सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी २क

इजकिएलका भविष्यवाणीहरू बुझ्नुहोस्‌

इजकिएलका भविष्यवाणीहरू बुझ्नुहोस्‌

परिभाषा—भविष्यवाणी भनेको के हो?

बाइबलमा “भविष्यवाणी गर्नु” भनेर अनुवाद गरिएको हिब्रू क्रिया नाभा-ले मुख्यतया परमेश्‍वरको प्रेरणाद्वारा आएको सन्देश, न्यायदण्ड, नैतिक शिक्षा अथवा परमेश्‍वरको आज्ञा घोषणा गर्नुलाई बुझाउँछ। यसले पछि हुने कुनै घटनाबारे परमेश्‍वरले भन्‍नुभएको कुरा घोषणा गर्नुलाई पनि बुझाउँछ। इजकिएलका भविष्यवाणीहरूमा यी सबै मुछिएका छन्‌।—इज. ३:१०, ११; ११:४-८; १४:६, ७; ३७:९, १०; ३८:१-४.

परमेश्‍वरले प्रयोग गर्नुभएको माध्यम

  • दर्शन

  • उदाहरण

  • अभिनय

इजकिएलको किताबमा भविष्यसूचक सन्देशलाई दर्शन, उदाहरण, दृष्टान्त र अभिनयद्वारा प्रस्तुत गरिएको पाइन्छ।

पूर्ति

इजकिएलले गरेका कुनै-कुनै भविष्यवाणीको एउटाभन्दा धेरै पूर्ति छ। उदाहरणको लागि, परमेश्‍वरका जनहरू प्रतिज्ञा गरिएको देशमा फर्कँदा पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूको पहिलो पूर्ति भयो। तर तीमध्ये थुप्रै भविष्यवाणीको पूर्ति अहिले हाम्रो समयमा भइरहेको छ र भविष्यमा पनि हुनेछ भनेर हामी यस किताबको अध्याय ९ मा छलफल गर्नेछौँ।

विगतमा हामीले इजकिएलका भविष्यवाणीहरूमा उल्लेख गरिएका कुनै पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बुझ्दै आएका थियौँ। तर यस किताबमा भने कुनै स्पष्ट धर्मशास्त्रीय आधारविना कुनै पात्र, वस्तु, ठाउँ वा घटनाले अहिले आधुनिक समयमा कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर छलफल गरिएको छैन। * बरु यस किताबले इजकिएलका भविष्यवाणीहरूको व्यापक पूर्तिमा जोड दिनेछ। साथै तिनको सन्देशबाट अनि तिनले उल्लेख गरेका पात्र, ठाउँ वा घटनाबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ भनेर यस किताबमा छलफल गरिनेछ।

^ यस सन्दर्भमा अझ थप कुरा बुझ्न मार्च १५, २०१५ को प्रहरीधरहरा, पृष्ठ ९-११, अनुच्छेद ७-१२ अनि सोही पत्रिकाको पृष्ठ १७-१८ मा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।