पाठ ३६
सबै कुरामा इमानदार हुनुहोस्
हामी इमानदार व्यक्तिहरूलाई साथी बनाउन चाहन्छौँ। यहोवा पनि आफ्ना साथीहरू इमानदार भएको चाहनुहुन्छ। तर बेइमान मानिसहरूले भरिएको यस संसारमा इमानदार हुन सजिलो छैन। सबै कुरामा इमानदार हुँदा के फाइदा हुन्छ?
१. इमानदार हुनुपर्ने मुख्य कारण के हो?
अरूप्रति इमानदार हुँदा हामी यहोवालाई प्रेम गरेको र उहाँको आदर गरेको देखाइरहेका हुन्छौँ। हामीले सोच्ने र गर्ने सबै कुरा यहोवालाई थाह छ भनेर याद गर्नुहोस्। (हिब्रू ४:१३) हामी इमानदार भएको उहाँले याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। उहाँको वचनले भन्छ: “धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।”—हितोपदेश ३:३२.
२. हामी दैनिक जीवनमा इमानदार भएको कुन-कुन तरिकामा देखाउन सक्छौँ?
यहोवा हामीले ‘एकअर्कासित साँचो बोलेको’ चाहनुहुन्छ। (जकरिया ८:१६, १७) यसको मतलब के हो? हामी आफ्नो परिवार, सहकर्मी, ख्रिष्टियन दाजुभाइ दिदीबहिनी अनि सरकारी अख्तियारवालाहरूसित झूट बोल्दैनौँ वा तिनीहरूलाई गलत जानकारी दिँदैनौँ। इमानदार मानिसहरू चोरी वा ठगी गर्दैनन्। (हितोपदेश २४:२८ र एफिसी ४:२८ पढ्नुहोस्।) तिनीहरू तिर्नुपर्ने सबै कर तिर्छन्। (रोमी १३:५-७) हामी यी र अन्य ‘सबै कुरामा इमानदार भई चल्छौँ।’—हिब्रू १३:१८.
३. इमानदार हुँदा के फाइदा हुन्छ?
हामी इमानदार मानिस भनेर चिनिएका छौँ भने अरूले हामीमाथि भरोसा गर्छन्। हामी मण्डलीका सबैलाई परिवारमा जस्तै सुरक्षित महसुस गराउन सक्छौँ। हाम्रो अन्तस्करण सफा हुन्छ। साथै हाम्रो इमानदारीले “परमेश्वरको शिक्षाको शोभा” बढाउँछ अनि मण्डलीबाहिरका मानिसहरू साँचो उपासनातर्फ आकर्षित हुन्छन्।—तितस २:१०.
अझ खोतल्नुहोस्
तपाईँ इमानदार हुँदा यहोवालाई कस्तो लाग्छ र तपाईँलाई के फाइदा हुन्छ, थाह पाउनुहोस्। साथै विभिन्न परिस्थितिमा कसरी इमानदार हुन सकिन्छ, विचार गर्नुहोस्।
४. हामी इमानदार हुँदा यहोवालाई खुसी लाग्छ
भजन ४४:२१ र मलाकि ३:१६ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
-
तपाईँको विचारमा हामी सत्य लुकाउन सक्छौँ भनेर सोच्नु किन बुद्धिमानी होइन?
-
तपाईँको विचारमा हामीले गाह्रो परिस्थितिमा पनि साँचो बोल्ने छनौट गर्दा यहोवालाई कस्तो लाग्छ?
५. सधैँ इमानदार हुनुहोस्
धेरैजसो मानिसलाई सधैँ इमानदार हुन सकिँदैन जस्तो लाग्छ। तर हामी किन सधैँ इमानदार हुनुपर्छ, विचार गर्नुहोस्। भिडियो हेर्नुहोस्।
हिब्रू १३:१८ पढ्नुहोस् अनि हामी यी क्षेत्रहरूमा कसरी इमानदार हुन सक्छौँ, छलफल गर्नुहोस्:
-
परिवारमा।
-
काम गर्ने ठाउँ वा स्कुलमा।
-
अन्य परिस्थितिमा।
६. इमानदार हुँदा हाम्रै फाइदा हुन्छ
इमानदार हुँदा केही समस्या झेल्नुपर्ने हुन सक्छ। तर पछिसम्मको कुरा विचार गर्ने हो भने इमानदार हुँदा हाम्रै फाइदा हुन्छ। भजन ३४:१२-१६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
-
इमानदार हुँदा तपाईँको जीवन कसरी अझ राम्रो हुन्छ?
-
क. पति र पत्नी इमानदार हुँदा वैवाहिक सम्बन्ध बलियो हुन्छ
-
ख. इमानदार कर्मचारीहरूले हाकिमको भरोसा जित्छन्
-
ग. इमानदार नागरिकहरूले सरकारी अख्तियारवालाहरूसामु राम्रो नाम कमाउँछन्
कोही-कोही भन्छन्: “सानोतिनो झूट बोल्दा केही फरक पर्दैन।”
-
यहोवा सबै किसिमका झूटलाई घृणा गर्नुहुन्छ भनेर तपाईँ किन विश्वास गर्नुहुन्छ?
सारांश
यहोवा आफ्ना साथीहरू बोली र काममा इमानदार भएको चाहनुहुन्छ।
तपाईँले के सिक्नुभयो?
-
हामी कुन-कुन तरिकामा इमानदार भएको देखाउन सक्छौँ?
-
हामी सत्य लुकाउन सक्छौँ भनेर सोच्नु किन बुद्धिमानी होइन?
-
तपाईँ किन सधैँ इमानदार हुन चाहनुहुन्छ?
अझ धेरै जान्नुहोस्
आमाबुबाले छोराछोरीलाई कसरी इमानदार हुन सिकाउन सक्छन्?
हामीले आफ्नो वचन पूरा गर्दा के-के फाइदा हुन्छ?
हामीले तिरेको करको दुरुपयोग हुन्छ भने पनि कर तिर्नुपर्छ कि पर्दैन, थाह पाउनुहोस्।
“के तपाईँले कर तिर्नै पर्छ?” (प्रहरीधरहरा, सेप्टेम्बर १, २०११)
एक जना बेइमान मानिस पछि कसरी इमानदार भए?
“यहोवा दयालु र क्षमा गर्ने परमेश्वर हुनुहुन्छ भनेर मैले सिकें” (प्रहरीधरहरा, मे १, २०१५)