भाग १३
परमेश्वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?
खराब कामबाट टाढै बस्नुहोस्। १ कोरिन्थी ६:९, १०
यहोवा परमेश्वरलाई माया गर्छौँ भने हामी उहाँले घृणा गर्ने काम गर्दैनौँ।
हामीले चोरेको, मात्तिने गरी पिएको र लागूपदार्थ सेवन गरेको यहोवा परमेश्वर चाहनुहुन्न।
हत्या, गर्भपतन अनि समलिङ्गी सम्बन्धलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। हामी लोभी भएको र झगडा गरेको उहाँलाई मन पर्दैन।
हामीले मूर्तिपूजा गर्नु हुँदैन र प्रेतविद्यामा भाग लिनु हुँदैन।
भविष्यमा पृथ्वी प्रमोदवन भएपछि खराब काम गर्ने मानिसहरू हुनेछैनन्।
मत्ति ७:१२
असल काम गर्नुहोस्।परमेश्वरलाई खुसी पार्न हामीले उहाँजस्तै हुने प्रयास गर्नुपर्छ।
दयालु र उदार भएर अरूलाई माया गरेको देखाउनुहोस्।
इमानदार हुनुहोस्।
दयालु हुनुहोस्; माफी दिनुहोस्।
यहोवा परमेश्वर र उहाँका तौरतरिकाबारे अरूलाई बताउनुहोस्।—यसैया ४३:१०.