सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चित्रहरूको सूची

चित्रहरूको सूची

पृष्ठअनुसार

  • आवरण पावल, तबिता, गल्लियो, लुका, प्रेषितहरूसित मन्दिरका सुरक्षाकर्मीहरू, सदुकी, पावललाई सिजरिया लगिँदै छ, ध्वनि यन्त्र जोडिएको आधुनिक समयको गाडी र फोनोग्राफ प्रयोग गरेर साक्षी दिइँदै छ।

  • पृष्ठ १ साङ्‌लाले बाँधिएका पावल लुकासँगै मालबाहक जहाज चढेर रोम जाँदै छन्‌।

  • पृष्ठ २, ३ परिचालक निकायका भाइ जोन ई. बार र भाइ थिओडर जारास विश्‍वको नक्सा हेर्दै हुनुहुन्छ।

  • पृष्ठ ११ येसु आफ्ना ११ जना वफादार प्रेषित र अरू अनुयायीलाई गालिलको एउटा डाँडामा जिम्मेवारी सुम्पँदै हुनुहुन्छ।

  • पृष्ठ १४ येसु आकाशतिर उचालिँदै हुनुहुन्छ। उहाँ मास्तिर गइरहनुभएको बेला प्रेषितहरू आकाशतिर हेर्दै छन्‌।

  • पृष्ठ २० पेन्तिकोसमा चेलाहरू मानिसहरूसित तिनीहरूकै भाषामा बोल्दै छन्‌।

  • पृष्ठ ३६ क्रोधित कैयाफासामु प्रेषितहरू। यहुदी न्यायपरिषद्‌मा प्रेषितहरूलाई पक्रन तयार मन्दिरका सुरक्षाकर्मीहरू।

  • पृष्ठ ४४ तल: दोस्रो विश्‍वयुद्धपछि पूर्वी जर्मनीको एउटा अदालतले यहोवाका साक्षीहरू अमेरिकी जासुस भएको गलत आरोप लगायो।—जर्मनीको एउटा पत्रिका (Neue Berliner Illustrierte), अक्टोबर ३, १९५०।

  • पृष्ठ ४६ स्तिफनसलाई अपराधीको रूपमा यहुदी न्यायपरिषद्‌सामु उभ्याइन्छ। पृष्ठको माथितिर धनी सदुकीहरू र तलतिर कट्टर फरिसीहरू छन्‌।

  • पृष्ठ ५४ पत्रुस नयाँ चेलामाथि हात राख्छन्‌; सिमोन पैसाको थैली लिएर उभिरहेका छन्‌।

  • पृष्ठ ७५ पत्रुस र तिनका सहयात्रीहरू कर्निलियसको घरमा प्रवेश गर्छन्‌। कर्निलियसको बायाँ कुममा विशेष प्रकारको लुगा देखिन्छ र यसले उनी सैन्यदलका अफिसर हुन्‌ भन्‍ने सङ्‌केत दिन्छ।

  • पृष्ठ ८३ स्वर्गदूतले पत्रुसलाई डोऱ्‍याउँछन्‌; पत्रुसलाई राखिएको झ्यालखाना सम्भवतः आन्टोनियाको किल्लामा थियो।

  • पृष्ठ ८४ तल: सन्‌ १९४५ मा क्युबेकको मन्ट्रिअलनजिकै आक्रोशित भीड।—क्यानाडाको एउटा पत्रिका (Weekend Magazine), जुलाई १९५६।

  • पृष्ठ ९१ पावल र बर्णाबासलाई पिसिदियाको एन्टिओकबाट निकालिन्छ। सम्भवतः इस्वी संवत्‌ प्रथम शताब्दीको सुरुतिर बनाइएको सहरको नयाँ नहर पछाडितिर देखिन्छ।

  • पृष्ठ ९४ मानिसहरूले पावल र बर्णाबासलाई पुज्न खोज्दा तिनीहरू प्रतिरोध गर्छन्‌। सार्वजनिक रूपमा बलि चढाइने बेला साधारणतया वातावरण रङ्‌गीचङ्‌गी हुनुका साथै हल्लाखल्ला हुन्छ र बाजागाजा बजाइन्छ।

  • पृष्ठ १०० माथि: सिलास र यहुदा सिरियाको एन्टिओकका भाइबहिनीहरूलाई प्रोत्साहन दिँदै छन्‌। (प्रेषि. १५:३०-३२) तल: युगाण्डाको एउटा मण्डलीमा भाषण दिँदै क्षेत्रीय निरीक्षक।

  • पृष्ठ १०७ यरुसलेम मण्डली एउटा निजी घरमा भेला हुन्छ।

  • पृष्ठ १२४ पावल र तिमोथि रोमी मालवाहक जहाजमा यात्रा गर्दै छन्‌। टाढा एउटा प्रकाशगृह देखिन्छ।

  • पृष्ठ १३९ पावल र सिलास आक्रोशित भीडबाट भागेर बार लगाइएको चोकमा पुग्छन्‌।

  • पृष्ठ १५५ गल्लियोले पावलका आरोपीहरूलाई सजाय दिन्छन्‌। तिनको पहिरन ओहदा सुहाउँदो छ; तिनले रोमी राजघरानाले लगाउने बैजनी रङ्‌गको किनारा भएको सेतो लुगा र विशेष प्रकारको जुत्ता (calcei) लगाएका छन्‌।

  • पृष्ठ १५८ डेमेत्रियस एफिससमा कारिगरहरूसित कुरा गर्दै छन्‌। अर्तिमिसका चाँदीका मूर्तिहरू उपहारका सामानको रूपमा बेचिन्छ।

  • पृष्ठ १७१ पावल र तिनका सहयात्रीहरू जहाज चढ्‌दै छन्‌। ईसापूर्व प्रथम शताब्दीमा बनाइएको ‘विशाल बन्दरगाह स्मारिका’ पछाडि देखिन्छ।

  • पृष्ठ १८० तल: सन्‌ १९४० को दशकमा क्यानाडामा हाम्रा साहित्यहरूमाथि प्रतिबन्ध लगाइँदा एक जवान साक्षी बाइबल साहित्यहरू लुकाएर ल्याउँदै छन्‌। (पुनःअभिनय।)

  • पृष्ठ १८२ पावल एल्डरहरूको कुरा मान्छन्‌। लुका र तिमोथि पछाडिपट्टि देखिन्छन्‌। तिनीहरूले चन्दा पुऱ्‍याउने काममा सघाउँछन्‌।

  • पृष्ठ १९० पावलका भान्जा आन्टोनियाको किल्लामा क्लौडियस लायसिअससित कुरा गर्दै छन्‌। पावललाई यहीँ थुनिएको हुनुपर्छ। पृष्ठभूमिमा हेरोदको मन्दिर देखिन्छ।

  • पृष्ठ २०६ जहाजभित्र रहेका चिन्तित यात्रुहरूको लागि पावल प्रार्थना गर्छन्‌।

  • पृष्ठ २२२ रोमी सिपाहीसँगै बाँधिएका कैदी पावल रोम सहर हेर्दै छन्‌।