सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १६क

के यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?

के यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?

विगतका हाम्रा प्रकाशनहरूमा धर्मत्यागी यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ भनेर बताइन्थ्यो। विश्‍वासघाती यरुसलेममा व्याप्त मूर्तिपूजा, भ्रष्टाचारजस्ता कुराहरूले हामीलाई पक्कै पनि आज चर्चजगत्‌मा भइरहेका कुराहरूको सम्झना गराउँछ। तर अहिले तपाईँले पढिरहनुभएको यस प्रकाशनलगायत हालैका अन्य प्रकाशनहरूमा धर्मशास्त्रीय आधार छैन भने बाइबलको कुनै विवरण, पात्र वा वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बताइएको पाउँदैनौँ। यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ भनेर बताउन सकिने कुनै धर्मशास्त्रीय आधार छ? छैन।

निम्न कुराहरू विचार गर्नुहोस्‌: यरुसलेम कुनै समय शुद्ध उपासनाको मुख्य केन्द्र थियो; पछि त्यहाँका बासिन्दाहरू धर्मत्यागी भए। तर चर्चजगत्‌ले भने कहिल्यै शुद्ध उपासना चढाएको छैन। इस्वी संवत्‌ चौथो शताब्दीमा चर्चजगत्‌को सुरुवात भएदेखि नै यसले सधैँ झूटा शिक्षाहरू सिकाएको छ।

यसबाहेक बेबिलोनीहरूले यरुसलेमलाई विनाश गरेपछि यहोवा परमेश्‍वरले त्यस सहरलाई अनुग्रह देखाएर पुनर्स्थापना गर्नुभयो। अनि यरुसलेम फेरि साँचो उपासनाको मुख्य केन्द्र बन्यो। अर्कोतर्फ चर्चजगत्‌लाई परमेश्‍वरले कहिल्यै अनुग्रह देखाउनुभएको छैन र महासङ्‌कष्टमा विनाश भएपछि यो कहिल्यै पुनर्स्थापित हुनेछैन।

यी कुराहरू विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? विश्‍वासघाती यरुसलेममा पूरा भएका बाइबल भविष्यवाणीहरू केलाउँदा हामी यसो भन्छौँ होला, ‘यो कुरा त चर्चजगत्‌सित ठ्याक्कै मिल्छ।’ तर यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ भन्‍न सकिने कुनै धर्मशास्त्रीय आधार छैन।