलाई जन्माउने आमाकहाँ फर्कन बाध्य भइन् तर त्यतिञ्जेल तिनकी आमाले पनि पुनर्विवाह गरिसकेकी थिइन्।
प्रेमले समस्यासित जुझ्न मदत गर्छ
आमा या बुबाको पुनर्विवाहलाई स्वीकार्न कुन कुराले मदत गर्नसक्छ? पहिलो कोरिन्थी १३:४-८ मा वर्णन गरिएको सैद्धान्तिक प्रेम व्यवहारमा उतारेर:
१ कोरिन्थी १०:२४) तपाईंको आमा या बुबाले पुनः जीवनसाथीको आवश्यकता महसुस गर्नुहुन्छ भने तपाईं चाहिं रीसाएर बस्नु मिल्ला त?
प्रेमले “आफ्नै भलाई खोज्दैन।” यसको मतलब ‘आफ्नै होइन, तर अरूको भलाइ खोज्नु हो।’ (प्रेमले “डाह गर्दैन।” युवाहरू प्रायजसो आफूलाई जन्म दिने आमाबाबुले अरू कसैलाई प्रेम गरेको चाहँदैनन्। तर आमाबाबुको प्रेम रित्तिएला भनेर डराउनै पर्दैन किनकि प्रेम रित्तिंदैन तर झनै बढ्छ। (२ कोरिन्थी ६:११-१३ तुलना गर्नुहोस्।) तपाईंप्रतिको स्नेहलाई कम नगरी तपाईंको आमा या बुबाले नयाँ जीवनसाथीलाई पनि प्रेम गर्न सक्नुहुन्छ! सौतेनी आमा या बुबालाई स्वीकार्न के तपाईं आफ्नो मन ठूलो पार्नुहुन्छ? उहाँहरूलाई पनि प्रेम गर्नुको अर्थ तपाईंलाई जन्म दिने आमा या बुबाप्रति बेइमान हुनु होइन।
प्रेम “आफै बेकायदासाथ चल्दैन।” विपरीत लिंगका नयाँ भाइ वा बहिनीहरूसित बस्नुपर्दा नैतिक दबाब पनि आउनसक्छ। सौतेनी परिवारका सदस्यहरूबीच अवैध यौनसम्बन्ध राखेको रिपोर्ट २५ प्रतिशत परिवारमा पाइयो।
आफ्नी आमाको पुनर्विवाहपछि डेभिडको घरमा चार जना सौतेनी बहिनीहरू पनि भित्रिए। तिनी यसो भन्छन्, “यौन इच्छाहरूमा मानसिक तगारो लगाउनुपऱ्यो।” अनावश्यक तवरमा अचाक्ली घनिष्ठता बढाउनदेखि पनि सतर्क हुनुपर्ला। तपाईंको लुगा वा बानीबेहोरा, यौन उत्तेजना जगाउने खालको छ, छैन विचार गर्नु पनि आवश्यक होला।—कलस्सी ३:५.
प्रेमले “सबै कुरा सहन्छ, . . . सबै कुरामा स्थिर रहन्छ।” कहिलेकाहीं लाख प्रयास गर्दा पनि पीडा कम हुँदैन! मार्लाले सहमति जनाउँदै यसो भनिन्: “मलाई आफू घरको सदस्य नै होइन जस्तो लाग्थ्यो। बरु म नजन्मिएको भए हुन्थ्यो भनेर आमालाई समेत भनें।” विद्रोह गरेर मार्ला घरबाट भागिन्! तथापि, उनी अहिले यसो भन्छिन्: “सहनु नै सबैभन्दा बेस हो।” त्यसरी नै तपाईंले पनि सहनुभयो भने समय बित्दै जाँदा सुरुमा महसुस गर्नुभएको कटु भावना, अत्यास वा पीडा शान्त हुँदै जानेछ।
‘तपाईं मेरो साँच्चिको आमा/बुबा होइन!’
नयाँ आमा या बुबाले अनुशासन दिंदा त्यसलाई स्वीकार्न गाह्रो हुन्छ र सौतेनी आमा या बुबाले कुनै काम अह्राउँदा प्याच्च यसो भनिहाल्न मन लाग्न१ कोरिन्थी १४:२० मा दिइएको सिद्धान्तलाई नबिर्सनुहोस्: “समझमा मानिस होओ।”
सक्छ, ‘तपाईं मेरो साँच्चिको आमा/बुबा होइन!’ तरतपाईं ‘समझमा मानिस’ भइसक्नुभएको छ भनेर देखाउने एउटा तरिका, सौतेनी आमा या बुबाको अनुशासन दिने अधिकारलाई स्वीकार्नु हो। तपाईंलाई जन्म दिने आमा या बुबाको भूमिका अब उहाँले निर्वाह गर्दै हुनुहुन्छ। त्यसकारण उहाँ तपाईंको आदरको योग्य हुनुहुन्छ। (हितोपदेश १:८; एफिसी ६:१-४) बाइबलकालीन एस्तरका आमाबाबुको मृत्यु भएपछि तिनलाई मोर्दकैले आफ्नी “धर्म-पुत्री” बनाए। मोर्दकै, एस्तरको साक्खै बुबा नभए तापनि उनको ‘आदेशअनुसार’ चलिन् र ठूली हुँदा पनि आज्ञाकारी भइन्! (एस्तर २:७, १५, १७, २०) वास्तवमा भन्ने हो भने, सौतेनी आमा या बुबाले तपाईंलाई साँच्चै माया गर्नुहुने र तपाईंप्रति चासो राख्नुहुने भएकोले नै अनुशासन दिनुभएको हो।—हितोपदेश १३:२४.
तैपनि, समय समयमा गुनासो गर्नुपर्ने जायज कारणहरू नहुने होइन। त्यसो भए कलस्सी ३:१३ ले आग्रह गरेअनुसार आफूलाई ‘मानिस’ प्रमाणित गर्नुहोस्: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”
बाँडचुँड गर्न, सम्झौता गर्न सिक्नुहोस्
परिवारको नाउँमा आफू र आमा मात्र हुँदा १५ वर्षीया जामीको आफ्नै कोठा थियो र उनी महँगा महँगा लुगाहरू लगाउँथिन्। आमाको पुनर्विवाहपछि चार चार जना छोराछोरीहरू भएको परिवारसित मिलीजुली बस्नुपऱ्यो र परिस्थिति पहिलेजस्तो रहेन। उनले यसरी दुखेसो पोखिन्, “अब त मेरो आफ्नो कोठा पनि छैन। जे पनि बाँड्नुपर्छ।”
तपाईंले पनि जेठो वा एक्लो सन्तान हुँदा पाइरहनुभएका थुप्रै कुराहरू त्याग्नुपर्ला। तपाईं छोरा हुनुहुन्छ भने परिवारमा सबै कुराको चाँजोपाँजो मिलाएर पुरुषको भूमिका निर्वाह गर्दै आउनुभएको होला। तर अब भने
तपाईंको त्यो स्थान सौतेनी बुबाले ओगट्नुभएको छ। अथवा तपाईं छोरी हुनुहुन्छ भने तपाईं र तपाईंकी आमा दिदीबहिनीसरह हुनुहुन्थ्यो होला, एउटै कोठामा सुत्ने गर्नुहुन्थ्यो होला। तर अब सौतेनी बुबा आएदेखि तपाईंलाई अर्कै कोठामा सर्नुपऱ्यो।बाइबल यस्तो सुझाउ दिन्छ, “तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्।” (फिलिप्पी ४:५) उक्त पदमा प्रयोग भएको मौलिक शब्दले “छाँटकाँट गर्न तयार” भन्ने अर्थ बुझाउँछ र आफ्नै जायज अधिकार हो भनेर एकोहोरो जिद्दी नगर्ने मनोभावलाई झल्काउँछ। त्यसकारण छाँटकाँट गर्ने, सम्झौता गर्ने कोसिस गर्नुहोस्। सकेसम्म नयाँ परिस्थितिको लाभ उठाउन खोज्नुहोस् र अतीतलाई मात्र सम्झि नरहनुहोस्। (उपदेशक ७:१०) सौतेनी भाइबहिनीहरूसित बाँडचुँड गरी मिलेर बस्न इच्छुक हुनुहोस्। तिनीहरूलाई पराइजस्तो व्यवहार नगर्नुहोस्। (१ तिमोथी ६:१८) तपाईंले सौतेनी भाइबहिनीलाई जति चाँडो आफ्नै भाइ या बहिनीजस्तो व्यवहार गर्न थाल्नुहुन्छ, उति नै चाँडो तिनीहरूसित घनिष्ठ हुन सक्नुहुनेछ। अनि जहाँसम्म तपाईंको परिवारमा आउने नयाँ पुरुषको कुरा छ, उहाँलाई घुर्की नदेखाउनुहोस्। घरेलु जिम्मेवारीहरू सँभाल्न कोही त छ भनेर खुशी हुनुहोस्।
पक्षपाती व्यवहारलाई के गर्ने
आफ्नो सौतेनी बुबाले प्रेम देखाउनुहुन्छ भनेर मानी लिएपछि एउटी केटीले यसो भनिन्: “तर भिन्नता छ। हाम्रै उमेरको उहाँका आफ्नै छोराछोरीबाट भन्दा . . . हामीबाट बढी माग गर्नुहुन्छ, हामीलाई बढी अनुशासन दिनुहुन्छ र हाम्रो कुरा त्यति राम्ररी बुझ्ने कोसिस गर्नुहुन्न। यस्तो व्यवहारले हामीलाई सधैं रीस उठाउँछ।”
उत्पत्ति ३७:३) तथापि, समान र निष्पक्ष व्यवहारबीच एउटा महत्त्वपूर्ण भिन्नता छ। मानिसहरूको व्यक्तित्व र आवश्यकताहरू बेग्लाबेग्लै हुन्छन्। त्यसकारण तपाईंलाई समान व्यवहार गरिएको छ कि छैन भनी अचाक्ली चिन्तित हुनुको साटो सौतेनी आमा या बुबाले तपाईंका आवश्यकताहरू पूरा गर्ने प्रयास गरिरहनुभएको छ कि छैन, त्यो हेर्नुहोस्। आफ्ना आवश्यकताहरू पूरा भएका छैनन् जस्तो लाग्छ भने तपाईंको सौतेनी आमा या बुबासित कुरा गर्नुपर्ने ठोस कारण हुन्छ।
यो पनि नबिर्सनुहोस्, सौतेनी आमा या बुबाले साक्खै छोराछोरी र सौतेनी छोराछोरीप्रति अलि बेग्लाबेग्लै व्यवहार गर्छन् नै। रगतको नाताले गर्दा मात्रै नभई वर्षौंसम्म सँगै बसिसकेको हुनाले पनि यस्तो भिन्नता हुन्छ। आखिर, रगतकै नाता पर्ने आमाबाबुले पनि आफ्ना छोराछोरीहरूमध्ये कसैलाई बढी र कसैलाई कम माया गर्लान्। (तपाईंका सौतेनी भाइबहिनीहरू पनि कलहको कारण हुनसक्छ। सौतेनी परिवारसित घुलमिल हुन तिनीहरूलाई पनि गाह्रो परिरहेको होला भनेर नबिर्सनुहोस्। शायद तिनीहरूले तपाईंलाई पो पराई ठानिरहेका होलान्। यथाशक्य दयालु हुने कोसिस गर्नुहोस्। तिनीहरूले छुच्चो व्यवहार गर्छन् भने ‘खराबीलाई भलाइले जित्न’ खोज्नुहोस्। (रोमी १२:२१) यसबाहेक, साक्खै भाइबहिनीहरूबीच पनि कहिलेकाहीं झगडा हुनु कुनै अचम्मको कुरा होइन।—अध्याय ६ हेर्नुहोस्।
धैर्य धारण गर्नुको फल मीठो हुन्छ!
“कुनै कामको सुरुभन्दा त्यसको अन्त असल हुन्छ। धीरजी हुनु अहंकारी हुनुभन्दा असल हो।” (उपदेशक ७:८) सामान्यतः, सौतेनी परिवारका सदस्यहरूबीच भरोसा पलाउन र एकअर्कालाई आफ्नै ठान्न वर्षौं लाग्छ। तब मात्र स-साना कुराहरू र काम गर्ने ढंग इत्यादिले कसैलाई रीस उठ्दैन। त्यसकारण धीरजी हुनुहोस्! “तुरुन्तै माया बसिहाल्छ” वा “तुरुन्तै घनिष्ठ परिवार” भइहाल्छ भन्ने आशा नगर्नुहोस्।
थमसकी आमाले पुनर्विवाह गर्दा उनलाई कस्तो अप्ठ्यारो महसुस भएको थियो, बयान गरेर साध्य छैन। उनीहरू चार छोराछोरी थिए र आमाले जससित विवाह गर्नुभयो उहाँको पनि तीन बालबच्चा थिए। थमस भन्छन्, “हामीहरूबीच झैझगडा, बाजाबाज, भावनात्मक तनाउ भइरहन्थ्यो।” तर पछि कसरी मिलेर बस्न सकियो त? “बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्दा समस्या सुल्झियो; तुरुन्तै त भएन तर परमेश्वरको आत्माको फल प्रयोग गलाती ५:२२, २३.
गर्दा बिस्तारै परिस्थिति सुध्रन थाल्यो र अन्तमा सबै कुरा ठीक भयो।”—बाइबलका सिद्धान्तहरू पालन गर्दा सौतेनी परिवार पनि मिलीजुली बस्न सकिन्छ भनेर हामीले अन्तरवार्ता लिएका केही युवाहरूको अनुभवबाट प्रष्ट हुन्छ। ती यसप्रकार छन्:
सौतेनी परिवारमा मिलीजुली बसेका युवाहरू
अन्तरवार्ताकार: सौतेनी बुबाले अनुशासन दिनुहुँदा नरीसाउन के गर्नुभयो?
लिन्च: अनुशासन दिनुपर्दा मेरो आमा र सौतेनी बुबा सधैं सहमत हुनुहुन्थ्यो। कुनै काम बिग्रिहाल्यो भने उहाँहरू दुवै एउटा निष्कर्षमा पुग्नुहुन्थ्यो। त्यसकारण कुटाइ खाँदा, दुवैको अनुशासन थियो भनेर मलाई थाह हुन्थ्यो।
लिन्डा: सुरुमा त असाध्यै गाह्रो भयो। “मलाई यसो भन्न तपाईंको के अधिकार?” भनेर झर्किन्थें। तर ‘बाबु र आमाको मान गर्ने’ सन्दर्भमा बाइबलले के भन्छ, त्यसबारे सोच्न थालें। उहाँ मलाई जन्म दिने बुबा नहुनु भए तापनि परमेश्वरको नजरमा उहाँ मेरो बुबा नै हुनुहुन्थ्यो।
रबिन: आमाले माया गर्नुभएको व्यक्तिसित म रीसाउँदा उहाँको असाध्यै चित्त दुख्नेछ भनेर मलाई थाह थियो।
अन्तरवार्ताकार: खुलस्त कुराकानी गर्न कुन कुराले मदत दियो?
लिन्च: सौतेनी आमा या बुबाले गर्नुहुने काममा चासो लिन सक्नुपर्छ। मैले उहाँको काममा पनि मदत गर्न थालें। अनि काम गर्दागर्दै कुराकानी पनि गर्थ्यौं। यसो गर्दा उहाँको विचार बुझ्न सकें। कहिलेकाहीं त केही काम नगरी ‘गफमै’ भुल्थ्यौं।
भालरी: सौतेनी आमासित मैले निकै समय बिताएँ र हामीले एकअर्काको कुरा बुझ्न थाल्यौं। हामी अति घनिष्ठ भयौं।
रबिन: बुबा बित्नुभएको एक वर्षपछि आमाले पुनर्विवाह गर्नुभयो। म सौतेनी बुबासित घनिष्ठ हुनै खोजिनँ किनभने उहाँले मेरो बुबाको ठाउँ ओगट्नुभएको चाहन्नथें। बुबाको मृत्युपछि आफूलाई सँभाल्न र सौतेनी बुबासित घनिष्ठ हुन परमेश्वरसित प्रार्थना गरें। प्रार्थना गरेको गऱ्यै गरें। यहोवाले साँच्चै मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो।
अन्तरवार्ताकार: घनिष्ठ हुन तपाईंले के गर्नुभयो?
भालरी: कहिलेकाहीं कुनै कार्यक्रम हेर्न जान सौतेनी आमालाई कर गर्थें र हामी दुइ मात्र जान्थ्यौं। म कतै एक्लै जाँदा पनि उहाँलाई भूलेको छैन भनी देखाउन फूलहरू वा फूलदानी किनेर ल्याइदिने गर्थें। उहाँले त्यसको साँच्चै मूल्यांकन गर्नुभयो।
एरिक: दुवैलाई मन पर्ने कुरा खोज्नुपर्छ। सौतेनी बुबा र मबीच एउटै मात्र कुरा समान थियो। त्यो के भने, उहाँले मेरी आमासित विवाह गर्नुभएको थियो र हामी एउटै घरमा बस्थ्यौं। उहाँले जस्तै मैले पनि बाइबलप्रति चासो लिन थाल्दा सबैभन्दा ठूलो मदत पाएँ। यहोवा परमेश्वरसित घनिष्ठ हुँदै जाँदा सौतेनी बुबासित पनि उत्तिकै घनिष्ठ भएँ। अब भने हामी दुइबीच फाटोको कुनै कारण थिएन!
अन्तरवार्ताकार: तपाईंले व्यक्तिगत तवरमा कसरी लाभ उठाउनुभएको छ?
रबिन: म आफ्नै आमासित बस्दा भनेको कुरा टेर्दिनथिएँ र साह्रै पुल्पुलिएको पनि थिएँ। आफूले भनेजस्तै गर्न खोज्थें। अब भने मैले अरूका भावनाहरू बुझ्न र स्वार्थी नहुन सिकेको छु।
लिन्च: मेरो सौतेनी बुबाले मलाई पुरुषले जस्तो सोच्न मदत गर्नुभयो। उहाँले मलाई सीपहरू सिक्न र सधैं अरूको भर नपर्न मदत गर्नुभयो। कामकुराहरू भनेजस्तो नहुँदा, कसैको सहारा चाहिंदा सौतेनी बुबालाई गुहार्न सक्थें। हो, उहाँजस्तो असल बुबा त यो संसारमा अरू कोही हुनुहुन्न।
छलफलका लागि प्रश्नहरू
◻ आफ्नो आमा या बुबाले फेरि विवाह गर्दा धेरैजसो युवाहरू कस्तो महसुस गर्छन्? र किन?
◻ मसीही प्रेम देखाउँदा परिस्थितिसित जुझ्न युवाहरूले कसरी मदत पाउन सक्छन्?
◻ के तपाईंले सौतेनी आमा या बुबाको अनुशासन स्वीकार्नुपर्छ?
◻ सम्झौता गर्न र बाँडीचुँडी गर्न सिक्नु किन महत्त्वपूर्ण छ?
◻ सौतेनी भाइ र बहिनीहरूप्रति जस्तै समान व्यवहारको आशा गर्नु ठीक हो? पक्षपात भएजस्तो लागेमा के गर्ने?
◻ सौतेनी आमा या बुबासित टक्कर नखान तपाईंले गर्नसक्ने केही कुरा के के हुन्?
[पृष्ठ ४५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“बुबाकी मंगेतरले आमाको ठाउँ ओगट्न खोजेजस्तो लाग्यो। त्यसकारण म उहाँसित असाध्यै छुच्चो व्यवहार गर्थें”
[पृष्ठ ४३-मा भएको चित्र]
आमा या बुबाको पुनर्विवाहले रीस, असुरक्षा र ईर्ष्याजस्ता भावनाहरू जगाउनसक्छ
[पृष्ठ ४६-मा भएको चित्र]
सौतेनी आमा या बुबाले अनुशासन दिंदा बच्चाहरूले प्रायः मन पराउँदैनन्