सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ९ङ

“सबै कुरा पुनर्स्थापित हुने समय”

“सबै कुरा पुनर्स्थापित हुने समय”

प्रेषित ३:२१

प्रेषित पत्रुसले “सबै कुरा पुनर्स्थापित हुने समय”-बारे उल्लेख गर्दा तिनले ख्रिष्ट राजा नियुक्‍त हुने समयदेखि सुरु भएर हजार वर्षीय शासनको अन्तसम्म चल्ने रोमाञ्चकारी समयावधिबारे भविष्यसूचक अर्थमा बताइरहेका थिए।

  1. इ.सं. १९१४—येसु ख्रिष्ट स्वर्गमा राजा नियुक्‍त हुनुहुन्छ। इ.सं. १९१९ देखि परमेश्‍वरका मानिसहरू आध्यात्मिक रूपमा पुनर्स्थापित हुन थाल्छन्‌

    अन्तको दिन

  2. आरमागेडोन—ख्रिष्टको हजार वर्षीय शासन सुरु हुन्छ अनि पृथ्वीका वफादार मानिसहरूले शाब्दिक अर्थमा पनि “सबै कुरा पुनर्स्थापित हुने समय”-को अनुभव गर्छन्‌

    हजार वर्षीय शासनको अन्त

  3. हजार वर्षीय शासन—येसुले पुनर्स्थापनासम्बन्धी सबै काम पूरा गर्नुहुन्छ अनि बुबालाई राज्य सुम्पनुहुन्छ

    चिरस्थायी प्रमोदवन

येसुको शासनले यी कुराहरू पुनर्स्थापना गर्नेछ:

  • परमेश्‍वरको नामलाई महिमित पार्नेछ

  • बिरामीहरूलाई सुस्वास्थ्य दिनेछ

  • वृद्धहरूलाई जवान बनाउनेछ

  • मृतकहरूलाई जीवन दिनेछ

  • वफादार मानिसहरूलाई त्रुटिरहित जीवन दिनेछ

  • पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछ