सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग तीन

‘म तिमीहरूलाई निकालेर ल्याउनेछु’—शुद्ध उपासना पुनर्स्थापित हुनेबारे प्रतिज्ञा गरिन्छ

‘म तिमीहरूलाई निकालेर ल्याउनेछु’—शुद्ध उपासना पुनर्स्थापित हुनेबारे प्रतिज्ञा गरिन्छ

इजकिएल २०:४१

मुख्य कुरा: इजकिएलका भविष्यवाणीहरूमा पुनर्स्थापनाबारे बताइन्छ

इस्राएलको अवस्था एकदमै नाजुक छ। धर्मत्यागको कारण एकता भाँडिएको छ। इस्राएलले आफ्नो कामको नतिजा भोग्दै छ। त्यसले शुद्ध उपासनालाई बिटुलो बनाएको छ र परमेश्‍वरको नाममा कलङ्‌क लगाएको छ। यस्तो निराशाजनक अवस्थामा यहोवा परमेश्‍वरले इजकिएललाई आशा प्रदान गर्ने एकपछि अर्को भविष्यवाणी गर्न लगाउनुहुन्छ। जीवन्त उदाहरणहरू अनि भय र श्रद्धा जगाउने दर्शनहरू चलाएर यहोवा परमेश्‍वर कैदमा परेका इस्राएलीहरूलाई मात्र होइन तर शुद्ध उपासना पुनर्स्थापित भएको हेर्न चाहने सबैलाई प्रोत्साहन दिनुहुन्छ।

यस भागमा

अध्याय ८

‘म एउटा गोठालो नियुक्‍त गर्नेछु’

परमेश्‍वर इजकिएललाई भविष्यका शासक र गोठालो अर्थात्‌ मसीहबारे एउटा भविष्यवाणी गर्न लगाउनुहुन्छ, जसले सदाको लागि शुद्ध उपासना पुनर्स्थापना गर्नुहुनेछ।

अध्याय ९

“म तिनीहरू सबैलाई एकजुट पार्नेछु”

निर्वासनमा परेका वफादार यहुदीहरूबारे गरिएका भविष्यवाणीहरूले आज हाम्रो लागि कुनै अर्थ राख्छ?

अध्याय १०

“तिमीहरू जिउँदो हुनेछौ”

इजकिएलले दर्शनमा बेँसीमा भएका हाडहरू फेरि जीवित भएको देख्छन्‌। यसको अर्थ के हो?

अध्याय ११

“मैले तिमीलाई . . . पहरेदार नियुक्‍त गरेको छु”

पहरेदारको भूमिका र जिम्मेवारी के हो? तिनले कस्तो चेतावनी सुनाउनुपर्छ?

अध्याय १२

“म तिनीहरूलाई एउटै जाति बनाउनेछु”

यहोवा परमेश्‍वर आफ्ना मानिसहरूलाई एउटै जाति बनाउने प्रतिज्ञा गर्नुहुन्छ।

अध्याय १३

“मन्दिरको वर्णन गरिदेऊ”

इजकिएलले दर्शनमा देखेको मन्दिरको अर्थ के हो?

अध्याय १४

“मन्दिरको व्यवस्था यही हो”

इजकिएलले दर्शनमा देखेको मन्दिरबाट निर्वासनमा रहेका यहुदीहरूले कस्ता पाठहरू सिकेको हुनुपर्छ? अनि यस दर्शनबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ?