सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी २ख

इजकिएल—तिनको जीवन र तिनी बाँचेको समय

इजकिएल—तिनको जीवन र तिनी बाँचेको समय

इजकिएलको अर्थ हो, “परमेश्‍वरले बलियो पार्नुहुन्छ।” हुनत तिनले गरेका भविष्यवाणीहरूमा थुप्रै चेतावनी पाइन्छ तर तिनका भविष्यवाणीहरूमा पाइने मुख्य सन्देश तिनको नामको अर्थसित मेल खान्छ र ती भविष्यवाणीहरूले परमेश्‍वरलाई शुद्ध उपासना चढाउन चाहनेहरूको विश्‍वासलाई बलियो पार्छ।

तिनको समयका भविष्यवक्‍ताहरू

  • यर्मिया

    उनी पुजारी परिवारका थिए र उनले धेरैजसो समय यरुसलेममा सेवा गरे (ईसापूर्व ६४७-५८०)

  • हुल्दाह

    उनले ईसापूर्व ६४२ तिर मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाइएको समयमा सेवा गरिरहेकी थिइन्‌

  • दानिएल

    उनी यहुदाको शाही कुलका सदस्य थिए र उनलाई ईसापूर्व ६१७ मा बेबिलोन लगिएको थियो

  • हबकुक

    उनले यहोयाकिमको शासनकालको सुरुतिर यहुदामा सेवा गरेको हुनुपर्छ

  • ओबदियाह

    उनले सायद यरुसलेमको विनाशको बेला एदोमविरुद्ध भविष्यवाणी गरे

उनीहरूले कहिले भविष्यवाणी गरे? (सबै मिति ईसापूर्व)

इजकिएलको जीवनकालमा घटेका मुख्य घटनाहरू (सबै मिति ईसापूर्व)

  1. क. ६४३: जन्म

  2. ६१७: बेबिलोनको निर्वासनमा लगिन्छन्‌

  3. ६१३: भविष्यवाणी गर्न सुरु गर्छन्‌; यहोवाबाट दर्शन पाउँछन्‌

  4. ६१२: मन्दिरमा भइरहेको धर्मत्यागसम्बन्धी दर्शन देख्छन्‌

  5. ६११: यरुसलेमविरुद्ध भविष्यवाणी गर्न थाल्छन्‌

  6. ६०९: पत्नीको मृत्यु हुन्छ र यरुसलेमलाई अन्तिम पटक घेरा हालिन्छ

  7. ६०७: यरुसलेम विनाश भएको पक्का खबर पाउँछन्‌

  8. ५९३: मन्दिरको दर्शन देख्छन्‌

  9. ५९१: मिश्रलाई नबुकद्‌नेजरले कब्जा गर्नेबारे भविष्यवाणी गर्छन्‌; किताब लेखेर सिध्याउँछन्‌

यहुदा र बेबिलोनका राजाहरू

  1. ६५९-६२९: योसियाह शुद्ध उपासनालाई विस्तार गर्छन्‌ तर फारो नेकोसितको युद्धमा तिनको मृत्यु हुन्छ

  2. ६२८: यहोअहाजले तीन महिना खराब शासन गर्छन्‌ र फारो नेकोले तिनलाई बन्दी बनाएर लैजान्छन्‌

  3. ६२८-६१८: यहोयाकिम खराब राजा थिए र फारो नेकोले तिनलाई आफ्नो अधीनमा रहेर शासन गर्न लगाउँछन्‌

  4. ६२५: नबुकद्‌नेजरले मिश्री सेनालाई हराउँछन्‌

  5. ६२०: नबुकद्‌नेजरले पहिलो पटक यहुदालाई आक्रमण गर्छन्‌ र यहोयाकिमलाई आफ्नो अधीनमा रहेर यरुसलेममा शासन गर्न लगाउँछन्‌

  6. ६१८: यहोयाकिम नबुकद्‌नेजरको विद्रोह गर्छन्‌ तर बेबिलोनीहरूले प्रतिज्ञा गरिएको देशलाई दोस्रो पटक आक्रमण गर्दा सायद तिनको मृत्यु हुन्छ

  7. ६१७: येकोनिया पनि भनिने यहोयाकिन खराब राजा थिए, जसले तीन महिना शासन गर्छन्‌ र अन्तमा नबुकद्‌नेजरसामु आत्मसमर्पण गर्छन्‌

  8. ६१७-६०७: दुष्ट र डरपोक राजा सिदकियाहलाई नबुकद्‌नेजरले आफ्नो अधीनमा रहेर शासन गर्न लगाउँछन्‌

  9. ६०९: सिदकियाह नबुकद्‌नेजरको विद्रोह गर्छन्‌ र त्यसपछि नबुकद्‌नेजरले यहुदालाई तेस्रो पटक आक्रमण गर्छन्‌

  10. ६०७: नबुकद्‌नेजर यरुसलेमलाई विनाश गर्छन्‌ र सिदकियाहको आँखा फुटाएर तिनलाई बेबिलोन लैजान्छन्‌