सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १९ख

बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!

बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!

इजकिएलले यहोवाको पवित्र स्थानबाट पानीको सानो धारा बगिरहेको र लगभग दुई किलोमिटरको दूरीमै त्यो ठूलो भेल बनेको देख्छन्‌! नदीको दुवै किनारामा तिनले पोषण दिने र रोगबिमार निको पार्ने रूखहरू पनि देख्छन्‌। यी सबैको अर्थ के हो?

नदीले आशिष्‌हरू ल्याउँछ

पुरातन समयमा: निर्वासनमा लगिएकाहरूले आफ्नो मातृभूमि फर्केपछि मन्दिरमा शुद्ध उपासना पुनर्स्थापना गर्ने काममा भाग लिए; त्यसपछि मन्दिरबाट आशिष्‌हरू बग्न थाल्यो

आधुनिक समयमा: इस्वी संवत्‌ १९१९ मा शुद्ध उपासना पुनर्स्थापित भयो, जसले गर्दा परमेश्‍वरका वफादार सेवकहरूको लागि प्रशस्त मात्रामा आध्यात्मिक आशिष्‌हरू पाउने बाटो खुल्यो

भविष्यमा: आरमागेडोनपछि यहोवा परमेश्‍वरले शारीरिक र आध्यात्मिक दुवै खालका आशिष्‌हरू दिनुहुनेछ

जीवन दिने पानी

पुरातन समयमा: यहोवाले आफ्ना आज्ञाकारी सेवकहरू सङ्‌ख्यामा बढ्‌दै गए तापनि तिनीहरूलाई प्रशस्त आशिष्‌ दिनुभयो, जसले गर्दा तिनीहरू आध्यात्मिक रूपमा फस्टाए

आधुनिक समयमा: फैलँदै गइरहेको आध्यात्मिक प्रमोदवनमा परमेश्‍वरका सेवकहरूको सङ्‌ख्या बढिरहेको छ, तैपनि उनीहरूले यहोवाबाट प्रशस्त आशिष्‌ पाइरहेका छन्‌ र आध्यात्मिक रूपमा फेरि जीवित भएका छन्‌

भविष्यमा: आरमागेडोनबाट बचेकाहरू र फेरि जीवित भएका लाखौँ मानिस सँगै हुनेछन्‌ र तिनीहरूले यहोवाबाट प्रशस्त आशिष्‌ पाउनेछन्‌

फल दिने र रोगबिमार निको पार्ने रूखहरू

पुरातन समयमा: यहोवाले आफ्ना वफादार सेवकहरूलाई पुनर्स्थापित भूमिमा आध्यात्मिक रूपमा खुवाउनुभयो; उहाँले तिनीहरूलाई आध्यात्मिक दीर्घ रोगबाट पनि निको पार्नुभयो

आधुनिक समयमा: प्रशस्त आध्यात्मिक भोजनले मानिसहरूलाई संसारमा व्याप्त आध्यात्मिक बिमारी र अनिकालबाट जोगिन मदत गरिरहेको छ

भविष्यमा: ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सह-शासकले सबै आज्ञाकारी मानिसलाई त्रुटिरहित अवस्थामा पुग्न अनि स्वस्थ र फुर्तिलो भएर अनन्त जीवन बिताउन मदत गर्नुहुनेछ