सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भेटघाट, प्रेम अनि विपरीत लिंग

भेटघाट, प्रेम अनि विपरीत लिंग

खण्ड ७

भेटघाट, प्रेम अनि विपरीत लिंग

यो उमेरमा पुगेपछि केटाहरू केटी देखेर अनि केटीहरू केटा देखेर आकर्षित हुनथाल्छन्‌। शायद तपाईंको मन पनि त्यस्तो कुनै केटी वा केटा देखेर चुलबुलिंदो हो। नयाँ नयाँ उमंग अनि भावनाहरू तपाईंको शरीरमा दौडँदा हुन्‌। तर तपाईंले महसुस गर्नुभएका यी भावनाहरू के हुन्‌? प्रेम? क्षणिक आकर्षण? वा अरू नै? अनि त्यस्तो बेला के गर्ने? आउनुहोस्‌, रोमान्सका विषयमा तपाईंका मनमा जे-जति प्रश्‍नहरू खेलिरहेका छन्‌, त्यसका तार्किक जवाफहरू केलाएर हेरौं।