सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी २०क

जमिनको भागबन्डा

जमिनको भागबन्डा

निर्वासित मानिसहरू सिमानाको निश्‍चित नापबारे गरिएको वर्णनबाट आफ्नो प्यारो भूमि साँच्चै पुनर्स्थापित हुने कुरामा आश्‍वस्त हुन सके। यस दर्शनबाट हामी के-कस्ता पाठहरू सिक्न सक्छौँ? यस दर्शनको दुइटा पक्ष विचार गर्नुहोस्‌:

सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी

निर्वासनबाट फर्कने प्रत्येकले प्रतिज्ञा गरिएको पुनर्स्थापित देशमा जमिन पाउने थिए। त्यसैगरि आज आध्यात्मिक प्रमोदवनमा यहोवाका सबै सेवकका लागि ठाउँ छ। सङ्‌गठनमा हाम्रो भूमिका जतिसुकै सानो भए तापनि आध्यात्मिक देशमा हामीले सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी पाएका छौँ। यहोवा परमेश्‍वरको लागि आफ्ना सबै सेवक मूल्यवान्‌ छन्‌।

बराबर भागबन्डा

इजकिएलको दर्शनमा, प्रतिज्ञा गरिएको पुनर्स्थापित देशको प्रत्येक इलाकामा बसोबास गर्नेहरूले त्यस देशमा भएका प्राकृतिक स्रोतसाधन बराबर उपभोग गर्न पाए। त्यसैगरि आज यहोवा परमेश्‍वरले आफ्ना सबै सेवकलाई आध्यात्मिक प्रमोदवनका आशिष्‌हरू बराबर उपभोग गर्न दिनुभएको छ।