सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १६ख

सुस्केरा हाल्दै अफसोस गर्ने, चिन्ह लगाउने र फोर्ने काम​—⁠कहिले र कसरी?

सुस्केरा हाल्दै अफसोस गर्ने, चिन्ह लगाउने र फोर्ने काम​—⁠कहिले र कसरी?

इजकिएल अध्याय ९ मा लिपिबद्ध दर्शनको आधुनिक पूर्ति पनि छ। ती घटनाहरू कसरी हुनेछन्‌ भनेर बुझ्यौँ भने यस युगको अन्त हुँदा विश्‍वस्त भई त्यसको सामना गर्न सक्नेछौँ।

‘सुस्केरा हाल्दै अफसोस गर्ने’

कहिले? अन्तको दिनको दौडान, महासङ्‌कष्टअघि

कसरी? असल हृदय भएका मानिसहरूले संसारमा भइरहेका दुष्ट कुराहरूप्रतिको घृणा आफ्नो बोली र कामबाट देखाउँछन्‌। त्यस्ता मानिसहरूले सुसमाचार स्विकार्छन्‌, ख्रिष्टको जस्तो व्यक्‍तित्व धारण गर्ने कोसिस गर्छन्‌, यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको चिन्हस्वरूप बप्तिस्मा गर्छन्‌ र ख्रिष्टका भाइहरूलाई वफादार भई समर्थन गर्छन्‌

‘चिन्ह लगाउने’

कहिले? महासङ्‌कष्टको दौडान

कसरी? मसीदानी भिरेको पुरुषले सबै जातिको न्यायकर्ताको रूपमा आउनुहुने येसु ख्रिष्टलाई चित्रण गर्छ। ठूलो भीडका मानिसहरूलाई भेडाको रूपमा न्याय गरिनेछ वा चिन्ह लगाइनेछ। यसले तिनीहरू आरमागेडोनबाट बच्नेछन्‌ भन्‍ने कुरालाई सङ्‌केत गर्छ

‘फोर्ने काम’

कहिले? आरमागेडोनमा

कसरी? येसु ख्रिष्टले स्वर्गदूतहरू र १ लाख ४४ हजार सह-शासकसित मिलेर यस दुष्ट संसारलाई पूर्णतया नाश गर्नुहुनेछ र शुद्ध उपासकहरूलाई धार्मिकताले भरिएको नयाँ संसारसम्म डोऱ्‍याउनुहुनेछ