सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १८क

यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ

यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ

बाइबलमा भविष्यमा हुने निर्णायक लडाइँबारे थुप्रै भविष्यवाणी गरिएको छ, जुन लडाइँमा यहोवा परमेश्‍वरले उहाँ र उहाँका मानिसहरूको विरोध गर्ने सबैलाई नाश गर्नुहुनेछ। तल त्यस्तै केही भविष्यवाणी उल्लेख गरिएका छन्‌। ती चेतावनीहरूबीच के-कस्ता समानता छन्‌, याद गर्नुहोस्‌ अनि यहोवाले ती चेतावनीहरू सबै मानिसले सुन्‍न पाऊन्‌ र तिनीहरूले कदम चाल्न सकून्‌ भनेर के गर्नुभएको छ, त्यो पनि याद गर्नुहोस्‌।

पुरातन इस्राएलमा

इजकिएल: ‘ “म आफ्ना सबै पहाडमा गोगविरुद्ध तरबार चलाउने आदेश दिनेछु,” ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’—इज. ३८:१८-२३.

यर्मिया: “[यहोवा] आफैले हरेक मानिसको इन्साफ गर्नुहुनेछ अनि दुष्टहरूलाई भने तरबारले प्रहार गर्नुहुनेछ।”—यर्मि. २५:३१-३३.

दानिएल: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, . . . त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।”—दानि. २:४४.

इस्वी संवत्‌ प्रथम शताब्दीमा

येसु: “त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।”—मत्ति २४:२१, २२.

पावल: “येसु आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित . . . प्रकट हुनुहुनेछ र ज-जसले परमेश्‍वरलाई चिन्दैनन्‌ . . . तिनीहरूसित बदला लिनुहुनेछ।”—२ थिस्स. १:६-९.

पत्रुस: “यहोवा परमेश्‍वरको दिन चोर आएझैँ आउनेछ। . . . अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्‌।”—२ पत्रु. ३:१०.

युहन्‍ना: “राष्ट्रहरूलाई प्रहार गर्न [येसुको] मुखबाट लामो धारिलो तरबार निस्कन्छ।”—प्रका. १९:११-१८.

आधुनिक समयमा

बाइबल अहिलेसम्मकै सबैभन्दा धेरै भाषामा अनुवाद र वितरण भएको किताब हो

यहोवाका आधुनिक समयका सेवकहरू . . .

  • सयौँ भाषामा अरबौँ प्रति बाइबलआधारित साहित्यहरू वितरण गर्छन्‌

  • प्रचारकार्यमा प्रत्येक वर्ष करोडौँ घण्टा बिताउँछन्‌