कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?
अध्याय २१
कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?
उच्च कक्षाको पढाइ (अंग्रेजी) पत्रिकामा प्रकाशित एउटा सर्वेक्षणअनुसार केही अमेरिकी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई तिनीहरूले जीवनमा “सबैभन्दा महत्त्वपूर्ण” ठान्ने लक्ष्यबारे प्रश्न गर्दा ८४ प्रतिशतले “भरपर्दो जागिर” भनेर जवाफ दिए।
शायद तपाईं व्यक्तिगत वा घरखर्च टार्न स्कूलको पढाइसँगसँगै सानोतिनो जागिर खाने विचारमा हुनुहुन्छ होला। वा पूर्ण–समय सुसमाचारकको हैसियतमा सेवा गर्न टेवा पुऱ्याउने आंशिक जागिर खोजिरहनुभएको होला। (अध्याय २२ हेर्नुहोस्।) तर जेसुकै होस्, संसारभरि भइरहेको मुद्रास्फीति र सीप नभएका कामदारहरूको त्यति धेरै माग नभएको हुँदा युवावस्थामा जागिर पाउन गाह्रो भएको छ। त्यसोभए तपाईं कुनै बाधा अड्चनबिना कसरी जागिर पाउन सक्नुहुन्छ?
स्कूल—जागिरको लागि प्रशिक्षण लिने थलो
जागिरमा भर्ती गराउने काममा निकै वर्ष बिताइसकेका क्लिभल्याण्ड जोन्स् यस्तो सल्लाह दिन्छन्: “उच्च माध्यमिक विद्यालयमा छँदा सर्वोत्तम शिक्षा हासिल गर्नुहोस्। राम्ररी लेखपढ गर्न सिक्नु र बोल्न जान्नुको महत्त्वबारे जति भने पनि यथेष्ट हुँदैन। राम्रो आचरण बनाउन तथा लुगाफाटा सफा र चिटिक्क पारेर लाउन पनि सिक्नुहोस्। यसो गर्नुभयो भने कार्यक्षेत्रमा मानिसहरूसित राम्ररी व्यवहार गर्न सक्नुहुनेछ।”
बस चालक हुन बस आउने जाने समयको तालिका पढ्नसक्ने हुनुपर्छ।
कारखानामा मजदूरी गर्ने व्यक्तिले काम पूरा गरेपछि पूर्जी तथा अन्य त्यस्तै प्रकारका फारामहरू भर्नसक्ने हुनुपर्छ। मालताल बेचबिखन गर्ने कर्मचारीले हिसाबकिताब गर्नुपर्ने हुन्छ। प्रायः सबै प्रकारको जागिरमा मानिसहरूसित राम्ररी कुरा गर्न त जानेकै हुनुपर्छ। यस्ता सीपहरू तपाईंले स्कूलमा छँदै सिक्न सक्नुहुन्छ।लगनशीलताको फल मीठो हुन्छ
जोन्स् भन्छन्, “स्कूलको पढाइ सिध्याएर तपाईं जागिर खोज्दै हुनुहुन्छ भने कहिल्यै हरेस नखानुहोस्। दुइ तीनवटा अन्तरवार्ता दिएर चित्त नबुझाउनुहोस्। त्यस्तो तालले कहिल्यै जागिर पाउनुहुन्न।” साल नाउँको युवकले जागिर पाउनुअघि सात महिनासम्म दौडधूप गर्नुपऱ्यो। साल भन्छन्, “म मनमनै भन्ने गर्थें: ‘मेरो कामै काम खोज्नु हो।’ सात महिनासम्म सोमबारदेखि शुक्रबार, हरेक दिन आठ घण्टा जागिर खोज्न दौडधूप गर्थें। बिहान सबेरै निस्कन्थें र दिउँसो चार बजेसम्म ‘काम’ गर्थें। राती त मेरा खुट्टाहरू कटकटी दुख्थ्यो। भोलिपल्ट बिहान फेरि जागिर खोज्न ‘मानसिक तवरमै तयार’ हुनुपर्थ्यो।”
कुन कुराले साललाई हिम्मत नहार्न मदत गऱ्यो? तिनी यस्तो जवाफ दिन्छन्, “हाकिमहरूको कोठामा पुग्दा म सधैं येशूले भन्नुभएका यी शब्दहरू लूका १३:२४.
सम्झन्थें: ‘प्रयत्न गर।’ एक न एक दिन त कसो जागिर नपाइएला र, अनि यस्तो दुःख हुनेछैन भनेर सोच्ने गर्थें।”—जागिर कहाँ भेटाउने
तपाईं ग्रामीण इलाकामा बस्नुहुन्छ भने, स्थानीय खेतबारी वा फलफूल बगानतिर वा मजदूरी काम खोज्न सक्नुहुन्छ। तपाईं ठूलो गाउँ वा शहरमा बस्नुहुन्छ भने अखबारमा विज्ञापनहरू खोज्नुहोस्। कुनै खास कामको लागि कस्तो योग्यता चाहिन्छ, ती विज्ञापनहरूबाट पत्ता लगाउन सकिन्छ र तपाईं त्यो कामको लागि कत्तिको योग्य हुनुहुन्छ, हाकिमलाई बताउन सक्नुहुन्छ।
तपाईंले आमाबाबु, शिक्षक, जागिरसम्बन्धी निकायहरू, कर्मचारी कार्यालय, साथी तथा छिमेकीहरूसित पनि मदत माग्न सक्नुहुन्छ।पाएको जागिर नगुमाउने
दुःखको कुरा, आर्थिक दबाबको कारण बेरोजगारीको स्थिति सृजना हुँदा सबैभन्दा पहिले जागिरबाट निकालिनेहरूमा युवाहरू नै पर्छन्। तर तपाईंलाई पनि यस्तै हुनेछ भनेको होइन। “जागिरबाट ननिकालिने व्यक्तिहरू त्यस्ताहरू हुन्, जो काम गर्न चाहन्छन् र हाकिमले जे अह्राए पनि गर्न इच्छुक हुन्छन्,” भनी श्री. जोन्स् भन्छन्।
तपाईंको मनोवृत्ति भन्नु नै तपाईंको मनको अवस्था हो। जागिर, हाकिम अनि सहकर्मीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ, त्यो तपाईंको काममा देखिन्छ। तपाईंको कामको गुणस्तरमा तपाईंको मनोवृत्ति झल्कनेछ। तपाईं कत्तिको मूल्यवान् हुनुहुन्छ भनेर कामको आधारमा मात्र होइन तर तपाईंको मनोवृत्तिको आधारमा हाकिमले ठम्याउनेछन्।
जोन्स् अझ यसो भन्छन्, “हाकिमले अह्राउने काम मात्र होइन तर सधैं नसम्झाई तपाईंले कुन कुन अतिरिक्त कामहरू गर्न सक्नुहुन्छ, त्यो हाकिमले देखोस्। किनभने प्रतिस्पर्धात्मक श्रम बजारमा जागिरमा टिक्नेहरू पुराना कामदारहरू नै हुनेछन् भन्ने छैन। तर अफिसको फाइदा हुने काम गर्नेहरू चाहिं पक्कै निकालिनेछैनन्।”
वास्तवमा यस्तै हुँदो रहेछ भनेर सालले आफ्नै अनुभवबाट थाह पाए। तिनी भन्छन्: “मैले सधैं हाकिमको इच्छाअनुसार छाँटकाँट गर्थें। आवश्यक हुँदा तालिकामा हेरफेर गर्न, निर्देशन पालन गर्न तथा सुपरिवेक्षकको आदर गर्न सधैं इच्छुक हुन्थें।” यसले बाइबलको एउटा सल्लाहको स्मरण गराउँछ। त्यहाँ यसो भनिएको छ, “आँखाका अगाड़ि मानिसहरूलाई खुशी तुल्याउने जस्तैगरी होइन, तर प्रभुको डर मानेर शुद्ध हृदयसाथ सबै कुरामा शरीरअनुसार तिमीहरूका हाकिमहरूका आज्ञा पालन गर।”—कलस्सी ३:२२.
डर हटाउने
भर्खरै जागिर खानुभएको हो भने सुरु सुरुमा डर लाग्नु त स्वाभाविकै हो। ‘के तिनीहरूले मलाई मन पराउलान्? काम गर्नसक्छु होला? मेरो काम मन पराउला? मूर्ख त देखिन्न होला?’ भन्ने तपाईंलाई लाग्नसक्छ। अब यहाँ भने होशियारीको खाँचो छ अन्यथा डरले तपाईंको सकारात्मक मनोवृत्तिलाई क्षीण बनाउनसक्छ।
कम्पनीबारे बढी कुराहरू थाह पाउनुभयो भने त्यति हडबडाउनु पर्नेछैन। त्यो वातावरणमा सजिलै घुलमिल हुन सक्नुहुनेछ। हेर्नुहोस्, सुन्नुहोस् अनि पढ्नुहोस्। उपयुक्त समयमा सुपरिवेक्षकसित काम र तपाईंको कार्यशैलीसम्बन्धी व्यवहारिक प्रश्नहरू सोध्नुहोस्। यसो गर्दा तपाईं मूर्खजस्तो देखिनु हुनेछैन। आफैलाई सोध्नुहोस्, ‘मेरो जागिरले मेरो विभाग र सम्पूर्ण कम्प
नीकै लक्ष्य पूर्तिको लागि कस्तो योगदान पुऱ्याइरहेको छ?’ यी प्रश्नहरूको जवाफले तपाईंलाई काम गर्ने असल बानी अनि जागिरबाट सन्तुष्टि पाउन मदत गर्नसक्छ।सहकर्मीहरूसित मिलेर बस्नुहोस्
आखिर सबैजसो जागिरमा मानिसहरूसित त व्यवहार गर्नैपर्ने हुन्छ। यसकारण जागिर नगुमाउने हो भने अरू मानिसहरूसित राम्रो व्यवहार गर्न रोमी १२:१८) त्यसो गर्नुभयो भने अनावश्यक कचकच वा चर्को भनाभन हुनेछैन।
सिक्नुपर्छ। “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (कहिलेकाहीं सहकर्मीहरूको पृष्ठभूमि तथा व्यक्तित्व तपाईंसित पटक्कै मेल नखाने हुनसक्छ। तर उनको व्यक्तित्व वा पृष्ठभूमि बेग्लै हुँदैमा तुच्छ चाहिं नठान्नुहोस्। उनी भिन्न हुनु उनको अधिकार हो, त्यसको तपाईंले आदर गर्नुहोस्। कसैलाई पनि अरूले अनादरपूर्वक व्यवहार गरेको मन पर्दैन। त्यस्तो व्यवहारले उनलाई तुच्छ महसुस गराउँछ। अरूले आफ्नो आवश्यकता महसुस गरेको सबैलाई मन पर्छ। सँगी कामदारहरू अनि हाकिमलाई आदर गरेर तिनीहरूबाट आदर जित्नुहोस्।
निन्दोचर्चो नगर्ने
साल भन्छन्, “यो असाध्यै नराम्रो कुरा हो किनभने त्यसो गर्नुभयो भने हाकिमले वा अरूले तपाईंलाई राम्रो ठान्नेछैन।” एक कान दुइ कान मैदान भएको हल्लाबाट सही जानकारी पाउन सकिंदैन र यसो गर्दा आफ्नो खुट्टामा आफैले बञ्चरो हानेझैं हुनसक्छ। होहल्लाको कुरा प्रायजसो एकदमै बढाइचढाइ गरेर भनिएका हुन्छन् र यसले अरूको अनि आफ्नै पनि बदनाम गर्नसक्छ। तसर्थ, निन्दोचर्चो गर्ने सकसकलाई दबाउनुहोस्।
यो पनि नबिर्सनुहोस्, गुनासो गर्ने व्यक्ति कसैलाई मन पर्दैन। जागिरमा कुनै कुरा तपाईंलाई चित्त बुझेको छैन भने होहल्ला गरेर प्रचारप्रसार नगर्नुहोस्। विभाग प्रमुखसित कुरा गर्नुहोस्। तथापि, रीसले चूर भई तिनको कोठामा नछिर्नुहोस् किनभने यसो गर्दा पछि पछुताउनुपर्नसक्छ। साथै, घोचपेच पनि नगर्नुहोस्। साँचो कुरा बताउनुहोस्। समस्याबारे बताउनुहुँदा भूमिका बाँधिरहनुको साटो यथार्थ कुरा स्पष्टसित बताउनुहोस्। कुरा थाल्दा सुरुमा यसो भने पनि भो, ‘मलाई तपाईंको मदत चाहियो . . . ’ अथवा, ‘मेरो कुरा ठीक होइन होला तर मलाई यस्तो लाग्छ . . . ’
समयनिष्ठ हुनु महत्त्वपूर्ण छ
मानिसहरू जागिरबाट निकालिने दुइ मुख्य कारणहरू हुन्, काममा ढीलो पुग्ने अनि गयल हुने। एउटा ठूलो औद्योगिक शहरका रोजगार तथा तालिम प्रशिक्षकले जवान कामदारहरूबारे यसो भने: “तिनीहरूले बिहान
अलि चाँडो उठ्न, अह्राएको काम गर्न सिक्नुपर्छ। यस्ता कुराहरू तिनीहरूले सिकेनन् भने बेरोजगारीको समस्या झन् झनै चर्किन्छ।”सालले निकै दुःख भोगेपछि मात्र समयनिष्ठ हुनुपर्ने पाठ सिके। तिनी लामो सुस्केरा हाल्दै यसो भन्छन्, “काममा सधैं ढीलो पुग्ने हुँदा तीन महिनाभित्रै पहिलो जागिरबाट निकालिएँ अनि पछि त अरू जागिर पाउनै गाह्रो भयो।”
इमानदारीको महत्त्व
नयाँ कामदारहरू भर्ती गराउने व्यक्ति, जोन्स् यसो भन्छन्: “इमानदार भयो भने जागिर गुमाउनु पर्नेछैन।” इमानदार हुनु भनेको मालतालहरू नचोर्नु मात्र होइन तर कामचोर नहुनु पनि हो। इमानदार कामदारलाई सबैले मूल्यवान् ठान्छन् र भरोसा गर्छन्। उदाहरणका लागि, लुगाफाटा बेच्ने पसलमा साक्षी केटो काम गर्थे र तिनले इमानदार व्यक्ति भनेर नाउँ कमाएका थिए।
तिनी यसो भन्छन्, “एक दिनको कुरा हो, भण्डारकोठामा अर्को लुगामुनि एउटा लुगा लुकाएर राखेको म्यानेजरले भेट्टाएछ। एक जना कामदारले त्यो चोरेको रहेछ। पसल बन्द भएपछि म माथि म्यानेजरको कोठामा गएँ र त्यहाँ सबै कामदारहरू लस्करै उभिरहेको देख्दा छक्कै परें। सबै जनाको खानतलास गर्न लागेको रहेछ। मेरो मात्र खानतलास गरेनन्।”
थुप्रै मसीहीहरूको यस्तै अनुभव छ र तिनीहरूलाई अरू कामदारहरूको तुलनामा निकै कदर गरिन्छ। त्यसकारण जागिर भेटाउन कडा मेहनत गर्नुहोस्। त्यसमा लागिरहनुहोस्। हतास नहुनुहोस्। अनि यत्तिको कडा मेहनत गरेर पाउनुभएको जागिर नगुमाउन पनि त्यत्तिकै मेहनत गर्नुहोस्!
छलफलका लागि प्रश्नहरू
◻ स्कूलको पठनपाठनले जागिर पाउने तपाईंको योग्यतालाई कसरी असर गर्नसक्छ?
◻ जागिर खोज्दा हरेस नखानु किन महत्त्वपूर्ण छ?
◻ जागिर कहाँ खोज्न सकिन्छ र कस कससित सल्लाह लिन सकिन्छ?
◻ जागिरको अन्तरवार्ता दिंदा ध्यान दिनुपर्ने केही मदतकारी सुझाउहरू के हुन्?
◻ जागिरमा टिक्न तपाईं के गर्न सक्नुहुन्छ?
[पृष्ठ १६६-मा भएको ठूलो अक्षरको क्याप्सन]
“राम्ररी लेखपढ गर्न सिक्नु र बोल्न जान्नुको महत्त्वबारे जति भने पनि यथेष्ट हुँदैन”
[पृष्ठ १७०-मा भएको ठूलो अक्षरको क्याप्सन]
“म मनमनै भन्ने गर्थें: ‘मेरो कामै काम खोज्नु हो’ ”
[पृष्ठ १६८ र १६९-मा भएको पेटी/चित्र]
जागिरको लागि अन्तरवार्ता दिंदा ध्यान दिनुपर्ने कुराहरू
रोजगार सल्लाहकार क्लिभल्याण्ड जोन्स् यस्तो सल्लाह दिन्छन्, “जागिरको लागि अन्तरवार्ता दिनुहुँदा एउटा कुरा कहिल्यै नबिर्सनुहोस्, सुरुमा जुन छवि बसाल्नुहुन्छ, पछिसम्म त्यही रहन्छ।” अन्तरवार्ता दिन जाँदा जिनको लुगा र स्पोर्टस् जुत्ता नलगाउने चेताउनी दिनुका साथै सफा तथा चिटिक्क हुनुपर्ने महत्त्वलाई जोड दिन्छन्। कुनै व्यक्तिले जस्तो लुगा लगाउँछ, उसको काम पनि त्यस्तै हुन्छ भन्ने हाकिमको विचार हुन्छ।
अफिसको कामको लागि अन्तरवार्ता दिन जानुहुँदा औपचारिक लुगा लगाउनुहोस्। कारखानाको कामको लागि दर्खास्त हाल्नुहुँदा सफा तथा कच्याककुचुक्क नपरेको पाइन्ट र कमिज अनि सफा जुत्ता लगाउनुहोस्। केटी हो भने भद्र लुगा लगाउनुहोस् र अचाक्ली सिंगारपटार नगर्नुहोस्। अनि अफिसको जागिरको लागि अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ भने, भद्र लुगालाई सुहाउँदो जुत्ता लगाउनुहोस्।
अन्तरवार्ताको लागि सधैं एक्लै जानुहोस् भनी जोन्स् सतर्क गराउँछन्। अन्तरवार्ता दिन जाँदा आमा वा साथीहरूलाई सँगै लैजानुभयो भने हाकिमले तपाईं बच्चै हुनुहुन्छ भन्ठान्नसक्छ।
‘कामको अनुभव सोध्यो भने के जवाफ दिने भनेर तपाईं सोच्नुहोला।’ गफ नहाँक्नुहोस्। बढाइचढाइ गरेको कुरा हाकिमले बुझिहाल्छन्। साँचो कुरा बताउनुहोस्।
तपाईंले होस गर्नुभएको छैन होला, पहिलो चोटि “साँच्चैको” जागिर खोज्ने प्रयास गर्नुअघि तपाईंले अरू काम गरिसक्नुभएको छ। स्कूलको बिदामा कतै काम गर्नुभएको थियो? वा कसैको बच्चा हेर्न पालो बस्नुभएको थियो कि? घरको कामधन्दा सँभाल्ने नियमित काम थियो कि? उपासना गर्ने स्थानमा तपाईंलाई केही खास जिम्मेवारीहरू दिइएको थियो कि? जनसमक्ष बोल्न प्रशिक्षण पाउनुभएको थियो कि? यदि त्यसो हो भने, जिम्मेवारी सँभाल्न सक्नुहुन्छ भनी देखाउन अन्तरवार्ता दिंदा यस्ता कुराहरू बताउन सक्नुहुन्छ वा बायोडाटामा उल्लेख गर्न सक्नुहुन्छ।
हाकिमहरूका लागि चासोको अर्को विषय हो, तपाईं तिनीहरूको कम्पनी र जागिरप्रति कत्तिको चासो लिनुहुन्छ। तपाईं काम गर्न चाहनुहुन्छ र सक्षम हुनुहुन्छ भनेर तिनीहरूलाई विश्वस्त पार्नुपर्छ। “यसबाट मलाई के कति फाइदा हुन्छ” भन्ने मनोवृत्तिले अन्तरवार्ता लिने व्यक्तिको चासो सेलाउनसक्छ।
पूर्ण वा आंशिक जागिरको लागि दर्खास्त हाल्नु अनि जागिर पाउनु एउटा चुनौती हो तर तपाईं सफल हुन सक्नुहुन्छ। अनि आफ्नो फाइदा मात्र होइन तर अरूको फाइदालाई ध्यानमा राखेर जागिर खाँदा सन्तुष्टि पनि प्राप्त हुन्छ।
[पृष्ठ १७१-मा भएको पेटी]
अन्तरवार्ता दिंदा के गर्ने
ठूलो मान्छेले जस्तो औपचारिक ढंगमा व्यवहार गर्नुहोस्। हाकिमप्रति उचित आदर देखाउँदै अभिवादन गर्नुहोस्। उहाँलाई “महोदय” भनी बोलाउनुहोस्, “यार,” “साथी,” वा “मित्र” होइन।
मेचमा ठाडो बस्नुहोस्, खुट्टा हल्लाउँदै होइन; चंखो देखिनुहोस्। अग्रिम तयारी गर्नुभयो भने नहडबडाई शान्त भएर बस्न सक्नुहुनेछ।
सोचेर मात्र जवाफ दिनुहोस्। भद्र हुनुहोस्, इमानदारीपूर्वक सही जवाफ दिनुहोस् र कुरा नलुकाउनुहोस्। अपूरो जानकारी नदिनुहोस्। धाक नलाउनुहोस्।
अहिलेसम्म गरेको कामको विवरण, मिति, तलब, कस्तो काम थियो, काम छोड्नुको कारण लेखिएको कागत आफूसँगै राख्नुहोस्।
तपाईंको प्रशिक्षण र कामको अनुभवले यो काममा कसरी मदत गर्नेछ भनी देखाउन तयार हुनुहोस्।
सिफारिशको लागि तपाईं र तपाईंको कामबारे थाह हुने भरपर्दो तीन जना व्यक्तिको नाउँ (र तिनीहरूको पूरा ठेगाना) दिनुहोस्।
आत्मविश्वासी, उत्साही हुनुहोस् तर गफ नहाँक्नुहोस्। स्पष्टसित बुझिने मीठो भाषा बोल्नुहोस्। बढ्ता नबोल्नुहोस्।
ध्यान दिएर सुन्नुहोस्; भद्र तथा विचारशील हुनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, सम्भाव्य हाकिमसित बहस गर्न नथाल्नुहोस्।
जागिरको लागि तपाईं कत्तिको उपयुक्त हुनुहुन्छ, हाकिमको चासो त्यही मात्र हो। त्यसकारण आफ्नो व्यक्तिगत, घरायसी वा आर्थिक समस्या नबताउनुहोस्।
यो जागिर नपाइएला जस्तो देखिन्छ भने भविष्यमा अरू कुनै जागिर पाइन्छ कि, त्यसबारे हाकिमको राय लिनुहोस्।
अन्तरवार्ता दिइसक्नुभएपछि ढिलासुस्ती नगरी उक्त हाकिमलाई छोटो धन्यवाद पत्र पठाइहाल्नुहोस्। a
[फुटनोट]
a स्रोत: न्यु योर्क स्टेट रोजगार सेवा निकायद्वारा प्रकाशित पुस्तिका हाकिमलाई कसरी “खुशी पार्ने” (अंग्रेजी)
[पृष्ठ १६७-मा भएका चित्रहरू]
तपाईंले स्कूलमा सिक्नुहुने सीपहरू पछि कुनै दिन जागिर खानु हुँदा काम लाग्नसक्छ