सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग दुई

‘त्यो मेरो पवित्र स्थान तिमीहरूले गर्दा बिटुलो भएको छ’—शुद्ध उपासना भ्रष्ट हुन्छ

‘त्यो मेरो पवित्र स्थान तिमीहरूले गर्दा बिटुलो भएको छ’—शुद्ध उपासना भ्रष्ट हुन्छ

इजकिएल ५:११

मुख्य कुरा: यहुदा र यरुसलेम आध्यात्मिक र नैतिक तवरमा भ्रष्ट हुन्छ

यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई आफ्नो “अनमोल धन”-को रूपमा माया गर्नुभयो र तिनीहरूको ख्याल राख्नुभयो। (प्रस्थ. १९:५, फुटनोट) तर तिनीहरूले चाहिँ उहाँकै नामले चिनिने उहाँको मन्दिरमा झूटा देवीदेवताको उपासना गरे। तिनीहरूले यहोवा परमेश्‍वरको मन दुखाए र उहाँको नाममा कलङ्‌क लगाए। इस्राएल किन त्यो हदसम्म गिऱ्‍यो? यरुसलेमको विनाशबारे इजकिएलको भविष्यवाणीबाट हामी के सिक्न सक्छौँ? छिमेकी राष्ट्रहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

यस भागमा

अध्याय ५

“तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्‌, हेर”

इजकिएलले यस्ता दृश्‍यहरू देख्छन्‌, जसबाट पूरै राष्ट्र आध्यात्मिक तवरमा खत्तम भएको कुरा प्रस्ट हुन्छ।

अध्याय ६

“तँमाथि अन्त आउनै लागेको छ”

इजकिएलको भविष्यसूचक अभिनयले यरुसलेममाथि आउन लागेको यहोवा परमेश्‍वरको क्रोधलाई सङ्‌केत गर्थ्यो।

अध्याय ७

राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’

यहोवा परमेश्‍वरको नामको निन्दा गर्ने अनि उहाँका मानिसहरूलाई दुःख दिने र भ्रष्ट बनाउने ती राष्ट्रहरू सजायबाट उम्कने थिएनन्‌। ती राष्ट्रहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्ता व्यावहारिक पाठहरू सिक्न सिक्छौँ?