सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १

हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?

हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?

सृष्टिकर्ता हामीसित बाइबलमार्फत बोल्नुहुन्छ। २ तिमोथि ३:१६

सृष्टिकर्ताले मानिसहरूलाई पवित्र शास्त्रमा उहाँको विचार लेख्न लगाउनुभयो। त्यो शास्त्र बाइबल हो। सृष्टिकर्ताले तपाईँलाई बताउन चाहनुभएको महत्त्वपूर्ण कुरा यसमा पाइन्छ।

हाम्रो भलाइ केमा छ, सृष्टिकर्ता जान्‍नुहुन्छ। उहाँ बुद्धिको स्रोत हुनुहुन्छ। उहाँको कुरा सुन्‍नुभयो भने तपाईँ साँच्चै बुद्धिमान्‌ हुनुहुनेछ।—हितोपदेश १:५.

सृष्टिकर्ता सबैले बाइबल पढून्‌ भन्‍ने चाहनुहुन्छ। अहिले बाइबल धेरै भाषामा पाइन्छ।

सृष्टिकर्ताको कुरा सुन्‍न चाहनुहुन्छ भने तपाईँले बाइबल पढ्‌नुपर्छ र यसमा लेखिएका कुराहरू बुझ्नुपर्छ।

चारैतिरका मानिसहरूले सुनिरहेका छन्‌। मत्ति २८:१९

यहोवाका साक्षीहरू तपाईँलाई बाइबलको कुरा बुझ्न मदत गर्छन्‌।

तिनीहरू सारा संसारमा सृष्टिकर्ताबारे सत्य कुरा सिकाउँछन्‌।

यस्तो कुरा सिक्न तपाईँले पैसा तिर्नु पर्दैन। यहोवाका साक्षीहरूको सभा भवन गएर पनि तपाईँ सृष्टिकर्ताबारे सिक्न सक्नुहुन्छ।