सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ७ख

इजकिएलको किताबमा बारम्बार चलाइएका अभिव्यक्‍तिहरू

इजकिएलको किताबमा बारम्बार चलाइएका अभिव्यक्‍तिहरू

“मानिसको छोरा”

९० पटकभन्दा धेरै

इजकिएललाई ९० पटकभन्दा धेरै “मानिसको छोरा” भनिएको छ। (इज. २:१) इजकिएलले ठूलठूला सुअवसर पाएको भए तापनि तिनी केवल एक सामान्य मानिस हुन्‌ भनेर सम्झाउन यहोवा परमेश्‍वरले तिनलाई “मानिसको छोरा” भन्‍नुभयो। उल्लेखनीय कुरा, सुसमाचारका किताबहरूमा येसुलाई पनि ८० पटकभन्दा धेरै “मानिसको छोरा” भनिएको छ। यसले उहाँ पृथ्वीमा आउनुहुँदा मानवकै रूपमा आउनुभएको थियो भन्‍ने कुरा स्पष्ट पार्छ, केवल मानव रूप धारण गरेको स्वर्गदूतको रूपमा होइन।—मत्ति ८:२०.

‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’

५० पटकभन्दा धेरै

मानिसहरूले ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ भन्‍ने अभिव्यक्‍ति र यसकै अन्य रूप इजकिएलले ५० पटकभन्दा धेरै प्रयोग गरेका छन्‌। यसरी तिनले शुद्ध उपासना पाउन एक मात्र लायक परमेश्‍वर यहोवा हुनुहुन्छ भनेर जोड दिएका छन्‌।—इज. ६:७.

“ब्रह्‍माण्डका मालिक यहोवा”

लगभग २१७ पटक

“ब्रह्‍माण्डका मालिक यहोवा” भन्‍ने अभिव्यक्‍ति लगभग २१७ पटक उल्लेख गरिएको छ। यस अभिव्यक्‍तिले परमेश्‍वरको नामले पाउनुपर्ने महत्त्वलाई र सारा सृष्टि उहाँकै अधीनमा छ भन्‍ने कुरालाई जोड दिन्छ।—इज. २:४.