सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग एक

“स्वर्ग खुल्यो”

“स्वर्ग खुल्यो”

इजकिएल १:१

मुख्य कुरा: यहोवा परमेश्‍वरको स्वर्गीय वासस्थानको झलक

कुनै पनि मानिस सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको अनुहार हेरेर जिउँदो रहन सक्दैन। (प्रस्थ. ३३:२०) तर यहोवा परमेश्‍वरले इजकिएललाई उहाँको सङ्‌गठनको स्वर्गीय भागसम्बन्धी दर्शनहरू देखाउनुभयो। ती दर्शनहरूले हामीमा भय मात्र जगाउँदैन बरु एक मात्र साँचो परमेश्‍वरको उपासना गर्न पाएको सुअवसरप्रति हाम्रो कदर अझै बढाउँछ।

यस भागमा

अध्याय ३

“मैले परमेश्‍वरबाट दर्शन पाएँ”

आफूले देखेको पहिलो दर्शनले गर्दा इजकिएल आश्‍चर्यचकित हुन्छन्‌। तिनले दर्शनमा देखेको कुरा आजका वफादार सेवकहरूका लागि अत्यन्तै अर्थपूर्ण छ।

अध्याय ४

‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्‌?

यहोवा परमेश्‍वरले इजकिएललाई नदेखिने तर वास्तविक कुराहरू बुझाउन दृश्‍य सामग्रीहरू प्रयोग गर्नुभयो, जसले गर्दा हामीले पनि ती बुझ्न सकेका छौँ। उहाँले त्यसो नगर्नुभएको भए हामीले त्यस्ता कुराहरू सजिलै बुझ्न सक्ने थिएनौँ।