सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १४क

इजकिएलले देखेको मन्दिरको दर्शनबाट सिक्न सकिने पाठहरू

इजकिएलले देखेको मन्दिरको दर्शनबाट सिक्न सकिने पाठहरू

शुद्ध उपासनालाई उच्च पारिन्छ र सुरक्षित राखिन्छ

दर्शनको मन्दिर “एउटा असाध्यै अग्लो डाँडामा” (१) बसालिएको थियो। के हामीले शुद्ध उपासनालाई आफ्नो जीवनमा प्राथमिकता दिएर यसलाई उच्च पारेका छौँ?

बाहिरी पर्खालले (२) मन्दिरको विशाल इलाकालाई (३) घेरेको थियो। कुनै पनि कुराले यहोवा परमेश्‍वरको उपासनालाई भ्रष्ट बनाउन दिनु हुँदैन भनेर यसले हामीलाई सम्झाउँछ। हरेक दिन गर्नै पर्ने “साधारण” कुराहरू त शुद्ध उपासनाबाट अलग्गै राख्नुपर्थ्यो भने आज यहोवा परमेश्‍वरका उपासकहरूले अशुद्ध र अनैतिक कुराहरू आफ्नो जीवनबाट टाढै राख्नु झन्‌ कत्ति महत्त्वपूर्ण छ!—इज. ४२:२०.

अनन्त आशिष्‌

पवित्र स्थानबाट बगेको पानीको सानो धारा फैलँदै गएर ठूलो भेल बन्छ अनि त्यस देशको भूमिलाई जीवन दिन्छ र उर्वर बनाउँछ (४)। यी आशिष्‌हरूबारे हामी यस प्रकाशनको अध्याय १९ मा छलफल गर्नेछौँ।

सबैलाई एउटै स्तर

अग्ला बाहिरी प्रवेशद्वारहरू (५) र भित्री प्रवेशद्वारहरूले (९) शुद्ध उपासना चढाउने सबैले यहोवा परमेश्‍वरले तोक्नुभएका उच्च स्तरहरू पालन गर्नुपर्छ भन्‍ने कुराको सम्झना गराउँछ। याद गर्नुहोस्‌, बाहिरी प्रवेशद्वारहरू र भित्री प्रवेशद्वारहरूको बनावट उस्तै छ। यो उपयुक्‍त छ किनकि यहोवा परमेश्‍वरका धार्मिक स्तरहरू उहाँका सबै सेवकका लागि एउटै छ, चाहे तिनीहरू जुनसुकै ओहदामा रहेर सेवा गरिरहेकाहरू किन नहोऊन्‌।

यहोवा परमेश्‍वरको टेबुलमा भोजन

भोजनकक्षहरूले (८) पुरातन समयमा मानिसहरूले मन्दिरमा ल्याएको बलिदानहरूबाट आफूले पनि केही खान सक्थे भनेर सम्झाउँछ। यसो गर्नु तिनीहरूले यहोवा परमेश्‍वरसितै भोजन गर्नुसरह थियो। आज ख्रिष्टियनहरूले उपासना गर्ने आध्यात्मिक मन्दिरमा भने कुरा फरक छ किनकि सदाको लागि “एउटा बलिदान” चढाइसकिएको छ। (हिब्रू १०:१२) तर आज हामी प्रशंसाको बलिदान भने चढाउँछौँ।—हिब्रू १३:१५.

परमेश्‍वरले दिनुभएको ग्यारेन्टी

यस दर्शनमा बताइएको सबै नापको एक-एक विवरण हाम्रो दिमागले नभ्याउन सक्छ। तर त्यसले महत्त्वपूर्ण कुरा सिकाउँछ: तोकेरै दिइएका र परिवर्तन नहुने ती नापहरूले शुद्ध उपासना पुनर्स्थापना गर्ने यहोवाको उद्देश्‍य शत प्रतिशत पक्का हो र त्यो अक्षरशः पूरा हुन्छ भन्‍ने कुराको ग्यारेन्टी दिन्छ। इजकिएलले दर्शनमा कुनै मानिसलाई देखेको कुरा बताएका छैनन्‌ तर यहोवा परमेश्‍वरले पुजारीहरू, कुलनायकहरू र सर्वसाधारणलाई दिनुभएको कडा सल्लाह तिनले रेकर्ड गरेका छन्‌। परमेश्‍वरका सबै सेवकले उहाँका धार्मिक स्तरहरू पालन गर्नै पर्छ।