सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४ बाट तपाईँले के सिक्नुभयो?

भाग ४ बाट तपाईँले के सिक्नुभयो?

आफ्नो बाइबल अध्ययन सञ्चालकसित यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  1. १. हितोपदेश १३:२० पढ्‌नुहोस्‌।

    • तपाईँले किन बुद्धिमानीपूर्वक आफ्नो साथी छान्‍नुपर्छ?

      (पाठ ४८ हेर्नुहोस्‌।)

  2. २. बाइबलको कुन सल्लाहले निम्न व्यक्‍तिहरूलाई मदत गर्न सक्छ?

    • पति वा पत्नीलाई।

    • आमाबुबा वा छोराछोरीलाई।

      (पाठ ४९ ५० हेर्नुहोस्‌।)

  3. ३. कस्तो बोलीले यहोवालाई खुसी बनाउँछ? कस्तो बोलीले उहाँलाई अप्रसन्‍न तुल्याउँछ?

    (पाठ ५१ हेर्नुहोस्‌।)

  4. ४. तपाईँलाई आफ्नो रूपरङ्‌गबारे सही निर्णय गर्न कुन बाइबल सिद्धान्तले मदत गर्नेछ?

    (पाठ ५२ हेर्नुहोस्‌।)

  5. ५. तपाईँ कसरी यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍न सक्नुहुन्छ?

    (पाठ ५३ हेर्नुहोस्‌।)

  6. ६. मत्ति २४:४५-४७ पढ्‌नुहोस्‌।

    • “विश्‍वासी र बुद्धिमान्‌ दास” को हो?

      (पाठ ५४ हेर्नुहोस्‌।)

  7. ७. तपाईँ कसरी मण्डलीलाई आफ्नो समय, शक्‍ति र स्रोतसाधनद्वारा सहयोग गर्न सक्नुहुन्छ?

    (पाठ ५५ हेर्नुहोस्‌।)

  8. ८. भजन १३३:१ पढ्‌नुहोस्‌।

    • तपाईँ कुन-कुन तरिकामा मण्डलीको एकता कायम राख्न सक्नुहुन्छ?

      (पाठ ५६ हेर्नुहोस्‌।)

  9. ९. हामीले गम्भीर पाप गऱ्‍यौँ भने कसरी यहोवाको मदत पाउन सक्छौँ?

    (पाठ ५७ हेर्नुहोस्‌।)

  10. १०. पहिलो इतिहास २८:९ पढ्‌नुहोस्‌।

    • अरूले साँचो उपासनाको विरोध गरे पनि वा सत्य छोडे पनि तपाईँ कसरी “पूर्ण हृदयले” यहोवाको सेवा गरेको देखाउन सक्नुहुन्छ?

    • के तपाईँले यहोवाप्रति वफादार भइरहन र झूटो धर्मबाट अलग रहन कुनै परिवर्तन गर्नुपर्छ?

      (पाठ ५८ हेर्नुहोस्‌।)

  11. ११. तपाईँ खेदोको सामना गर्न कसरी तयारी गर्न सक्नुहुन्छ?

    (पाठ ५९ हेर्नुहोस्‌।)

  12. १२. तपाईँले आध्यात्मिक रूपमा प्रगति गरिरहन कस्तो योजना बनाउनुभएको छ?

    (पाठ ६० हेर्नुहोस्‌।)