सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ९घ

कैद र पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू

कैद र पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू

यहुदीहरू पुरातन बेबिलोनको कैदमा लगिनेबारे गरिएका थुप्रै भविष्यवाणीको दोस्रो अर्थात्‌ व्यापक पूर्ति धेरै पछि ख्रिष्टियन मण्डली महान्‌ बेबिलोनको कैदमा पर्दा भयो। केही उदाहरण विचार गर्नुहोस्‌।

१. चेतावनी

२. कैद

३. पुनर्स्थापना

पहिलो पूर्ति

ई.पू. ६०७ अघि—यसैया, यर्मिया र इजकिएल यहोवा परमेश्‍वरका मानिसहरूलाई चेतावनी दिन्छन्‌, तैपनि धर्मत्याग फैलिन्छ

ई.पू. ६०७—यरुसलेम विनाश हुन्छ; परमेश्‍वरका मानिसहरूलाई बेबिलोनको कैदमा लगिन्छ

ई.पू. ५३७ र त्यसपछि—बाँकी रहेका वफादार मानिसहरू यरुसलेम फर्कन्छन्‌, मन्दिर पुनर्निर्माण गर्छन्‌ र फेरि शुद्ध उपासना चढाउन थाल्छन्‌

व्यापक पूर्ति

इ.सं. प्रथम शताब्दी—येसु, पावल र युहन्‍ना मण्डलीलाई चेतावनी दिनुहुन्छ, तैपनि धर्मत्याग फैलिन्छ

इ.सं. दोस्रो शताब्दीदेखि—साँचो ख्रिष्टियनहरू महान्‌ बेबिलोनको कैदमा पर्छन्‌

इ.सं. १९१९ र त्यसपछि—येसुको शासनअन्तर्गत वफादार अभिषिक्‍त ख्रिष्टियनहरूले आफूहरू आध्यात्मिक कैदबाट मुक्‍त भएको र शुद्ध उपासना पुनर्स्थापित भएको अनुभव गर्छन्‌