सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १ख

इजकिएलको किताबलाई सरसरती हेर्दा

इजकिएलको किताबलाई सरसरती हेर्दा

समग्रमा इजकिएलको किताबलाई निम्न भागमा विभाजन गर्न सकिन्छ:

अध्याय १ देखि ३

ईसापूर्व ६१३ मा इजकिएलले यहुदीहरूसँगै बेबिलोनको निर्वासनमा हुँदा यहोवा परमेश्‍वरबाट दर्शन पाउँछन्‌ र उहाँले तिनलाई केबार नदीको किनारमा बसोबास गरिरहेका यहुदीहरूलाई भविष्यवाणी सुनाउन लगाउनुहुन्छ।

अध्याय ४ देखि २४

ईसापूर्व ६१३ देखि ईसापूर्व ६०९ बीच इजकिएलले भविष्यसूचक सन्देश सुनाउँछन्‌, जुन मुख्यतया यरुसलेम अनि यरुसलेमका विद्रोही र मूर्तिपूजक मानिसहरूमाथि परमेश्‍वरले ल्याउनुहुने न्यायदण्डबारे थियो।

अध्याय २५ देखि ३२

ईसापूर्व ६०९ देखि अर्थात्‌ बेबिलोनीहरूले अन्तिम पटक यरुसलेमलाई घेरा हालेको वर्षदेखि इजकिएलले यरुसलेम वरपरका शत्रुहरू—अम्मोन, एदोम, मिश्र, मोआब, पलिस्तिया, सिदोन र टायरमाथि परमेश्‍वरले ल्याउनुहुने न्यायदण्डको सन्देश सुनाउँछन्‌।

अध्याय ३३ देखि ४८

ईसापूर्व ६०६ देखि इजकिएलले यहोवा परमेश्‍वरको शुद्ध उपासना पुनर्स्थापित हुने आशाको सन्देश सुनाउँछन्‌, जुन बेला टाढा पर्ने यरुसलेम र त्यसको मन्दिर तहसनहस भएको अवस्थामा थियो।

इजकिएलको किताबका विवरणहरू मुख्यतया घटनाक्रमअनुसार र विषयवस्तुअनुसार राखिएका छन्‌। यरुसलेम र त्यसको मन्दिरको विनाशसम्बन्धी भविष्यवाणीहरूपछि शुद्ध उपासनाको पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू उल्लेख गरिएका छन्‌। अनि यो तार्किक पनि छ किनकि मन्दिरमा परमेश्‍वरको उपासना गर्न बन्द भएकोले नै पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू गरियो।

साथै वरपरका शत्रु राष्ट्रहरूविरुद्ध इजकिएलले गरेको भविष्यवाणी (अध्याय २५ देखि ३२) यरुसलेममाथि परमेश्‍वरले ल्याउनुहुने न्यायदण्डको सन्देश अनि शुद्ध उपासनाको पुनर्स्थापनासम्बन्धी भविष्यवाणीको बीचमा उल्लेख गरिएको छ। शत्रु राष्ट्रहरूविरुद्ध सुनाइएको न्यायदण्डको सन्देशबारे एक जना बाइबलविद्‌ले यसो भने: “यो विवरण परमेश्‍वरले आफ्ना मानिसहरूविरुद्ध गर्नुभएको क्रोधको घोषणा अनि तिनीहरूमाथि उहाँले देखाउनुभएको कृपाको विवरणको बीचमा उल्लेख गरिनु उपयुक्‍त छ किनकि ती शत्रुहरूलाई सजाय दिनु पनि उहाँले गर्नुहुने उद्धारको एउटा भाग हो।”

अध्याय १ को अनुच्छेद १८ मा फर्कनुहोस्‌