सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ६

येसुको अन्तिम सेवाको काम

“तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।”—मत्ति २१:५

येसुको अन्तिम सेवाको काम

यस भागमा

अध्याय १०१

बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ

लाजरसकी दिदी मरियमले गरेको एउटा कामले गर्दा विवाद खडा हुन्छ। तर येसु उनको पक्ष लिनुहुन्छ।

अध्याय १०२

राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ

उहाँ पाँच सय वर्षअघि गरिएको भविष्यवाणी पूरा गर्नुहुन्छ।

अध्याय १०३

मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ

यरुसलेमका व्यापारीहरूले गरिरहेको व्यापार वैधजस्तो देखिए तापनि येसु तिनीहरूलाई किन डाँकुहरू भन्‍नुहुन्छ?

अध्याय १०४

परमेश्‍वरको आवाज सुन्‍ने यहुदीहरूले के उहाँमाथि विश्‍वास गर्नेछन्‌?

येसुमाथि विश्‍वास गर्नु र विश्‍वासअनुरूप काम गर्नुबीच केही फरक छ?

अध्याय १०५

अन्जिरको रूखबाट विश्‍वासबारे पाठ सिकाउनुहुन्छ

येसु आफ्ना चेलाहरूलाई विश्‍वासको शक्‍तिबारे सिकाउनुहुन्छ र परमेश्‍वरले इस्राएल राष्ट्रलाई किन इन्कार गर्दै हुनुहुन्छ भनेर व्याख्या गर्नुहुन्छ।

अध्याय १०६

अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण

आफ्ना छोराहरूलाई अङ्‌गुर बगानमा गएर काम गर्न अह्राएको मानिसको अनि आफ्नो अङ्‌गुर बगानको ठेक्का दुष्ट मोहीहरूलाई दिएको मानिसको उदाहरणको अर्थ बुझ्नुहोस्‌।

अध्याय १०७

राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्‌

येसुले बताउनुभएको उदाहरण वास्तवमा एउटा भविष्यवाणी हो।

अध्याय १०८

येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छ

उहाँ सुरुमा फरिसीहरूलाई, त्यसपछि सदुकीहरूलाई र अन्तमा यी दुवै धार्मिक समूहका विरोधीहरूलाई चुप गराउनुहुन्छ।

अध्याय १०९

येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ

येसु धर्मगुरुहरूको शिक्षाहरूलाई किन स्विकार्नुहुन्‍न?

अध्याय ११०

मन्दिरमा येसुको अन्तिम दिन

एउटा महत्त्वपूर्ण पाठ सिकाउन उहाँ गरिब विधवाको उदाहरण चलाउनुहुन्छ।

अध्याय १११

प्रेषितहरू चिन्ह माग्छन्‌

प्रथम शताब्दीमा उहाँको भविष्यवाणीको पहिलो पूर्ति भयो। के पछि पनि उहाँको भविष्यवाणीको अझ व्यापक पूर्ति हुनेछ?

अध्याय ११२

दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ

के येसुले आफ्ना चेलाहरूमध्ये आधा मूर्ख छन्‌ र आधा बुद्धिमान्‌ छन्‌ भनेर बताउन खोज्दै हुनुहुन्छ?

अध्याय ११३

टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ

येसुको उदाहरणले उहाँको यस भनाइलाई प्रस्ट पार्छ: “हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ।”

अध्याय ११४

राज्यशक्‍तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ

भविष्यमा अन्तिम न्याय कुन आधारमा गरिनेछ भनेर बुझाउन येसु एउटा रोचक उदाहरण बताउनुहुन्छ।

अध्याय ११५

येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ

धर्मगुरुहरू येसुलाई धोका दिएबापत यहुदालाई ३० टुक्रा चाँदी दिन सहमत हुनु रोचक छ, किन?

अध्याय ११६

अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ

दासले गर्ने काम गरेर उहाँ प्रेषितहरूलाई चकित पार्नुहुन्छ।

अध्याय ११७

प्रभुको साँझको भोज

येसु आफ्ना अनुयायीहरूले हरेक वर्ष नीसान १४ मा मनाउनुपर्ने स्मरणार्थ उत्सव स्थापना गर्नुहुन्छ।

अध्याय ११८

को ठूलो भन्‍नेबारे बहस

येसुले त्यही साँझ सिकाउनुभएको पाठ प्रेषितहरूले बिर्सिसकेका छन्‌।

अध्याय ११९

येसु—बाटो, सत्य र जीवन

परमेश्‍वरकहाँ कसरी जान सकिन्छ भन्‍नेबारे येसु महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ।

अध्याय १२०

फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌

चेलाहरूले कसरी “फल फलाउन” सक्छन्‌?

अध्याय १२१

“साहसी होओ! मैले यस संसारलाई जितेको छु”

संसारले येसुलाई मारे तापनि उहाँले कसरी संसारलाई जित्न सक्नुभयो?

अध्याय १२२

माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना

उहाँ मानिसजातिलाई उद्धार दिनेभन्दा पनि अझ महत्त्वपूर्ण कुरा हासिल गर्न सकेको कुरा स्पष्ट पार्नुहुन्छ।

अध्याय १२३

असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छ

येसु किन “यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्‌” भनेर प्रार्थना गर्नुहुन्छ? के उहाँ फिरौतीको बलिदान चढाउनदेखि पछि हट्‌न खोज्नुभएको हो?

अध्याय १२४

ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ

मध्यरात भए पनि यहुदा येसुलाई भेट्टाउन सफल हुन्छन्‌।

अध्याय १२५

येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ

येसुको पुर्पक्ष न्यायको नाममा कलङ्‌क हो।

अध्याय १२६

पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्‌

परमेश्‍वरलाई विश्‍वास गर्ने र उहाँको भक्‍ति गर्ने मानिस भए पनि पत्रुस कसरी येसुलाई आफ्नो पिठ्यूँ फर्काउन पुगे?

अध्याय १२७

यहुदी न्यायपरिषद्‌ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ

यहुदी धर्मगुरुहरू आफ्नो वास्तविक मनसाय प्रकट गर्छन्‌।

अध्याय १२८

पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्‌

पिलातस किन येसुलाई हेरोदकहाँ पठाउँछन्‌? के पिलातससित येसुको न्याय गर्ने अख्तियार छैन?

अध्याय १२९

पिलातस भन्छन्‌: “हेर, यो मानिस!”

येसुले उल्लेखनीय गुणहरू देखाउनुभएको कुरालाई पिलातसले समेत नकार्न सक्दैनन्‌।

अध्याय १३०

येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ

विलाप गरिरहेका स्त्रीहरूलाई येसु उहाँको निम्ति नभई आफू र आफ्ना छोराछोरीका निम्ति रुन किन भन्‍नुहुन्छ?

अध्याय १३१

निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ

येसु उहाँसितै टाँगिएको अपराधीलाई अरूले पनि पाउन सक्ने आशाबारे प्रतिज्ञा गर्नुहुन्छ।

अध्याय १३२

“यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌”

चमत्कारपूर्ण तरिकामा दिउँसै अन्धकार छाउनु, भूकम्प जानु र मन्दिरको पर्दा दुई फ्याक हुनु, यी सबैले एउटै कुरा प्रमाणित गर्छ।

अध्याय १३३

येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छ

येसुको शवलाई सूर्यास्त हुनुअघि नै चिहानमा राख्न किन हतार गरिन्छ?

अध्याय १३४

येसु जीवित हुनुहुन्छ!

जीवित हुनुभएपछि येसु सुरुमा प्रेषितहरूसामु नभई एक जना महिला चेलासामु देखा पर्नुहुन्छ।

अध्याय १३५

जीवित हुनुभएको येसु धेरै जनासामु देखा पर्नुहुन्छ

आफू जीवित भएको कुरा येसु आफ्ना चेलाहरूसामु कसरी प्रमाणित गर्नुहुन्छ?

अध्याय १३६

गालिल समुद्रको किनारामा

येसुलाई प्रेम गरेको कुरा पत्रुसले कसरी देखाउन सक्छन्‌ भनेर तिनलाई तीन चोटि सम्झाइन्छ।

अध्याय १३७

पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्‌

फेरि जीवित भएर स्वर्ग नफर्केसम्म येसु आफ्ना प्रेषितहरूलाई तिनीहरूले पाउने एउटा कुराबारे र त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्‍नेबारे बारम्बार जोड दिनुहुन्छ।

अध्याय १३८

ख्रिष्ट परमेश्‍वरको दाहिने हाततिर

आफ्ना शत्रुहरूविरुद्ध कदम चाल्ने समय पर्खँदै गर्दा येसुले के गर्नुहुने थियो?

अध्याय १३९

येसु प्रमोदवन ल्याउनुहुन्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ

परमेश्‍वर र बुबालाई राज्य फिर्ता गर्नुअघि येसुले अझ धेरै कुरा गर्न बाँकी नै छ।