सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १०

परमेश्‍वरको कुरा सुन्‍नेहरूले कस्ता आशिष्‌ पाउनेछन्‌?

परमेश्‍वरको कुरा सुन्‍नेहरूले कस्ता आशिष्‌ पाउनेछन्‌?

मरिसकेका धेरैजसो मानिस पृथ्वीमै जीवित पारिनेछन्‌। प्रेषित २४:१५

यहोवा परमेश्‍वरको कुरा सुन्‍नुभयो भने भविष्यमा तपाईँले थुप्रै आशिष्‌ पाउनुहुनेछ। तपाईँ स्वस्थ हुनुहुनेछ। कोही पनि रोगी वा अशक्‍त हुनेछैनन्‌। खराब मानिस एक जना पनि नहुने भएकोले तपाईँले सबैलाई भरोसा गर्न सक्नुहुनेछ।

दुःखकष्ट, पीडा हुनेछैन; रुनु पर्नेछैन। कोही पनि बूढाबूढी हुनेछैनन्‌, मर्नेछैनन्‌।

तपाईँ साथीभाइ तथा नातेदारहरूको माझमा हुनुहुनेछ। प्रमोदवनमा जीवन निकै रमाइलो हुनेछ।

त्यहाँ डराउनुपर्नेछैन। मानिसहरू साँच्चै खुसी हुनेछन्‌।

परमेश्‍वरको राज्यले हर किसिमका दुःखकष्ट हटाउनेछ। प्रकाश २१:३, ४