म साँचो मित्रहरू कसरी बनाउनसक्छु?
अध्याय ८
म साँचो मित्रहरू कसरी बनाउनसक्छु?
“यस इलाकामा स्कूल धाउन थालेको आठ वर्ष भइसक्यो तर अहिलेसम्म एक जनालाई पनि साथी बनाउन सकेको छैन! खै के भनौं, एक जना पनि साथी छैन।” रनी नाउँको केटोले त्यसरी दुःख पोखे। र शायद तपाईंले पनि कहिलेकाहीं त्यस्तै महसुस गर्नुभएको होला। तर वास्तवमा साँचो मित्र भनेको के हो? अनि साँचो मित्र बनाउने रहस्य के हो?
एउटा हितोपदेश यसो भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, [“र दुःख आइपर्दा दाज्यू-भाइसरह,” NW] हुन्छ।” (हितोपदेश १७:१७) तर साथी भनेको दुःखको बेला मात्र चाहिने होइन। मार्भिया नाउँकी केटी यसो भन्छिन्: “कहिलेकाहीं साथी भनौंदो व्यक्ति तपाईं झमेलामा फस्न लाग्दासमेत टुलुटुलु हेरेर बस्छ र पछि यसो भन्छ, ‘यस्तै होला भनेर पहिल्यै थाह थियो तर तिमीलाई भन्न डर लाग्यो।’ तर साँचो मित्र हो भने उसले भन्ने कुरा तपाईंलाई मीठो लाग्नेछैन भनी थाह पाउँदा पाउँदै पनि केही बिग्रनुअघि नै तपाईंलाई जनाउ दिनेछ।”
साथीले साँचो कुरा बताउँदा के तपाईं अहम् भावनाको कारण उसलाई इन्कार गर्नुहुनेछ? हितोपदेश २७:६ यसो भन्छ: “मित्रले दिएको चोट सुधारको निम्ति हुन्छ, तर शत्रुको चुम्बन छली हुन्छ।” तपाईं त्यस्तो व्यक्तिलाई मित्र बनाउन चाहनुहुन्छ जसको मनमा पाप छैन र बंगाइ टेंगाइ कुरा गर्दैन।
देखावटी साथी र साँचो साथीहरू
“सबै ‘साथीहरूले’ भलो चिताउँदैनन् भनेर मैले भोगिसकें,” २३ वर्षीया पेगी बताउँछिन्। किशोरी छँदा पेगी आफ्नो घर छाड्न बाध्य भएकी थिइन्। तर यहोवाका साक्षीहरू, बील र तिनकी पत्नी, लोईले
तिनलाई आफ्नो साथी बनाए। तिनीहरूले पेगीसित बाइबल अध्ययन गर्न थाले। पेगी भन्छिन्, “मैले तिनीहरूसित बिताएको समय आनन्द, सन्तुष्टि र शान्तिले भरिएको थियो।” तैपनि, तिनले अरू साथीहरू रोजिन् र बिल तथा लोईसित संगत गर्न छाडिन्।पेगी अझै भन्छिन्: “मेरा यी नयाँ ‘साथीहरूबाट’ धेरै कुरा सिकें—स्टेरिओ चोर्नु, जाली नोट साट्नु, गाँजा खानु अनि लागू पदार्थ किन्न जसोतसो दिनमा २०० डलर जोरजाम गर्नु।” तिनी १८ वर्षकी हुँदा रे नाउँका ठिटोसित चिनजान भयो र उनले तिनलाई सित्तैमा लागू पदार्थ दिन्थे। पेगीले सोचिन्, “अब चाहिं समस्याको पार लाग्ने भो। अब कहिल्यै चोर्न ठग्न नपर्ने भो।” तर रेले तिनलाई वेश्यावृत्तिमा लगाउन खोजेका रहेछन्। आखिरमा पेगी आफ्ना छाडा “साथीहरूलाई” छाडेर त्यो शहरबाटै भागिन्।
एक दिनको कुरा हो, पेगीको नयाँ डेरामा यहोवाका दुइ साक्षीहरूले तिनलाई फेरि भेटे। पेगी भन्छिन्, “यी दुइ स्त्रीहरूलाई अंकमाल गर्दा मेरो आँखाबाट हर्षका आँसुहरू बरबरती झरे। मैले मेरा पहिलेका ‘साथीहरूको’ कपट देखिसकेको थिएँ तर अब भने साँचो मित्रहरू पाएँ।” पेगीले पुनः बाइबल अध्ययन गर्न थालिन्।
तर परमेश्वरको तौरतरिकाअनुसार जीवन बिताउनु सजिलो भएन। सबैभन्दा गाह्रो त धूम्रपान गर्न छाड्नु थियो। तर एक साक्षी साथीले तिनलाई यस्तो सुझाउ दिए: “काम बिगारेपछि क्षमा माग्दै प्रार्थना गर्नुको साटो धूम्रपान गर्ने तलतल लाग्दा बल माग्दै प्रार्थना गरे कसो होला?” पेगी भन्छिन्: “मलाई वास्तवमा चाहिएको नै त्यही मायालु तथा व्यवहारिक सल्लाह थियो। . . . वर्षौंपछि जीवनमा प्रथम चोटि मैले आफूलाई स्वच्छ महसुस गरें र आत्मसम्मान भनेको के रहेछ भनी बुझें।”
हितोपदेश १३:२० मा उल्लिखित बाइबलका शब्दहरूको सत्यतालाई झल्काउँछ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” पेगी भन्छिन्: “परमेश्वरलाई प्रेम गर्ने मानिसहरूसित मित्रता नटुटाएको भए त्यो सबै हन्डर खानुपर्ने थिएन जुन कुराहरू म अहिले सम्झनसमेत चाहन्नँ।”
पेगीको अनुभवलेसाथीहरू पाउने
परमेश्वरलाई प्रेम गर्ने साथीहरू तपाईं कहाँ पाउन सक्नुहुन्छ? मसीही मण्डलीभित्र। विश्वास गर्छु भनी ढोंग गर्ने मात्र होइन तर कामद्वारा आफ्नो विश्वास र भक्ति देखाउने युवाहरू खोज्नुहोस्। (याकूब २:२६ तुलना गर्नुहोस्।) त्यस्ता युवाहरू भेटाउन गाह्रो छ भने आफूभन्दा पाको उमेरका केही मसीहीहरूसित चिनजान बढाउनुहोस्। साथी बनाउन उमेर एउटै हुनु पर्दैन। बाइबलले दाऊद र जोनाथनबीचको आदर्श मित्रताबारे बताउँछ। उमेरकै हिसाब गर्ने हो भने, जोनाथन दाऊदको बुबासरह उमेरका थिए!—१ शमूएल १८:१.
त्यसोभए, मित्रताको सुरुआत कसरी गर्न सकिन्छ?
अरूप्रति साँचो चासो देखाउनुहोस्
येशू ख्रीष्टको मित्रता यति बलियो थियो कि उहाँका साथीहरू उहाँको लागि मर्नसमेत तयार थिए। किन? एउटा कारण त, येशू मानिसहरूप्रति चासो राख्नुहुन्थ्यो। अरूको मदत गर्न आफै अघि बढ्नुहुन्थ्यो। उहाँ मत्ती ८:३) हो, साथी बनाउने पहिलो कदम, अरूप्रति चासो देखाउनु हो।
अरूको निम्ति केही ‘गरिदिन इच्छुक’ हुनुहुन्थ्यो। (उदाहरणका लागि, डेभिड साथी बनाउन केही गाह्रो लाग्दैन भन्छन्। किनभने तिनी “अरूलाई साँच्चै माया गर्छन् र अरूको कामकुरामा चासो लिन्छन्।” तिनी अझै यसो भन्छन्: “सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो व्यक्तिको नाउँ थाह पाउनुहोस्। नाउँ मात्र सम्झँदा पनि मानिसहरू खुशी हुन्छन्। यो देखेर त्यस नयाँ साथीले आफ्नो कुनै अनुभव वा समस्याबारे तपाईंलाई बताउलान्। अनि बिस्तारै मित्रता बढ्न थाल्छ।”
यसको मतलब अरूको सम्पूर्ण ध्यान आफूतिरै खिच्नुपर्छ भनेको होइन। येशू “नम्र हृदयको” हुनुहुन्थ्यो, ढोंगी वा देखावटी हुनुहुन्नथ्यो। (मत्ती ११:२८, २९) अरूप्रति साँचो चासो देखाउँदा मानिसहरू आकर्षित हुन्छन्। सँगै भोजन खाने वा अरूलाई काम सघाउने जस्ता एकदमै साधारण कुराहरूले मित्रतालाई झन् दिगो बनाउनसक्छ।
‘तपाईं कसरी सुन्नुहुन्छ’
येशूले यस्तो सुझाउ दिनुभयो, “होशियार रहो, तिमीहरू कसरी सुन्छौ।” (लूका ८:१८) यतिखेर येशूले परमेश्वरको कुरा सुन्नु कत्तिको महत्त्वपूर्ण छ भनी देखाउन खोजिरहनुभएको भए तापनि मित्रता बढाउने सन्दर्भमा पनि यो सिद्धान्त लागू हुन्छ। मित्रता बढाउन ध्यान दिएर सुन्नु महत्त्वपूर्ण छ।
अरूको कुरामा साँच्चै चासो देखाएर सुन्यौं भने तिनीहरू हामीप्रति आकर्षित हुन्छन्। तर यसो गर्न “[आफूलाई भन्न मन लागेको] आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिनुपर्छ।—फिलिप्पी २:४.
वफादार हुनुहोस्
येशूले आफ्ना साथीहरूलाई त्याग्नुभएन। उहाँले “तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।” (यूहन्ना १३:१) गर्डन नाउँको केटो आफ्ना साथीहरूसित त्यस्तै व्यवहार गर्छन्: “साथीमा हुनुपर्ने मुख्य गुन नै वफादारी हो। अप्ठ्यारो परिस्थितिमा के उसले तपाईंको साथ दिनेछ? अरूले हामीलाई हेपेर कुरा गर्दा म र मेरो साथी एकअर्काको पक्षमा बोल्थ्यौं। साँचो कुरा हो भने हामी सधैं एकअर्कालाई साथ दिन्थ्यौं।”
तर, देखावटी साथीहरू अघिल्तिर एउटा कुरा र पछिल्तिरचाहिं अर्कै कुरा गर्न हिचकिचाउँदैनन्। हितोपदेश १८:२४ यसो भन्छ: “कुनै कुनै साथीहरू बेफायदाको लागि मात्र असल हुन्छन्।” के तपाईं निन्दोचर्चोमा सही थप्दै साथीको ‘बदनाम’ गर्नुहुन्छ वा तिनीप्रति वफादार हुनुहुन्छ?
आफ्ना भावनाहरू बताउनुहोस्
येशू, अरूको लागि प्रिय हुनुको अर्को कारण के थियो भने उहाँले आफ्ना गहिरा भावनाहरू बताउनुहुन्थ्यो। उहाँ ‘दया,’ ‘मायाले’ भरिनुभएको र ‘शोकित’ हुनुभएको अरू मानिसहरूले थाह पाए। एकचोटि त उहाँ ‘रुनुभयो।’ आफूले भरोसा गरेको व्यक्तिलाई आफ्ना भावनाहरू पोखाउन येशूले अप्ठ्यारो मान्नुभएन।—मत्ती ९:३६; २६:३८; मर्कूस १०:२१; यूहन्ना ११:३५.
यसो भन्दैमा भेटेजति सबैलाई तपाईंका भावनाहरू पोखाउनुपर्छ भनेको होइन! तर सबैसित व्यवहार गर्दा इमानदार भने हुन सक्नुहुन्छ। अनि कोही एक जनासित घनिष्ठ मित्रता गाँसेर उसलाई पत्याउन थाल्नुभएपछि बिस्तारै आफ्ना गहिरा भावनाहरू व्यक्त गर्न सक्नुहुन्छ। यसको साथै समानुभूति र “सँगीभाव” देखाउन पनि सिक्नुपर्छ किनभने साँचो मित्रताको लागि यो पनि अत्यावश्यक छ।—सिद्धताको आशा नगर्नुहोस्
मित्रता राम्रैसित अघि बढिरहेको छ भने तापनि सिद्धताको आशा नगर्नुहोस्। “धेरै कुरामा हामी चुक्तछौं। जो मानिस वचनमा चुक्तैन, त्यो . . . सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) यसबाहेक, साथी बनाउन समय लाग्छ र यसमा भावनाहरू पनि मुछिएका हुन्छन्। प्रेस्ली नाउँको केटो यसो भन्छन्, “दिन तयार हुनुपर्छ। मित्रता भनेको वास्तवमा त्यही हो। तपाईंका आफ्ना भावनाहरू त छँदैछन् तर आफ्नो साथीको भावना र दृष्टिकोण बुझ्न पनि इच्छुक हुनुपर्छ।”
तर साथी बनाउन जे नै त्याग्नुपरे तापनि कसैको माया नपाएर एक्लो बस्नुभन्दा साथी हुनु धेरै बेस। त्यसकारण साथीहरू बनाउनुहोस्। (लूका १६:९ तुलना गर्नुहोस्।) आफ्नै भलाइ मात्र नखोज्नुहोस्। अरूको कुरा सुन्नुहोस् र अरूको कामकुरामा साँचो चासो देखाउनुहोस्। यसो गर्नुभयो भने येशूले जस्तै तपाईंले पनि थुप्रैलाई यसो भन्न सक्नुहुनेछ, “तिमीहरू मेरा मित्र हौ।”—यूहन्ना १५:१४.
छलफलका लागि प्रश्नहरू
◻ साँचो मित्रलाई कसरी चिन्न सक्नुहुन्छ? कस्ता साथीहरू देखावटी हुन्?
◻ साँचो मित्रहरू कहाँ पाउन सक्नुहुन्छ? के साथीहरू सधैं तपाईंकै उमेरको हुनुपर्छ?
◻ साथी गम्भीर समस्यामा फस्यो भने तपाईंले के गर्नुपर्छ?
◻ साथी बनाउने चार वटा कदम के के हुन्?
[पृष्ठ ६६-मा भएको ठूलो अक्षरको क्याप्सन]
मेरा यी नयाँ ‘साथीहरूबाट’ धेरै कुरा सिकें—स्टेरिओ चोर्नु, जाली नोट साट्नु, गाँजा खानु अनि लागू पदार्थ किन्न जसोतसो दिनमा २०० डलर जोरजाम गर्नु”
[पृष्ठ ६८ र ६९-मा भएको पेटी]
साथीको पोल खोलूँ कि नखोलूँ?
तपाईंको साथी लागू पदार्थसित खेलवाड गर्दैछ, अवैध यौनसम्बन्ध राख्दैछ, ठगिरहेछ वा चोरिरहेछ भनी चाल पाउनुभयो भने के तपाईं त्यसबारे कुनै जिम्मेवार व्यक्तिलाई बताउनुहुन्छ? धेरैजसोले बताउँदैनन् किनभने जवानहरू प्रायजसो यस्तो कुरा लुकाउनु नै बेस ठान्छन्।
केही भने अरूले “चुक्लीखोर” भन्ला भनेर डराउँछन्। अरू भने पोल नखोल्नु नै वफादारी ठान्छन्। अनुशासनलाई हानिकारक ठान्ने यस्ता युवाहरू साथीहरूको गल्ती ढाकछोप गरेर उसलाई बचाएको भन्ठान्छन्। त्यसरी मुख खोल्यो भने त साथीहरूले गिज्याउँछन् र कहिलेकाहीं त मित्रता पनि टुट्नसक्छ।
तैपनि आफ्नो मिल्ने साथी, क्रिसले चुरोट खाइरहेको कुरा थाह पाउँदा लि भन्ने केटोले चुपो लागेर नबस्ने निर्णय गरे। लि भन्छन्: “मेरो अन्तस्करणले मलाई घोचिरहन्थ्यो किनभने कसैलाई त भन्नैपर्छ भनी मलाई थाह थियो!” बाइबलकालीन एक युवकले पनि यस्तै परिस्थितिको सामना गर्नुपऱ्यो। “यूसुफ सत्र वर्षको हुँदा तिनका दाज्यूहरूसँग भेड़ा-बाख्राका बगाल चराउँथे। . . . यूसुफले तिनीहरूका खराब व्यवहारको कुरा आफ्ना बाबुकहाँ ल्याउँथे।” (उत्पत्ति ३७:२) आफू चुपो लागेर बस्यो भने आफ्ना दाइहरूको आध्यात्मिकतामा हानि पुग्नसक्छ भनी यूसुफलाई थाह थियो।
पापले कुहाउन, भ्रष्ट पार्नसक्छ। गल्ती गर्ने साथीले शायद धर्मशास्त्रीय अनुशासनको रूपमा मदत पाएन भने झन् झन् बढी दुष्टतामा धस्सिनसक्छ। (उपदेशक ८:११) परिणामस्वरूप साथीको गल्ती ढाकछोप गर्दा उसको भलो हुनु त परै जाओस् उल्टो ठूलो नोक्सान हुनसक्छ, जसलाई पछि लाख प्रयास गरेर पनि सुधार्न नसकिएला।
यसकारण बाइबलले यस्तो आग्रह गर्छ: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पऱ्यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले . . . यस्ताको सुधार गर।” (गलाती ६:१) गल्ती गर्ने साथीलाई सुधार्ने आध्यात्मिक योग्यता आफूसित छैन जस्तो तपाईंलाई लाग्छ भने, जोसित योग्यता छ, त्यस्तो व्यक्तिलाई समस्याबारे बताउनु के बुद्धिमानी हुनेछैन र?
अतः तपाईंले आफ्नो साथीलाई मत्ती १८:१५ तुलना गर्नुहोस्।) यसो गर्न तपाईंलाई आँट र साहस चाहिन्छ। दृढ हुनुहोस्, उसको पापबारे ठोस प्रमाण दिनुहोस्। तपाईंले के थाह पाउनुभयो र कसरी थाह पाउनुभयो, त्यसबारे स्पष्टसित बताउनुहोस्। (यूहन्ना १६:८ तुलना गर्नुहोस्।) यो कुरा कसैलाई भन्दिनँ भनेर कसम नखानुहोस्। त्यस्तो कसम खानु परमेश्वरको नजरमा व्यर्थ हो किनभने दोषीहरूको पाप लुकाउनेलाई परमेश्वर मन पराउनुहुन्न।—हितोपदेश २८:१३.
भेटेर उसको गल्ती देखाइदिनु अत्यन्त महत्त्वपूर्ण छ। (शायद तपाईंले कुरा राम्ररी नबुझ्नुभएको होला। (हितोपदेश १८:१३) त्यसो नभई साँच्चै गल्ती नै भएको रहेछ भने कसैले आफ्नो समस्या बताइदिएकोमा तपाईंको साथी ढुक्क पनि हुनसक्छ। मन लगाएर सुन्नुहोस्। (याकूब १:१९) उसले आफ्ना भावनाहरू पोखिरहेको बेलामा बीचैमा कुरा काट्दै यस्ता आलोचनात्मक टिप्पणीहरू नगर्नुहोस्, “तिमीले त्यसो नगर्नुपर्ने!” वा “त्यस्तो काम कसरी गर्न सकेको हँ!” बरु, समानुभूति देखाउनुहोस् र साथीलाई कस्तो लागिरहेको होला, बुझ्न खोज्नुहोस्।—१ पत्रुस ३:८.
प्रायजसो अवस्थामा तपाईंले दिन सक्नुहुनेभन्दा बढी मदत चाहिएको हुन्छ। त्यसकारण आफ्ना आमाबाबु वा कुनै जिम्मेवार व्यक्तिलाई बताइहाल्न साथीलाई घचघचाउनुहोस्। तर साथीले बताउन मानेन भने नि? कुनै एउटा निश्चित समयभित्र उसले आफ्नो गल्तीबारे आमाबाबु वा कुनै जिम्मेवार व्यक्तिलाई बताएन भने एक जना साँचो मित्रको नाताले उसको पोल खोल्न बाध्य हुनेछु भन्नुहोस्।—हितोपदेश १७:१७.
तपाईंले त्यस्तो कदम चाल्नुको कारण त सुरुमा साथीले नबुझ्ला। ठुस्स परेर तपाईंसितको मित्रता टुक्राउला पनि। तर लि यसो भन्छन्: “कसैलाई भनेर मैले राम्रै गरें भनी मलाई थाह छ। क्रिसलाई चाहिएको मदत उसले पाइरहेको हुँदा मेरो अन्तस्करण निकै हल्का भयो। पछि उसले मलाई यसो भन्यो, म तिमीसित रीसाएको छैन। त्यसपछि त झनै ढुक्क भएँ।”
तपाईंले साथीको डर नराखी यस्तो निर्भयी कदम चाल्नुभएकोमा अझै पनि रीसारिस गर्छ भने, ऊ तपाईंको साँचो मित्र नै थिएन रहेछ। तर तपाईं परमेश्वरप्रति वफादार भएर आफूलाई साँचो मित्र साबित गर्नुभएकोमा ढुक्क हुन सक्नुहुन्छ।
[पृष्ठ ६७-मा भएको चित्र]
के तपाईंलाई साथी बनाउन गाह्रो लाग्छ?
[पृष्ठ ७०-मा भएको चित्र]
साथी बनाउने पहिलो कदम अरूप्रति चासो देखाउनु हो